Thursday, July 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सुन, तिमेर्ले चाक धुनुपर्छ, पुछेर मात्रै हुदैन

चैत्र २०, २०७६ १०:५५ मा प्रकाशित
Share on FacebookShare on Twitter

-इन्दि समराजिब, मिडियम  

अनुवाद: यम घिमिरे

अनुवादकको भनाइ: अङ्ग्रेजीभाषीहरु दैनिक जीवनमा सौचादि कर्म सम्बन्धित शब्दहरु भन्न बोल्न सर्माउदैनन्। अनुवाद गर्दा श्रोत लेखमा प्रयुक्त सौर्य वेग कायम राख्न अंग्रेजी शब्दका झर्रो नेपाली समकक्षी शब्दहरु प्रयोग गरिएको छ। लज्जाशील पाठकहरुले बुझिदिनु हुनेछ भन्ने  आशा छ।  

 

अमेरिका बसुन्जेल त मैले यो कुरै बुझिन, तर तिमीहरुले हगेपछि तिम्रो चाक धुनैपर्छ। त्यो कागजको पुछ्ने टालो सफा नदेखिउन्जेल दलेको दलेइ गरेर मात्रै कहाँ हुन्छ ! तिमीले ट्वाइलेट बाहेक अरु कुनै ठाउँमा दिसा लागेको भेटेउ भने तिमी पुछेर मात्रै सफा गर्दैनौ पानी ल्याएर पखाल्छौ पनि। तिम्रो चाक पनि त्यतिको इज्जत र सम्मानको लायक चाहिँ छ।

 

जसरी नाप तौल गणनाको मेट्रिक प्रणाली विश्वब्यापी छ त्यसरी नै तिमीहरुबाहेकको बाँकी संसारले हगेपछि चाक धुनैपर्छ भन्ने कुरा बुझिसकेको छ।

 

जापानमा राम्रा ब्यबस्थित ट्वाइलेटले संगीतको धून बजाउँदै चाक धोएर ओभाइपनि दिन्छन्। मुस्लिम समाजमा सदियौंदेखि लोटाको पानी प्रयोग गर्दै आएका छन् र अहिले अन्य आधुनिक सुबिधा प्रयोग  गर्छन्। श्रीलंकाका प्राय सबैजसो घरमा सानो हाते बन्दुकजस्तो धारो जोडेको पानीको पाइप ट्वाइलेटमा राखिएको हुन्छ। यसलाई ‘बम गन’ भन्छु म। पछि फ्रेन्चले धुने ठाउँमै पुर्याएर पानी छर्किने ‘बाइडेट’ भनिने हातेधारो आविष्कार गरे दिसा बसाइपछिको सफाइका लागि। ‘बाइडेट’ को खास अर्थ त ‘सानो घोडा’ हो। फ्रेन्चहरुले  ‘बाइडेट’ आविष्कार गरेपछि दक्षिणी युरोप र संसारैभरि यही ‘सानो घोडा’ चढ्न थाले मान्छे चाक धुनलाई।

 

मेरो व्यक्तिगत रोजाइ त त्यही हाते बन्दुकजस्तो पानीको फोहोरा छर्किने धारो भएको बम गनले धुने नै हो। यो हाते पाइपले पानी छर्किएर धुनुमा मज्जा पनि छ र यो निकै प्रभावकारी पनि छ। साथै, म जहाँ बस्छु त्यहाँ यसरी धुनु नै आम चलन पनि हो। हातैले धुने कुराका पनि अनेक तरिका र उपाय रहेछन् भन्ने मैले पर्गेलेर हेरें। म पहिले त्यही हातेबन्दुकले मज्जाले पानी छ्याप्छु अनि कागजको पुछ्नेले पुछेर ओभाउछु। कोही मान्छे पहिले सानो हाते धारोले धुने ठाउँमा मज्जाले पानी छ्यापछन् अनि पछि साबुन लाएर हातले धुन्छन्। जुनसुकै विधि गरेपनि सारमा के त भन्दा हगिसकेपछि तिम्रो चाक सफा गर्नलाई पानी नै प्रयोग गर।

 

तपाईं हगिसकेर पानीले मज्जाले चाक धुन बानी पर्नु भएको छ भने तपाईंलाई अमेरिका वा युके जाँदा सारै नै सकस पर्छ। यदि तपाईंले पनि स्थानीयले जस्तै कागजले पुछेर मात्रै हिंड्नु भयो भने तपाईंलाई फोहोरी कन्डो लिएर हिंडिरहेको छु भन्ने दिगमिग लागिरहन्छ। खासमा तपाईंले गरेकै त्यही हो। म यी पिछडिएका देशहरुमा जानुपर्दा मेरो घुमफिरको तालिकालाई मिलाएर हगिसकेपछि तुरुन्त ननुहाईकन बाहिर ननिस्किने समय जसरी नि निकाल्छु।

 

फोहोरी कन्डोको समस्याबाहेक यो पुछ्ने कागजले सोझै पैसा र वातावरणलाई नि ढलमा बगाइरहेको छ। औषत अमेरिकनले वर्ष दिनमा १४१ वटा पुछ्ने कागजका डल्ला सिध्याउँछ जुन प्रतिव्यक्ति भनूँ, ४० डलर हो। यसले अन्तत्वगत्वा अधिक वन विनासलाई निम्त्याउने हो, विशेषगरी क्यानाडामा।

 

झन्डै एक बाकस ट्वाइलेट पेपरको मूल्यमा तपाईंले हातेधारो पाउनुहुन्छ। यसले ट्वाइलेटमा कागजको प्रयोगलाई उल्लेख्यरुपले घटाउँछ। तिमीले पिल्सिनेगरि रगडेको रगडेई धसेर पुछ्नै पर्दैन। साच्ची भन्नुपर्दा, कहिलेकाहिं त यस्तो लाग्छ तिमी ‘पर्मानेन्ट मार्कर’ले लेखेको मेट्नलाई घोटेको घोटेई गर्दैछौ र कागजको थुप्रोले एउटा बोल नै भरिन्छ। यो त हैरानै हो नि। यदि तिमीले आफ्नो चाक धोयौ भने ओभाउनलाई कागजले एकपल्ट विस्तारै पुछे पुग्छ। त्यसो  गर्दा तिमी सफा, धनी र कम वन बिनासक पनि बन्छौ।

 

बसिसकेपछि धुने सेवामा मूल्य अनुसारका अनेक छनौट पनि छन् अहिले। वातावरणीय मैत्री अत्याधुनिक  प्रविधियुक्त विद्युतीय बाहन बनाउने अमेरिकी कम्पनि ‘टेल्सा’ को नाम उच्च प्रविधि र वातावरणमैत्री अन्य वस्तु तथा सेवामा पनि बिम्बका रुपमा प्रयोग हुन्छ। आजको ‘टेल्सा अफ ट्वाइलेट्स’ नै हो ‘टोटो नियोरेस्ट’ ट्वाइलेट। यो ट्वाइलेट तिमी छेउमा गएपछि आफैं बिर्को खुल्छ, बस्ने ठाउँ न्यानो भएर आउँछ, तिम्रो बसाइ सकिएपछि मज्जाले धोइदिन्छ र तिम्रो बैठकको प्वालैसम्म आनन्द दिलाउँदै मालिस पनि गरिदिन्छ। मेरो बुझाइमा तिमीले जीवनमा राम्रा वस्तुमा गर्ने खर्चमा यो पनि एउटा हो- दैनिक तिम्रो चाकको ‘स्पा ट्रिट’ सेवाका लागि लगानि !

साथसाथै तिमीले नाम मात्रको खर्चमा एउटा प्लास्टिकको भाँडो किन्न सक्छौ। पानी खसाउन सजिलो हुने टुटी भएको चाहिं छान्न नबिर्स बाँकी कुरा तिम्रो चाकले सबै गर्छ। तिमी खुरुक्क आफूलाई साबुन पानीले मज्जाले धोऊ, अनि हात पनि साबुन पानीले धोऊ र दिनभरि ढुक्कले आत्मविश्वासका साथ हिंड।

 

मेरो उद्देश्य कसैको खेदो गर्नु  होइन । तर, एउटा कौतुहलता के छ भने नधोइएका चाकहरु अमेरिका, बेलायत, उतरी युरोप र अस्ट्रेलियातिर एकदमै घनारुपले छाएका छन्। अर्थात् गोरा मान्छेहरु बसोबास गर्ने क्षेत्रमा। युरोपमा जति तपाईं दक्षिणतिर जानुहुन्छ त्यति सफा चाकहरु भेटिन्छन्।

 

यी उत्तरी भेगका देशहरुले ट्वाइलेट पेपर चाहिं पानीभन्दा सफा हो भन्ने ठानेको देख्दा मलाई साच्ची नै उदेक लाग्छ। हगिसकेर धुन प्रयोग हुने ‘बाइडेट्स’ भनिने पानीको धारोजडित सानो हाते पाइप र धुने काम दुवै फोहोरी कुरा हो भन्ने गलत बुझाइ छ आमरुपमा यिनको। कागजले पुछेर दिनभरि कट्टुभित्र टट्टी बोकेर हिंड्नु चाहिं खुब राम्रो होला। तिमीले एकैछिन घोरिएर सोच्यौ भने ट्वाइलेट पेपरले पुछेर मात्रै हिंड्नु साच्ची नै बुद्धिमानी होइन। तर, तिमी चिना माटोले बनेको चम्किलो र कृतिम संसारमा मात्रै बाँच्न बानी परेका छौ भने तिमीले धुनु राम्रो हो भन्ने कहिले महसुस गर्ने छैनौ।

 

म एक दसक भन्दा बढी अमेरिका बसें। भगवान जान्दछन्, त्यो अमेरिका बसाइको अवधिमा म कतिपल्ट पाइखाना गएँ। मैले त्यहाँ बसेर हगुन्जेल कहिले पनि पुछेर मात्र हिंड्नुमा कुनै समस्या देखिन। तर, यो गलत हो। यो निकै नै गैबार कुरा हो र यो कुरा मान्छेले थाहा पाउनु आवश्यक छ। पुछेर उठ्ने मान्छे हो, मलाई क्षमा देऊ पुछेर मात्र हिंड्नु गलत हो भनेर मैले भन्न सुरु गरें। तर, तिमीहरुसँग फोहोरी चाक छ। तिमीहरु जुनसुकै होऊ, हामी सबैको चाक छ र सबै चाकहरु राम्ररी धोइनु पर्छ।

सम्बन्धित समाचार

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result