काठमाडौं । टी–२० आई त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ ।
पाहुना टोलीले दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपालले १५।२ ओभर खेल्दै ४ विकेटको क्षतिमा जित निकालेको हो।
शनिबार भएको सिरिजको पाँचौँ खेलमा पनि नेपालले जित निकाल्दै सिरिजको फाइनल यात्रा तय गरेको हो।
नेपाल पहिलो खेलमा नेदरल्यान्ड्सँग २ रनले पराजित भएको थियो। नेपालले शुक्रबार नामिबियालाई ३ रनले पराजित गरेको थियो।
जितसँगै ४ खेलबाट ४ अंक जोडेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहँदै फाइनमा पुगेको हो।
३ खेलबाट ४ अंक भएको नेदरल्यान्ड्स अंक तालिकाको शीर्ष स्थानमा छ। ३ खेलमा २ अंक भएको नामिबिया २ अंकमा अंक तालिकाको तेस्रो स्थानमा छ।
सिरिजमा आइतबार नामिबिया र नेदरल्यान्ड्स खेल्नेछन्।
प्रतिक्रिया लेख्नुहोस्:-