काठमाडौं । आयरल्यान्ड एसँग नेपाल ए ले हार ब्यहोरेको छ। टियु क्रिकेट मैदानमा टी–२० शृंखलाको दोस्रो खेलमा नेपाल ए पुनः पराजित भएको हो
नेपालका लागि देव खनालले सर्वाधिक ४७ रन बनाए। त्यस्तै लोकेश बमले २५ र कप्तान विदोन भण्डारीले २६ रन बनाए। त्यस्तै बासिर अहमदले २७, आरिफ शेखले १४, पवन सराफले १० र कमल ऐरी ११ रन बनाए।
यसअघि टस हारेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाएर २२४ रन बनाएको थियो।
आयरल्यान्डका लागि निल रकले सर्वाधिक ७१ रन बनाए। ३४ बलमा उनले ७ छक्का र १ चौकासहित ७१ रनमा अविजित रहे। त्यस्तै पिटर मुरले सर्वाधिक ६५ रन बनाए भने जेम्स मोकुलमले २६, रोस अदैरले १७, गेरेथ डीलेनीले १० र फिओन ह्यान्डले १९ रन बनाए।
नेपाल शुक्रबार भएको पहिलो खेलमा २२ रनले पराजित भएको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-