दूरबिन नेपाल ।
अमेरिका अप्रिल ८ ।
अमेरिकामा कतिपय मानिसहरू कोरोनाको संक्रमणबाट भएका मानिसको मृत्यु र संक्रमितको संख्या देखेर हृदयघात भई घरभित्रै मृत्यु भएका खबरहरू पनि आइरहेका छन् । कोरोनाभाइरसको संक्रमण अमेरिकामा अझै घटेको छैन । यो पुस्तालाई सबैभन्दा बढि आहत गरेको यो भाइरसलाई निस्तेज गर्न अनुसन्धान र बिरामीको उपचार प्रभावकारी बनाउन विश्वका सबै शक्तिहरू केन्द्रित भएका छन् । यद्यपि यसलाई निर्मूल र नियन्त्रण गर्ने औषधि उपचार र कुनै प्रभावकारी विधि आविश्कार भएको छैन । घरमा बसेर जोगिने र जोगाउने अहिलेको एक मात्र सुरक्षित विकल्प हो । उच्च मनोबल नै रोगलाई परास्त गर्ने प्रमुख अस्त्र हो । अमेरिकाको उडल्यान हेल्थ केयर र डिग्निटि हेल्थमा बिरामीको उपचारमा खटिरहेका नेपाली मूलका चिकित्सक डाक्टर नबिन तिमल्सिना र अमेरिकाको रोग अनुसन्धान, नियन्त्रण र रोकथाम केन्द्रमा साइनटिष्टको रुपमा कार्यरत डाक्टर निर्मला अधिकारीसँग कोरोना भाइरसको संक्रमणका विषयमा केन्द्रित भएर दूरबिन नेपालले गरेको कुराकानी तलको भिडियो लिङ्कमा राखिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-