काठमाडौं । आजैमात्र मुख्यमन्त्रीमा नियुक्त भएका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन्। कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङबाट गोपनियताको सपथ लिएका हुन् ।
कार्कीसँगै नेकपा एमालेबाट राम राना र नेकपा माओवादी केन्द्रबाट गणेश उप्रेतीले पनि मन्त्रीको सपथ लिएका छन् । उनीहरुलाई कुनै जिम्मेवारी भने दिइएको छैन ।
प्रतिक्रिया लेख्नुहोस्:-