काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले जितेपछि सरकारले विजेता नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही दुई लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ।
विहीबार बालुवाटारमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुसाग भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले यस्तो प्रतिबद्धता जनाएका हुन्।
उनले हालै सम्पन्न नामिबिया र स्कटल्यान्डसँगको त्रिकोणात्मक सिरिज जितेका सम्पूर्ण नेपाली क्रिकेट खेलाडीलाई प्रोत्साहनस्वरुप जनही दुई लाख रुपैयाँ दिने घोषणा गरे। त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा सम्पन्न त्रिकोणात्मक सिरिजमा नेपालले चारवटै खेल जितेर सिरिज क्लिन स्वीप गरेको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-