Friday, July 31, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा नेपालीहरूको इतिहास र जनजीवन – २

बैशाख १०, २०७७ २:१८ मा प्रकाशित
Share on FacebookShare on Twitter
प्रा. डा. दुर्गा दाहाल

सन २००० पछि अमेरिकामा नेपालीहरूको संख्या अत्यधिक मात्रामा थपियो । नेपालको गरीब राजनैतिक र आर्थिक अवस्था र तथाकथित माओवादी जनयुद्धले गर्दा पनि यो संख्या बढेको हो । साथै, विद्यार्थीहरूको संख्या पनि बढेर गयो ।

 

 

नेपालका सबै जिल्लाहरूमा रोग, भोग, शोक र महँगी बढदै गएकाले,रोजगारीका अवसरहरू अत्यन्त कम भएकाले, व्यसायका लागि आर्थिक स्थिति नभएकाले र ख़ास गरि माओवादीहरूको उदय भएसंगै नेपालमा शान्ति- सुरक्षाको स्थिति झन कमजोर हुँदै गएकाले असाईलीका रूपमा नेपालीहरू शरणार्थीका रूपमा अमेरिका भित्रिन थालेका हुन । पर्यटकका रूपमा आउनेहरू तथा अन्य पर्यटन भिजा लगाएर आउने नेपालीहरू पनि देशीहरूका स्टोरमा, ख़ास गरी ग्यास स्टेसन ( petrol pump ) र होटल/ मोटलमा काम गरेर यतै बस्न थाले । चेकमा हैन, बरू थोरै डलर भए पनि नगदमै ( cash in hand ) काम गरेर जीवन निर्वाह गर्न थाले । यद्यपि विद्यार्थीहरूलाई पनि हप्तामा केवल २० घण्टा मात्रै काम गर्ने अनुमति अमेरिकी सरकारले दिएको छ तर तिनीहरू पनि अनैतिक रूपले भए पनि ४० देखि ८० घण्टासम्म काम गर्छन नगदीमा । यसरी धेरै घण्टा हान्नु उनीहरूका लागि रहर नभएर वाध्यता र विवशता पनि हो । यस सम्बन्धमा म अर्को कुनै अध्यायमा व्याख्या गर्नेछु ।

 

अमेरिकामा पेट्रोल पम्पलाई ग्यास स्टेसन ( gas station ) भनिन्छ किनभने यहाँ पेट्रोललाई ग्यास भनिन्छ । स्मरण रहोस, ब्रिटिस अंग्रेज़ी र अमेरिकन अंग्रेज़ी चारवटा कुराहरूमा फ़रक हुन्छ ।

१. शब्दभण्डार ( vocabulary )
२. हिज्जे ( spelling )
३. वाक्यसंरचना ( sentence structure )
४. व्याकरण ( grammar )
यस विषय र सन्दर्भमा पछि कुनै अध्यायमा वर्णन गर्नेछु ।

 

यसरी कागजपत्रविहीन अधिकाँश नेपालीहरू देशीहरूको ग्यास स्टेसन र होटल/ मोटलहरूमा काम गरेर जीविका निर्वाह गर्छन ।

 

क़ानूनीरूपमा बसेका नेपालीहरू उच्चस्तरीय काम गरेर पनि बसेका छन । अमेरिकामा उल्लेख्य रूपमा चिकित्सक ( doctors ), अभियन्ताहरू ( engineers ), वकीलहरू, (attorneys  at law), प्राध्यापकहरू ( professors ), परिचारिकाहरू (nurses), मानव संसाधन निर्देशकहरू ( human resource directors ), लेखा परीक्षकहरू ( public chartered accountant ) पत्रकारहरू ( journalists ), प्रतिष्ठित व्यवसायीहरू ( established business personalities ) का अतिरिक्त अन्य पेशा र व्यवसायमा संलग्न नेपालीहरू अमेरिकाका विभिन्न राज्यहरूमा बस्दै आएका छन ।

 

अमेरिकामा नेपालीहरूले यहाँको राजनीतिमा खासै उल्लेख्य प्रगति हासिल गर्न सकेका छैनन तर हालै आएर नेपालको पर्वतमा घर भएका मेरिल्याण्ड निवासी ह्यारी भण्डारीले (नेपालका हरी  भण्डारी)  अमेरिकाको मूल राजनीतिमा चुनाव जितेर खाता खोलेका छन । उनी मेरिल्याण्ड राज्यका प्रतिनिधि हुन । अमेरिकामा रहेका नेपालीहरूको इतिहासमा सर्वप्रथम यहाँको अमेरिकी राजनीतिमा भाग लिएर उदाहरणीय र स्वागतयोग्य कदम अघि बढाउने पहिलो प्रतिनिधि हुन ।

(यो भन्दा पहिले मैले पहिलो अध्याय लेखिसकेको छु । यो दोश्रो अध्याय हो ।)
(पहिलो अध्याय पढ्नका लागि तलको लिङ्कमा क्लिक गर्नु होला : स)
अमेरिकामा नेपालीहरूको इतिहास र जनजीवन

सम्बन्धित समाचार

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result