काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् विश्वकप लिग २ अन्तर्गत नेपालले पुपुवा न्युगिनीला ९ विकेटले हराएको छ ।
त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले ७।४ ओभरमा मात्र १ विकेटको क्षतिमा पुरा गर्यो। नेपालका लागि ओपनर आशिफ शेखले ५३ रन बनाए।
अर्का ओपनर कुशल भुर्तेलले ३३ रन बनाउँदा कुशल मल्ल १२ रनमा अविजीत रहे। नेपालविरुद्ध पीएनजीका चाद सोपरले १ विकेट लिए।
टस जितेर फिल्डिङ रोजेको नेपालले घातक बलिङ गर्दा पीएनजी सस्तैमा समेटियो। ३२ ओभरमा १० विकेट गुमाउँदै पीएनजीले जम्मा ९५ रन बनाउन सक्यो। पीएनजीलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए। यस्तै, ललित राजवंशी र कुशल मल्लले समान २–२ तथा सोमपाल कामीले १ विकेट लिए।
पीएनजीका लागि कप्तान असाद भालाले सर्वाधिक २० रन बनाए।
प्रतिक्रिया लेख्नुहोस्:-