Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाली कांग्रेसले नक्कली र अवसरवादी चिन्नु पर्छ

चैत्र २४, २०७६ ९:२२ मा प्रकाशित
नेपाली कांग्रेसले  नक्कली र अवसरवादी चिन्नु पर्छ
Share on FacebookShare on Twitter

प्रा. डा. दुर्गा दाहाल

संसार गतिशील छ । हामीले पनि हरेक कुरामा गति लिनु पर्छ । तर गति सन्तुलित, सान्दर्भिक र समसामयिक हुनु पर्छ ।

हामी पूर्वीय सभ्यता, सँस्कृति, खान-पान र पहिचानका मानिसहरू हौँ । हाम्रा ऋषि- मुनिहरूले लेखेका वेद, उपनिषदहरूलाई पनि हामीले फर्केर हेर्नु पर्छ ।

प्रकृति र संसारसंग मानव समुदायले समन्वय गरि आजको राजनीति, समाजनीति, विज्ञान र प्रविधिलाई लैजानु पर्छ भन्ने कुरा हाम्रा धर्मशास्त्रले भनि सकेको कुरा हाम्रा पाठकहरूले खोजेर पढदा हुन्छ। त्यो कुरा मैले यहाँ उठाउन खोजेको हैन । हामीले हाम्रो रहन- सहन, चाल- चलन, आहार- विहार र आचार- व्यवहारमा पनि परिवर्तन  देखाउनु पर्छ ।

मैले आज उठाउन खोजेको विषय र प्रसंग हो: नेपालमा रहेका र अमेरिका सहित विदेशमा रहेका बी. पी का अनुयायी नेताहरूले अवलम्बन गर्नु पर्ने अनुशासन र अनुशीलनका कुराहरू हुन । हुन त , आज सबै नेता भए !  बी. पी का धारणा, विचार र दर्शनका कुरा नबुझी, किताबै नपढी नेता भएका हाम्रा साथी- भाई र बन्धु- बान्धवहरू हाम्रो समाज र समुदायमा बढदै गएका छन ।
अत: नेपाली कांग्रेसका नेताहरू र यसका भातृ- संगठनहरूलाई म यो लेख मार्फत मेरा केही धारणाहरू राख्न चाहन्छु । मेरा राजनैतिक गुरू बी. पी. कोईराला हुन । साहित्यकारका रूपमा पनि म उहाँबाट अत्यधिक  प्रभावित छु । ख़ास गरि, तत्कालीन समाज  र समुदायका विभिन्न वर्ग, तह र तप्काका मानिसहरूको मनोवैज्ञानिक पक्षलाई उजागर गरेर, साहित्य सिर्जना गरेर एकातर्फ मनोरंजन प्रदान गर्नु र अर्कातर्फ साहित्यको भण्डार अभिवृद्धि गर्नु उहाँको विशेषताबाट म  प्रभावित भएको छु ।

राजनैतिक रूपमा त म उहाँको चेला हूँ । उहाँले उतिखेर अभिव्यक्त गरेका विचारहरू अझै पनि सान्दर्भिक रहेका छन । उहाँ वास्तवमा नेपाली कांग्रेसको मात्रै नेता नभएर समस्त नेपालीहरूका नेता हुनुहुनुहुन्थ्यो । उहाँले जहिले पनि राष्ट्रीयता, प्रजातन्त्र र समाजवादलाई केन्द्रविन्दूमा राखि आफना धारणाहरू राख्नु हुन्थ्यो र  सिद्धान्तहरू प्रतिप्रादन गर्नु हुन्थ्यो । मूलभूत कुराहरूलाई यथावत राखि बी. पी को दर्शन र सिद्धांतलाई पनि हामीले  पुनर्विचार र पुनर्व्याख्या गर्नु पनि जरूरी छ ।

हाम्रा आजका नेताहरूले र यसका भातृसंगठन हरूले बी. पी लाई जान्नु र बुझ्नु ज़रूरी छ । बी. पी लें प्रतिपादन गरेका सिद्धान्तहरू र व्यक्त गरेका विचारहरू नपढी र नबुझी कोही नेपाली कांग्रेस हुन खोज्छ भने त्यो नक्कली र अवसरवादी हो ।त्यस्ता कृत्रिम काँग्रेसी जनहरूलाई बेलैमा चिनेर प्रवेश गर्न नदिऊँ ।

अत: नेपाली कांग्रेसमा पढ़ने बानीको विकास हुनु पर्छ । सबै नेताहरूले र भातृसंस्थाका पदाधिकारी हरूले बी. पी का कृतिहरूलाई पढौँ र आफ्नो चिन्तन र दर्शनको दायरालाई बढ़ाऔँ । केवल नेता भएर, भ्रष्टाचार गरेर धन – दौलत कमाउने प्रवृतिलाई निरुत्साहित गरौँ ।

अन्त्यमा, विदेशमा रहेका जनसम्पर्क समितिको काम, कर्तव्य, अधिकार, दायरा र दायित्वलाई अब नयाँ ढंगबाट पुनर्भाषित गर्नु ज़रूरी छ । अहिले नेपाल प्रतिबन्धित अवस्थामा छैन र हामी संसारभरि छरिएर बसेका छौँ । हामी बसेका राष्ट्रहरूको कानूनलाई मिचेर नेपालका नेताहरूको एकतर्फी उर्दी मानेर हिँडनु पर्ने वाध्यता र विवशता हामीलाई छैन । केवल कतिपय झोलेहरूले हामीलाई ग़लत मार्गमा हिंडाउने कुराबाट हामी चनाखो हुनु पर्छ ।

अब जन सम्पर्क समितिले केवल शुभेच्छुक संस्थामा रही यहाीँबाट सल्लाह-सुझाव, ज्ञान, विज्ञान, दौलत र  परामर्श दिनु पर्छ । भोट हाल्न प्रतिनिधि भएर गई रहनु पर्दैन ।

अब हामीले कतिपय कुरामा  ‘यु’ टर्न पनि लिनु पर्छ

( प्रा. डा. दुर्गा दाहाल राजनैतिक विश्लेषक, चिन्तक र नेपाली काँग्रेसका प्राक्तन केन्द्रीय प्रशिक्षक पनि हुनुहुन्छ )

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result