Friday, July 31, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कोरोना प्रभावित क्षेत्र न्युयोर्कका नेपाली सहयोगको खोजीमा

चैत्र १४, २०७६ ६:१६ मा प्रकाशित
कोरोना प्रभावित क्षेत्र न्युयोर्कका नेपाली सहयोगको खोजीमा
Share on FacebookShare on Twitter

 
केशवराम राई,न्युयोर्क । कोभिड १९ बाट अत्यधिक प्रभावति क्षेत्र न्युयोर्कले यतिबेला सबैको सहयोग खोजेको छ । न्युयोर्कको अति प्रभावित क्षेत्र क्वीन्समा नेपालीहरुको बसोबास पनि अत्यधिक छ । सो क्षेत्रमा कोरोना भाइरसबाट प्रभावित नेपालीहरुको संख्या यकिन नै नभएपनि अत्यधिक रहेको अनुमान लगाउन गाह्रो छैन । केहि दिन अघि नेपाली युवा अनिल सुब्बाको कोरोना भाइरसकै कारण निधन भएपछि नेपाली समुदाय अझै त्रसित अवस्थामा छ । यसविचमा नेपाली समुदायका अगुवाहरुले केही सहयोगको प्रयास नथालेका होइनन । तर सो प्रर्याप्त हुन सकेको छैन ।

 

मुलतः कोरोनाबाट त्रसित भएकै कारण मन भएपनि सहयोग गर्न नसकेको अवस्था छ । यो समयमा नेपाली समुदाय के कस्तो अवस्थामा छ भन्ने जान्नपनि मुस्किल देखिन्छ । हुन त केही नेपालीहरु स्वस्फुर्त रुपमा सहयोगमा जुटिरहेका छन । पीडितहरुको घरघरमा ग्रोसरी पुर्याउने तथा औषधिमुलक सामग्रीहरुको जोहो गर्ने काम केही भइरहेपनि सो पर्याप्त छैन । न्युयोर्कका सामाजिक संघसंस्थाहरु पनि यतिबेला बेग्ला बेग्लै कामगर्ने होइन उनीहरु एकजुट भएर काम गर्नु जरुरी देखिन्छ ।

 

न्युयोर्कमा रहेका फिप्ना, एनआरएनए च्याप्टर, जनसम्पर्क समिति लगायतका संघसंस्थाहरुले सहयोगको कार्य अघि पनि बढाएका छन । तर सबैले एउटै जोड र बलका साथ एक भएर यो चुनौतीको सामना गर्न सकेमात्र सहयोग र राहत प्रभावकारी हुने देखिन्छ । अझ विभिन्न संघसंस्थाहरुको छाता संगठन नेपाल आदिवासी जनजाती महासंघ अमेरिका फिप्नाले आफ्ना सबै संघसंस्थाहरु परिचालन गरिरहेको छ । अब यसमा सबैले होस्टेमा हैंसे गर्नु जरुरी छ । सहयोगको लागि विभिन्न समिति बनाएको घोषणा गरेरमात्र होइन काम नै गरेर देखाउनु पर्ने बेला आइसकेको छ ।

 

हामीहरुले यतिबेला घरघरमा सहयोग पुर्याउने काम गरिरहेका छौं तर यो पर्याप्त छैन यसमा धेरै स्वयंसेवकको जरुरी छ । कोरोना प्रभावितहरुको नजिक पो जान नहुने हो त अलि टाढै बसेर सहयोग सामग्री दिनलाई त डराउनपनि पर्दैन । एनआरएनए अमेरिकाले चिकित्सकहरुको टोली गठन गरेको जनाएको छ । तर सो टोलीले कहां कसरी काम गरिरहेको छ भन्ने जानकारीपनि बाहिर आउन जरुरी छ ।

 

समस्या अर्कोपनि छ । कोरोनाबाट ज्यान जाने घटनाहरुमात्र प्रचार भएको छ । कोरोना संक्रमण भएर निको भएका पनि धेरै नेपालीहरु छन । सञ्चार माध्यमले संक्रमणबाट निको भएका व्यक्तिहरुको बारेमापनि समाचार बनाउन जरुरी छ । कोरोना लागि हालेमा सबै सकियो भन्ने होइन त्यसबाट धेरैजना निको भएकापनि छन । यस्ता खाले सकारात्मक सन्देशपनि फैलाउन जरुरी छ । अर्को तर्फ सरकारले क्वारेन्टाइनको व्यवस्था गरेको छैन । नेपालीहरुले संक्रमितहरुको लागि क्वारेन्टाइन हलको व्यवस्थापन गर्न सक्छन । कतिपय नेपालीहरु होटल सञ्चालक छन । कतिपय नेपालीहरु रियल स्टेटका व्यवसायी छन ।

 

उनीहरुले पीडित नेपालीको लागि क्वारेन्टाइन स्थलको व्यवस्थापन गर्न सक्छन । त्यसमापनि नेपाली संघसंस्थाहरुले किन पलह नगर्ने ? अर्कोतर्फ न्युयोर्कका स्थानीय राजनीतिक दलका नेताहरुसंग नेपालीहरुको राम्रो सम्पर्क छ । कोरोना पीडितहरुले स्थानीय सरकारबाट के कस्ता सेवा सुविधा पाउन सक्छन भन्नेबारे छलफल चलाउन सके नेपालीहरु लाभान्वित हुन सक्छन ।

 

नेपाल सरकारको भुमिका

नेपालीहरुलाई परेको बेला मातृभुमिको भुमिका अत्यन्त महत्वपुर्ण हुन जान्छ । नेपाल सरकारले विदेशमा बसेका नेपालीहरुलाई परेको बेला के पहल गर्न सक्छ । न्युयोर्कको नेपाली महावाणिज्य दुतावासले पहल गर्नुपर्छ । नेपालको राजदुतावासले भुमिका खेलेर पीडामा परेका नेपालीको लागि केह ीगर्न सकेमा स्वदेशमा बस्ने आफन्तहरु लाईपनि राहत हुने थियो ।

 

कोरोना एउटा महामारी हो । यसबाट बच्न हरदम प्रयास गरौं । तर लागि हालेमा लुकाएर नबसौं अफ्नो पीडा भनौं जसले सहयोग गर्न सजिलो हुन्छ ।

लेखक न्युयोर्कका सामाजिक अभियन्ता हुन ।

सम्बन्धित समाचार

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result