काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछाने युएईमा हुने विश्वकप लिग–२ अन्तर्गतको खेलमा सहभागी हुन नपाउने बताएको छ । उनले विश्वकप लिग–२ अन्तर्गतको खेलमा सहभागी हुन भन्दै बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए।
उक्त रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले सन्दीपलाई युएई भ्रमणको अनुमति नदिएको हो। नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई जिल्ला अदालत काठमाडौंले विदेश भ्रमणमा रोक लगाउनेगरी धरौटीमा रिहा गरेको थियो।
महान्यायाधिवक्ता कार्यालय र बलात्कार अभियुक्त सन्दीप लामिछानेको निवेदन एकैसाथ राखेर १४ गतेलाई पेशी तोक्न सर्वोच्च अदालतले आदेश दिएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-