काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने छानबिनबाट डराइरहेको दावी गरेका छन् ।
पूर्व मन्त्रीसमेत रहेका उनले शनिबार कांग्रेस निकट नेपाल प्रेस युनियन पर्साले वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो टिप्पणी गरेका हुन् ।
छानबिन हुने कुरालाई रोक्न नहुने साउदको भनाइ थियो । छानबिन गर्ने बितिक्कै कोही व्यक्ति दोषी नहुने भन्दै उनले त्यसको निष्कर्षसम्म पर्खिनुपर्ने धारणा राखेका हुन् ।
पत्रकार र गृहमन्त्री दुई फरक–फरक जिम्मेवारी भएकाले लामिछाने अब जिम्मेवार हुनुपर्ने साउदको भनाइ थियो । ‘मन्त्री भएर जिम्मेवारीमा बसेपछि जवाफ दिन सक्नुपर्छ,’ उनले भने, ‘यही लोकतन्त्रको मूल मर्म हो, उहाँ पत्रकारजस्तो बनेर काम गरिराख्नु भएको छ ।’
प्रतिक्रिया लेख्नुहोस्:-