काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले अहिले आफ्नो पार्टी यही सरकारलाई निरन्तरता दिने पक्षमा रहेको बताएका छन्।
उनले आज बिहीवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो टिप्पणी गरेका हुन्।
उनले सरकार छोड्ने र रहने बारेमा सञ्चारकर्मीहरुले गरेको प्रश्नको जवाफमा छानाबाट अर्को घरमा हाम फाल्दा अर्को छानामा पुग्ने भएपछि मात्रै हाम फाल्ने प्रतिक्रिया दिए।
प्रतिक्रिया लेख्नुहोस्:-