Thursday, July 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

गगन थापा आफै ‘नेता’ बन्ने कि गुटको भर्याङ ?

चैत्र ४, २०७६ ११:५७ मा प्रकाशित
गगन थापा आफै  ‘नेता’ बन्ने कि गुटको भर्याङ ?
Share on FacebookShare on Twitter

बिष्णुहरि घिमिरे 

वर्तमानमा धेरैले आश गरेका नेतामा नेपाली काॅग्रेसका गगन थापा एक हुन् । हरेक विषयमा गुण र दोषको आधारमा उनले गर्ने विष्लेशणले प्रायलाई आकर्षित गरेको हो ।

 

कतिपय मुद्दामा पार्टी चिप्लिदा पनि गगनले त्यसलाई सच्चाउने गरेका छन् । पछिल्लो उदाहरण नै बालुवाटार जग्गा काण्ड भ्रष्ट्राचारको मुद्दामा हेरौ, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पार्टी उप–सभापति एवं संसदीय दलका उप– नेता विजय गच्छेदारलाई पनि त्योप्रकरणमा दोषि भन्दै मुद्दा दायर गर्यो । सोही विषयलाई लिएर काॅग्रेसले संसद नै अवरूद्द गर्यो । पार्टी केन्द्रिय कार्यसमिति बैठक पनि गच्छेदार  कै पक्षमा जाने तरखर गर्दै थियो तर गगन सहितका केही केन्द्रिय सदस्यको तर्क पछि पार्टी सच्चियो ।

 

यस्ता थुप्रै मुद्दा छन्, जहाॅ सिंगो पार्टी अलमल हुदै गर्दा गगन थापाले आफ्नो धारणा बनाई सकेका हुन्छन् । वर्तमान नेकपाको सरकार काण्डै काण्डले जेलिएको छ । ईतिहासकै कीर्तिमानी भ्रष्ट्राचारका काण्डहरू एक पछि अर्को गर्दै सार्वजनिक भएका छन् । विजय गच्छेदारको नाममा तीन दिन संसद अवरूद्द गर्ने काॅग्रेस तत्कालिन सुचना तथा संचार मन्री गोकुल बास्कोटाको ७० करोड काण्डमा‘लगभग मौन’ नै देखिएको छ ।

 

यस अघिका पनि प्राय भ्रष्ट्राचारका काण्डमा काॅग्रेस मौन नै देखिएको हो । भ्रष्ट्राचार र सरकारका अन्य रवैयाका बारेमा काॅग्रेसले मौनबस्दा कतिपय अवस्थामा लाग्छ नेपाल प्रतिपक्षि दल बिहिन छ । ‘उही गगन थापा छन र कहिले काॅही काॅग्रेस भन्ने पार्टी पनि छ’ भन्नेकोसंख्या पनि थपिदै छ । गगन थापा राष्ट्रिय नेता बन्छन कि भन्ने थियो ।  नेपाली काॅग्रेसको १३ औ महाधिवेशनमा राजीतिक जीवनमाठूलो भूल गरेका उनी यस पटक सच्चिएलान भन्ने लागेको थियो ।

 

तर ‘कुवाको भ्यागुतो कुवामा नै रमाउछ’ भने जस्तै यस पटक पनि गगनले कृष्ण सिटौला गुट कै फेरो समाउन नछाड्ने भए । गुटको राजनीति बारेमा आम मान्छे भन्दा गगन थापा निश्यच पनि बढी अनुभवि छन् । गुटले पार्टीलाई कुन दलदलमा फसाएको छ र त्यसको असरमुलुक  तथा जनमानसमा कसरी परेको छ भन्ने त प्रष्ट नै छ ।

 

तर पनि खै किन उनी त्यो दलदलबाट बाहिर निश्कन सकेनन् । के बाध्यता हो उनको ?  खुल्दुलीको विषय, आखिर हार्ने महामन्रीकालागि  गगन थापाले १३ औ महाधिवेशनमा सिटौला गुटबाट किन चुनावमा होमिए ? उनी एक्लै लडेर हारेको भए उनको इज्यत झनै बड्नेथियो, त्यो हुदाॅ उनी आफै नेता बन्ने थिए । ‘आए आप गए झटारो’ भन्ने स्थिती थियो । १२ औ महाधिवेशनमा सबै भन्दा लोकप्रिय मतपाएका गगन १३ औ महाधिवेशनमा एक्लै महामन्रीमा चुनाव हारे पनि जिते पनि केन्द्रिय सदस्य हुने नै थिए । यस्तो सुविधा पाउदा पाउदै उनी सिटौला गुटको नाममा आफ्नै ससुरा अर्जुन नरसिंह केसी सॅग किन भिडे ? एक प्रकारले उनले ससुराको राजनीतिक जीवन पनिलगभग पूर्णविराम नै लगाईदिए ।

 

नेपाली काॅग्रेसको वर्तमान समिकरणमा कृष्ण सिटौला गुट आफै जित्ने गुट होईन । यो गुटलाई भर्याङ बनाएर अर्को गुट पार्टीको नेतृत्वमा पुग्न सक्छ । १३ औ महाधिवेशनमा त्यो भएकै हो । अब फेरि पनि गगन थापा त्यही लाईनमा हिड्ने छनक देखियो ।

 

गुटले ‘पार्टी क्यान्सर रोगि’ जस्तो भएको छ । नेकपाको सरकार उन्मत्त हुदै गएको छ । लोकतान्रिक गणतन्र दिगो र सक्षम हुन प्रतिपक्षपनि बलियो हुनै पर्छ । चेक एण्ड व्यालेन्स हुनका लागि पनि अहिलेको अवस्थामा काॅग्रेस बलियो हुनै पर्छ । तर काॅग्रेस गुटको झगडामा छ । एउटै झण्डा र एउटै रूख मुनी काॅग्रेसीहरू एकले अर्को सिध्धाउने खेलमा लागेका छन् । त्यसको फाईदा नेकपाको सरकारले लिएको छ । जसको कारण सरकार एक पछि अर्को गर्दै जनताको मौलिक अधिकार खोस्ने कानुन ल्याउन अग्रसर छ ।

 

यस्तो स्थितिमा गगन थापा एउटा गुटको लफेदा समाउने कि आफै नेता बन्ने ? गगन थापा आफै नेता बन्ने कि भर्याङ । 

तस्वीर : गगन थापाको फेसबुक प्रोफाइलबाट

सम्बन्धित समाचार

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result