प्रा. डा. दुर्गा दाहाल
अमेरिकामा नेपालीहरूको ईतिहास त्यति लामो छैन । तुलनात्मक रूपमा भारतीय, पाकिस्तानी, बांलादेशी र अन्य भाषा- भाषीहरूको तुलनामा अत्यन्त कम रहेका नेपालीभाषीहरू अहिले पनि तिनीहरूकै व्यसायहरूमा संलग्न रहेको एउटा प्रारंभिक अनुसंधानले देखाउँछ यद्यपि पछिल्ला वर्षहरूमा नेपालीहरूले निकै ठूलो तरक्की गरेको पाईएको छ । नेपालीहरूलाई आफनै लघु व्यवसायको अतिरिक्त सरकारी जागीर, प्रहरी, सेना, विज्ञान, प्रविधि, शिक्षा, चिकित्साविज्ञान, नर्सिँग, कृषि, राजनीति, समाज र सामुदायिक सेवामा पनि संलग्न देखिएको छ । यो सुखद र उपलब्धिमूलक पक्ष हो । विधार्थीका रूपमा र डि. भी लटरी अन्तर्गत उल्लेख्य मात्रामा नेपालीहरू अमेरिकामा भित्रिएकाले पनि यो संख्या ह्वात्तै बढेको हो । नेपालीमूलकै भूटानी शरणार्थीहरूको पनि ठूलो संख्या अमेरिकामा रहेको छ ।
नेपालीहरू ख़ासगरि १९९० पछि क्रमश: बढदै गएको देखिन्छ । सन १९७५ को जनगणनामा पहिलो पटक अमेरिकाले नेपालीहरूलाई पनि समेटता केवल ५६ जना देखिएका थिए । सन १९९६ सम्म आईपुग्दा पनि नेपालीहरूको अमेरिका भित्रिने संख्या वर्षमा केवल सयभन्दा पनि थोरै थियो । तर त्यसपछि नेपालीहरूको अमेरिका आउने संख्या वृद्धि हुँदै गएको छ ख़ास गरि विद्यार्थीका रूपमा र चिट्ठामा भाग लिएर ।
सन १९९५ सम्ममा ५५ जना नेपालीहरू मात्रै अमेरिकी नागरिक बनिसकेका थिए र ३१२ जनाको मात्रै हरियो पत्ता थियो । सन १९९६ मा ६८६ जना नेपालीहरू विद्यार्थीका रूपमा अमेरिका भित्रिए ।
कानूनीरूपमा यहाँ नेपालीहरू ख़ासगरि दुईथरिका छन । पंजीकृत (documented) र अपंजीकृत (undocumented ) । कसै- कसैले undocumented लाई illegal पनि भन्दछन तर म त्यसो भन्न रूचाऊँदिन । किनभने त्यसो हुनु उनीहरूको रहर हैन थियो तर वाध्यता, विवशता, कथा र आ-आफ्नै व्यक्तिगत व्यथाले कागजविहीन हुन पुगे ।
सन १९९५ सम्ममा ५५ जना नेपालीहरू मात्रै अमेरिकी नागरिक बनिसकेका थिए र ३१२ जनाको मात्रै हरियो पत्ता थियो । सन १९९६ मा ६८६ जना नेपालीहरू विद्यार्थीका रूपमा अमेरिका भित्रिए । सन १९९८ मा डि. भी लटरी अन्तर्गत २२६ जना नेपालीहरू अमेरिका छिरे पहिलो पटक । हरेक वर्ष अल्पविकसित मुलुकहरूबाट, सबै देशहरूबाट गरि ५०,००० ( पचास हज़ार ) मानिसहरू भित्र्याउने अमेरिकी आप्रवासन अध्यागमन नीति रहेको छ ।
अधिकांश पुराना नेपाली मानिसहरू व्यापार- वाणिज्यमा संलग्न छन । सिकागोमा नेपाली डाक्टरहरू, नर्सहरू, प्राध्यापक र विभिन्न पेशामा संलग्न मानिसहरूको अतिरिक्त व्यवसाय- वाणिज्य गर्ने मानिसहरू पनि छन ।
संयुक्त राज्य अमेरिकामा ५० वटा राज्यहरू छन त्यसमध्ये १३ वटा सबैभन्दा पहिले स्वतन्त्र भएका हुन । त्यसैले अमेरिकाको राष्ट्रीय झण्डामा ५० वटा ताराहरू र १३ वटा धर्काहरू छन । प्रत्येक ताराले एउटा ताराको प्रतिनिधित्व गर्छ । अहिले सबैभन्दा अधिक नेपालीहरू हुने राज्यहरूमा न्यूयर्क, टेक्सास, क्यालिफोर्निया, बोस्टन, कलोराडो, सिकागो, मेरिल्याण्ड, भर्जिनिया, न्यू हेमसायर र ओहायो पर्छन । अन्य राज्यहरूमा पनि नेपालीहरूको बाक्लै उपस्थिति रहेको छ ।
कागजपत्र नहुनेहरू न्यूयोर्कमा बस्न रूचाउँछन । तर यसोभन्दैमा न्यूयोर्कमा बस्ने सबैकागजपत्र विहीन छन भन्ने हैन । अलिक चमक- दमक रूचाउने, धेरै पहिले आएका सम्पन्न परिवारहरू र प्रोफेशनलहरू पनि प्रशस्तै छन त्यहाँ । टेक्सासमा घर- जग्गा र विद्यार्थीहरूको कलेजको शुल्क कम र जागीर छिटो र प्रशस्त मात्रामा पाईन्छ । बोस्टनमा पनि नेपालीहरूको संख्या राम्रो भएको र न्यूयोर्क नजीकै भएकाले अनि जागीर पाउन पनि सजिलो भएकाले त्यहाँ नेपालीहरू प्रशस्त मात्रामा पाईन्छन । कोलोराडोसंग नेपालको भूगोल निक्कै मिल्छ । पहाड़- पर्वत र हरियालीले ढाकेको यो राज्यमा नेपालीहरूको आगमन शुरू- शुरूमै भएको हो ।
त्यहाँका अधिकांश पुराना नेपाली मानिसहरू व्यापार- वाणिज्यमा संलग्न छन । सिकागोमा नेपाली डाक्टरहरू, नर्सहरू, प्राध्यापक र विभिन्न पेशामा संलग्न मानिसहरूको अतिरिक्त व्यवसाय- वाणिज्य गर्ने मानिसहरू पनि छन । न्यू हेमसायर, ओहायो, मेरिल्याण्ड, भर्जिनिया र अन्य राज्यहरूमा पनि यस्तै- यस्तै स्थिति छ रहि आएको छ । सबै राज्यहरूमा पत्रकारहरू पनि छन । मेरिल्याण्डमा ख़ासगरि कलाकारहरू बस्छन र भर्जिनियामा पनि कलाकारहरू, साहित्यकार हरू, वकीलहरू र सबै पेशा र व्यवसायका नेपालीहरू पाईन्छन ।
यो लेखक बस्ने राज्य क्यालिफोर्नियामा पनि डाक्टर, चिकित्सक, नर्स, प्राध्यापक, चार्टर्ड अकाउन्टेन्ट, वकील, व्यापारी, क्यासिनो आदिमा काम गर्ने नेपालीहरू प्रशस्त मात्रामा पाईन्छन । महँगो भएता पनि यो राज्य बसोबासका निम्ति अत्युत्तम मानिन्छ, नातिशीतोष्ण । प्रशान्त महासागर नजीकै अवस्थित यो राज्यका धेरै सहरहरू सुन्दर छन । स्मरणीय रहोस, यहाँ एउटा दाहाल गाउँ पनि छ र अमेरिकाभित्र सबै भन्दा बढ़ी राज्य पनि यही होला संभवत ।
यो लेखले सबै सामग्रीहरू अहिलेनै समावेश गर्न सकेको छैन । क्रमश: हरेक राज्यको रूपरेखा र त्यहाँ बस्ने नेपालीहरूको बारेमा लेख्दै जानेछु । क्रमश ……….







प्रतिक्रिया लेख्नुहोस्:-