काठमाडौं । आज भएको खेलमा नेपालद्वारा गुजरात ८ विकेटले पराजित भएको छ।
नेपालका लागि कप्तान रोहित पौडेलले ३३ रन र अनिल साह ३२ रनमा अविजित रहे। त्यसअघि कुशल भुर्तेल १७ र आरिफ शेख १६ रनमा आउट भएका थिए।
टस हारेर ब्याटिङ गरेको गुजरात १८.२ ओभरमा अलआउट हुँदै ९८ रन बनाएको थियो। नेपालका लागि गुल्शन झाले ४ र करण केसीले ३ विकेट लिएपछि गुजरात स्तब्ध बनेको थियो। गुजरातका लागि रुद्र पटेलले २३, हेमाङ पटेलले २०, सरल प्रजापतीले १७, अभिषेक देसाईले ११ र स्मित पटेलले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।
एसएमएस फ्रेन्डशिप कपअन्तर्गत नेपालले भारतको भापीमा गुजरात र बरोडासँग त्रिकोणात्मक टी–२० सिरिज खेल्दैछ।






प्रतिक्रिया लेख्नुहोस्:-