काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकार नै निरन्तर अगाडि बढ्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।
उनले आज ब काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो धारणा राखेका हुन् ।
रोजगारी सिर्जना गर्ने र मुलुकलाई आर्थिक रूपमा सवल गर्ने क्षेत्रलाई प्राथमिकतामा राख्ने गरी सरकारले कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए ।
त्यस्तै, नारायणहिटीलाई इतिहासलाई झल्काउने गरी संग्रहालयको रूपमा थप विकासित गर्नुपर्ने र त्यहाँ रहेका कार्यालयलाई हटाउनुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया लेख्नुहोस्:-