Friday, July 31, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कोरोनाबाट बच्न १० घरेलु उपाय : डा. रवीन्द्र पाण्डे

चैत्र ३०, २०७६ १:०२ मा प्रकाशित
कोरोना भाइरस बिरुद्धको प्रगति: यस्ता छन्  १६ शुभ समाचार
Share on FacebookShare on Twitter

कोरोना भाइरस नाक, मुख, आँखाबाट शरीरमा प्रवेश गरेपछि घाॅटी- श्वासनली हुँदै फोक्सोमा पुग्दछ। फोक्सोको कोषमा पुगेपछि भाइरस गुणा हुँदै ठूलो संख्यामा रहन्छ । उक्त भाइरसलाई शरीरले बाहिर निकाल्नको लागि प्रयन्त गर्दा फोक्सोमा कोष सुन्निन्छन ।   त्यो विजातीय भाइरसलाई शरीर बाहिर निकाल्नको लागि बिरामीलाई खोकी लागिरहन्छ ।  सुन्निएका कोषहरुलाई भाइरसले क्षति गर्दै जान्छ ।

 

ती सुन्निएका तथा संक्रमित कोषको समुह Alveoli मा संक्रमण भएपछि फोसोमा पानी तथा पीप भरिदै जान्छ । त्यसपछि श्वासप्रश्वासको प्रक्रिया अबरुद्ध हुनुको साथै अक्सिजन तथा कार्बनडाइअक्साइडको संचरणलाई क्षति गर्दछ, रोक्दछ ।  अक्सिजन सप्लाई अबरुद्ध भएपछि मृगौला, मुटु, मस्तिष्क लगायत अंग फेलर हुन्छन् ।  त्यसपछि बिरामीको मृत्यु हुन्छ ।

 

अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको कारण हरेक देशमा औषधि उपकरण, आइसीयु, भेन्टिलेटर तथा स्वास्थ्यकर्मीको चरम अभाव छ । एकैपटक सबै देशमा उही रोग फैलिएकोले एउटा देशले अर्को देशलाई सहयोग गर्न समस्या छ । यस्तो अवस्थामा हामी आफैले सतर्कता अपनाउनुको बिकल्प छैन ।

..
यसको लागि संक्रमण रोक्नु हाम्रो प्राथमिक दायित्व हो । संक्रमित भइयो भने त्यसलाई निमोनिया हुनबाट रोक्नु अर्को दायित्व हो । अन्तराष्ट्रिय रुपमा अभ्यासमा आएको तथा हाम्रो पुर्बिय सभ्यता अनुसार इम्युनिटी पावर बढाउनको लागि यी उपायहरु प्रभावकारी छन् । नेपालीहरु अन्य देशका नागरिकको तुलनामा संक्रमणबाट धेरै सुरक्षित हुनाको कारण हाम्रो जीवनशैली तथा खानपिन नै हो । कोरोना संक्रमणबाट बचनको लागि तल उल्लेखित बिधिहरु अपनाउनुहोला ।

..
– बेसार तथा अदुवाको सेवन :

बेसार तथा अदुवाले हाम्रो साइनस तथा घाँटीमा सुन्निने तथा संक्रमण हुने प्रकृयालाई रोक्दछ । अदुवा र बेसारले संक्रमण बिस्तार हुने प्रक्रियालाई पनि रोक्दछन् ।

– नुनपानीको कुल्ला :

छिटो आराम महशुष गर्नको लागि नुनपानीको कुल्ला निकै प्रभावकारी हुन्छ । श्वासप्रश्वास मार्गमा रहेका म्युकस, पीप तथा अन्य तरल पदार्थले खोकी लाग्ने, घांटी चिलाउने तथा सास फेर्न गाह्रो हुने हुन्छ । नुनपानीले संक्रामक किटाणु नष्ट गर्ने, मृत कोष तथा तरल पदार्थलाई निकाल्ने काम गर्दछ ।

– चिया तथा कफी सेवन :

तातो चिया तथा कफी सेवनले मुड फ्रेस हुनुको साथै श्वासमार्गलाई क्लियर गर्ने काम गर्दछ । चिया तथा कफिमा पाइने क्याफिनले स्वाशनलीलाई फराकिलो गर्ने औषधिले जस्तै काम गर्दछ । जसले गर्दा सास फेर्न सजिलो हुन्छ ।

– प्रशस्त झोलिलो पदार्थको सेवन :

श्वासप्रश्वासको समस्या भएको व्यक्तिलाई पानी तथा अन्य झोलिलो पदार्थ नियमित सेवन गर्नाले शरीरमा आबश्यक पानीको मात्रा पुरा गर्दछ । यसले सुन्निने तथा फोक्सोमा पोल्ने प्रक्रियालाई निको गर्दछ । ताजा फलफुलको रस जस्तै सुन्तला, किवी, खर्बुजा आदि एन्टी अक्सिडेन्ट हुन्छन जसले हाम्रा कोषलाई पुनर्ताजगी गर्छन् ।

– मेथीको प्रयोग :

मेथीको प्रयोगले निमोनिया लगायत छालाको रोगमा फाइदा हुन्छ । मेथीमा प्रशस्त फाइबर, म्याग्नेसियम, प्रोटिन तथा म्याग्निज हुन्छ । यसले स्वाश्प्रश्वासका रोग निको गर्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । मेथीलाई तरकारीमा राखेर वा चियाको रुपमा वा भिजाएर काँचै खान पनि सकिन्छ । मेथीको साग झन् गुणकारी हुन्छ ।

– तातोपानीको स्नान :

तातोपानीले दैनिक स्नान गर्नाले शरीरका छिद्रमा रहेका किटाणु नष्ट हुन्छन । रोमकुपमा रहेको संक्रमण निको हुन्छ । साथै तातोपानीले भिजाएको टावेलले शरीर सफा गर्नाले शरीरको तापक्रम पनि सन्तुलित हुन्छ । स्नानपछि अनुभव हुने भावले मन प्रसन्न हुन्छ ।

 

– तातो सुप तथा खाना :

बिभिन्न तरकारी, दाल, गेडागुडी तथा चियाकफीको सेवनले श्वासप्रश्वास सम्बन्धित समस्यामा निकै फाइदा गर्छ । यसले रुघा, खोकी, ज्वरो, छाती दुख्ने आदि समस्यामा फाइदा गर्छ । तातो तथा ताजा खाना संक्रमणरहित हुन्छ ।तसर्थ प्रत्येक छाक ताजा र तातो खानु जरुरी छ ।

– हर्बल टि :

हर्बल चियाले रोगको संसारसंग लड्न ठूलो मद्दत गर्दछ । निमोनिया, एलर्जी तथा बिभिन्न स्वाश्प्रश्वासका रोगहरु निको गर्न हर्बल चिया चामत्कारिक मानिन्छ । हर्बल चियाले इम्युनिटी पावर बढाउन ठूलो भूमिका खेल्दछ । यसले मन तथा मस्तिष्कलाई उर्जाशील बनाउँछ ।
निमोनिया यस्तो रोग हो यसले विश्वभरमा बार्षिक ४५० मिलियन मान्छेलाई लाग्दछ ।

– प्याज, लसुन, ज्वानो, मह, टिमुर, मरिच, दालचिनी, पुदिना, धनियाँ, बोझो आदिको नियमित प्रयोगले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यी मसलाहरूमा स्वाश्प्रश्वास मार्गलाई खुकुलो तथा क्लियर बनाउँछन् । भाइरसबिरुद्ध लड्ने इन्जाइम वृद्धि गर्दछन ।

 

– प्राणायाम :

स्वाश्प्रश्वासको व्यायाम अर्थात प्राणायामले नाक, मुख तथा घांटीमा रहेको अबरुद्ध हटाउंछ । यसले इम्युनिटी पावर बढाउँछ । शरीरमा रहेका टक्सिन हटाउंछ, शरीरमा प्रचुर अक्सिजन आपूर्ति गर्छ, तनाब हटाउंछ, तौल घटाउँछ, पाचन शक्ति बढाउँछ, मुटुको रोगबाट बचाउँछ ।

 

– सुर्यस्नान :

दैनिक ३० मिनेट घाम ताप्ने गर्दा छाला, कपाल, कपडा आदिमा भएका किटाणु नष्ट हुन्छन । घाम ताप्नाले शरीरमा भिटामिन डी प्राप्त हुन्छ । भिटामिन डी ले हाड मजबुत बनाउँछ, इम्युनिटी पावर बढाउँछ ।

– पर्याप्त सुत्ने, पोषिलो खाना खाने, स्वस्थ बाताबरणमा बस्ने, चुरोट नखाने लगायतका अभ्यासले श्वासप्रश्वासका रोग लाग्नबाट बचाउंछ ।

 

चिन्ता, तनाब, अधैर्यता, डर तथा आत्तिने बानीले रोगसंग लड्ने क्षमता घटाउँछ । तसर्थ दैनिक यति लाख संक्रमित भए वा यति व्यक्तिको मृत्यु भयो भनेर आत्तिनु आबश्यक छैन । उदाहरणको लागि १ लाख जनसंख्या भएको कुनै बस्तीमा ६० हजार व्यक्ति संक्रमित भएमा बाँकी ४० हजार व्यक्ति अटो इम्युन हुन सक्छन ।  अर्थात संक्रमित नभइकन रोगसँग लड्ने क्षमताको बिकास हुन्छ । ती ६० हजार संक्रमित मध्ये ८५ % व्यक्तिलाई सामान्य लक्षण देखिएर आफै निको हुन्छन । बाँकी १५ % मध्ये आधा बिरामी अस्पताल भर्ना भएर सामान्य उपचारले निको हुन्छन । बाँकी आधा संक्रमितलाई आइसीयुमा राखेर उपचार गर्नुपर्ने हुन्छ । आइसियुमा रहेका ती बिरामी मध्ये आधालाई सन्चो हुन्छ । त्यो एक लाख जनसंख्या भएको बस्तीमा यसरी मृत्यु हुने २ -३ हजार हुन सक्छन । त्यो २-३ हजारमा अधिकांश ८० बर्ष नाघेका, किड्नीको समस्या, मुटुको समस्या, क्यान्सर, अंग प्रत्यारोपण गरेका, एचाइभी एड्सको औषधिले काम गर्न छोडेका, स्वाश्प्रश्वासका दीर्घबिरामी तथा इम्युनोसप्रेसान्ट व्यक्ति हुनेछन ।

त्यसैले किन डर मान्ने ?

 

सतर्क रहौं, सुरक्षित बसौं …. डाटा हेरेर डर नमानौं । त्यो क्षेत्रमा ९५ % व्यक्तिको निधन भयो भने हामी ५ % मा पर्छौं भनेर आफ्नो इम्युनिटी पावरमाथि विश्वास गरौँ । प्रत्येक मान्छे हेर्दा उस्तै भएपनि नितान्त फरक क्षमताका हुन्छन् । त्यसैले मलाइ केहि हुँदैन, मेरो परिवारलाई केहि हुँदैन, मेरा आफन्तलाई केहि हुँदैन भनेर आत्मबल बलियो बनाऔं । आत्मबल सामु क्यान्सर त पराजित हुन्छ भने यो कोरोना भाइरसको के नै लाग्ला र ?

 

यो आलेख हामीले डा.पाण्डेको फेसबुक पेजबाट लिएका हौ । 

सम्बन्धित समाचार

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result