काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले प्रश्नभन्दा माथि कोही पनि हुन नसक्ने बताएका छन् ।
प्रतिनिधिसभा सदस्य समेत रहेका थापाले दोस्रो चरणको संवाद यात्रा सुरु गर्दै कांग्रेसले पार्टीभित्र लोकतन्त्रको अभ्यास गरिरहेको तर नयाँ पार्टीमा त्यसो नभएको बताए ।
पार्टीको कार्यक्रम सार्वजनिक रूपमै राखेर पार्टीको समस्या समाधान गरिरहेका उनले बताए । नेतालाई आफ्नो कुरा भन्न पनि पाउने, आफ्नो फरक मत राख्न पनि पाउनुपर्ने पार्टी आफूलाई मन पनि परिरहेको उनले सुनाए ।
रास्वपा सभापति रवि लामिछानेप्रति टिप्पणी गर्दै थापाले प्रश्नभन्दा माथि रहेको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-