Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा राष्ट्रपति निर्वाचन : स्याान्डर्स पाखा लागे, वाइडेन एक्ला उम्मेदवार

चैत्र २७, २०७६ ४:१२ मा प्रकाशित
अमेरिकामा राष्ट्रपति निर्वाचन :  स्याान्डर्स पाखा लागे, वाइडेन एक्ला उम्मेदवार
Share on FacebookShare on Twitter

कृष्णराज खनाल

बोस्टन । संस्थापनपक्षको कोपभाजनमा परेका समाजवादी नेता वर्नी स्यान्डर्सले बुधवार दिउसो अचानक राष्ट्रपतिय उम्मेदवारबाट बाहिरिएको घोषणा गरे । उनले यो वहिर्गमनलाई कोरोना भाइरससँग लड्न बढी समय दिनुपर्ने दलील पेश गरे तापनि राष्ट्रपतिय निर्वाचनको प्राइमरीमा उनका एकमात्र प्रतिद्वन्दी पूर्व उपराष्ट्रपति जो वाइडेनसँग उनी लगभग पराजयउन्मुख भएकाले पनि उनको यो वहिर्गमन स्वाभाविक मान्न सकिन्छ ।

 

उनलाई सुपर ट्युज्डेमा ठूलो ठेस लागेको थियो भने मध्यपश्चिमी राज्यबाट अपेक्षित डेलिगेट्स प्राप्तगर्नबाट उनी चुकेका थिए । गत अक्टोवरमा ससानो हृदयाघातबाट बौरिएर फेरि चुनाबीअभियानमा होमिएका सानो राज्यभर्मन्टका ७९ वर्षीय सिनेटर स्यान्डर्स गत पटक पनि अन्तिम समयमा आएर हिलारी क्लिन्टनसँग पराजित भएका थिए । उनले चुनाबी अभियान रोकेकोमा केही युवामा ठेस लागेको भएतापनि टुक्रिएको डेमोक्रेटिक पार्टीभित्रको राजनीति अब एक ठाउँमा आएको छ ।

 

जाँदाजाँदै उनले यो कठिन र दुखद निर्णय लिन वाध्य भएको जनाउँदै आधुनिक अमेरिकी राजनीतिका सबैभन्दा खतरनाक राष्ट्रपति ट्रम्पलाई मिलेर हराउनुपर्ने दायित्व रहेकोले आफूले मैदान छाडेको प्रतिक्रिया दिएका छन् । उनले पूर्व उपराष्ट्रपति वाइडेनलाई एक क्षमतावान मान्छेका रुपमा चित्रित गरेर आफू अब उनलाई पूर्ण समर्थन गर्ने र ट्रम्पलाई जसरी भएपनि हराउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

स्यान्डर्सले आफूलाई समर्थन गरेकोमा खुसी व्यक्तगर्दै वाइडेनले भने “मैले तपाईँका कुरा सुन्नेछु, तपाईँलाई हेर्नेछु र तपाईँ हामी मिलेर तत्काल गर्नुपर्ने कुराहरुको बारेमा मैले बुझेको छु ।”

 

७७ वर्षीय जो वाइडेन ओवामा राष्ट्रपति भएका बखतमा उपराष्ट्रपति थिए । उनलाई अब ओवामाको पूर्ण समर्थन पनि प्राप्त हुने र कालाजातिको मत पनि पाउने संभावना भएकोले राष्ट्रपति ट्रम्पलाई हराउन सकिने संस्थापनपक्षको विश्लेषण छ । संस्थापनपक्षले उनलाई नै काखी च्यापेको थियो । त्यसैले उनले सम्पन्न राज्यको प्राइमरीमा स्यान्डर्सलाई करिब चार सय डेलिगेट्सले पछाडि पारेका थिए ।

 

स्यान्डर्स विशेषत युवा माझ परिचित र लोकप्रिय थिए । उनले सबैका लागि निशुल्क औषधोपचार र विद्यार्थीको ट्युसन फि निशुल्क गर्ने प्रतिवद्धता जनाएका थिए । यसलाई असंभव कुराको प्रतिवद्धता हो भन्नेहरु पनि प्रशस्त थिए ।

 

राष्ट्रको सर्वोपरि हितलाई वन्धक बनाएर व्यक्तिगत फाइदाकालागि युक्रेनलाई दवावदिने राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेन मामिलामा नराम्रोसँग फसेका जो वाइडेन बीचआगामी नोभेम्वरमा हुने निर्वाचन अमेरिकी इतिहासकै सर्वाधिक चर्चित र प्रतिस्पर्धात्मक हुने अनुमान गर्न सकिन्छ । दुई बूढाहरुको यो लडाइँमा कति बाच्छाबाच्छी मिचिने हुन् त्यो हेर्न नोभेम्वरसम्म कुर्नु नै पर्ला ।

तस्विर: अलजजिरा

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result