काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अहिलेको संविधान पूर्ण रुपमा कार्यान्वयन भए मात्रै वास्ताविक लोकतन्त्रको अनुभूति हुने बताएकी छिन् ।
सरकारकी प्रवक्ता समेत रहेकी शर्माले आज आयोजित ‘राष्ट्रिय महिला मादल बादन’ प्रतियोगिताका अवसरमा यस्तो बताएकी हुन् ।
यसका लागि राजनीतिकदेखि सांस्कृतिक क्षेत्रको उत्तिकै जिम्मेवारी रहेको उनको भनाइ थियो । जनयुद्धको समयमा मादलको भूमिका र महत्त्व स्मरण गर्दै मन्त्री शर्माले सो अवसरमा प्रतियोगितामा मादल बजाउने महिला सहभागीलाई हौसला दिइन् ।
प्रतिक्रिया लेख्नुहोस्:-