प्रा. डा. दुर्गा दाहाल
* टेक्सास
अमेरिकामा रहेका ५० वटा राज्यहरू मध्ये ‘टेक्सास’ पनि एउटा अत्यधिक जनघनत्व रहेको राज्य हो जहाँ नेपालीहरूको संख्या ५१ हज़ार भन्दा माथि रहेको छ । आयतन, भूमि र जनसंख्याका हिसाबले अमेरिकाकै सबैभन्दा ठूलो दोश्रो राज्य यो नेपालीहरूको बस्ती भएको पनि दोश्रो राज्य त पक्कै हो । अस्टिन ( Austin ) टेक्सासको राजधानी हो ।
उतिखेर सन १९९४ पटक म पहिलोपटक अमेरिका आउँदा टेक्सासमा शायदै नेपालीहरु थिए । मैले भेटिन र खोजिन पनि । म छोटो समयका लागि अस्थायी रूपमा आएको थिएँ । त्यसपछि सन २००० पछि म टेक्सासको अरभिंगमा (Irving) स्थायीरूपले सपरिवार बसोबास गर्न थालेँ । त्यसताका पनि नेपालीहरू औँलामा गनिन्थे । मेरो अमेरिकी यात्रा यहीँबाट (TX) शुरू भएको हो । निकैवर्ष पछि म पेन्सिलभेनिया (PA) बसाई सरेँ र केही वर्ष पछि अहिले स्थायीरूपले, विगत चारवर्षदेखि, क्यालिमा (CA) छु ।
टेक्सासको शुरूको नाम ‘Taysha’ हो अर्थात ‘Friends’. । यो राज्य पहिले Spain को अधीनमा थियो । फ्रान्सले पनि उपनिवेशका रूपमा केही वर्ष राज गर्यो । त्यपछि मेक्सिकोले १८३६ सम्म आफ्नो नियंत्रणमा लिएर शासन गर्यो र अन्ततोगत्वा अमेरिकाको पोल्टामा आएको हो ।
टेक्सासलाई Lone star state का रूपमा चिनिन्छ । बार्बिक्यू ( Barbique ), लाईभ म्यूजिक र गर्मीप्रदेशका रूपमा चिनिने यो राज्यमा केहि वर्ष यता ह्वात्तै नेपालीहरू खनिएका छन । कारण:
१. विद्यार्थीहरूको कलेजशुल्क सस्तो
२. घरजग्गाको मूल्य सस्तो
३. जागीर छिट्टै पाउने
४. घरभाडा सुलभ र सस्तो
५. आफन्तहरू भएको ठाऊँ
६. भुटानी नेपालीहरूको पुनर्स्थापन
७. व्यापार- वाणिज्यमा सहज प्रवेशद्वार
यस राज्यका प्रमुख शहरहरू जहाँ नेपालीहरूको पनि बाक्लै उपस्थिति छ:
१. डल्लास ( Dallas )
२. फ़ोर्टवर्थ ( Fortworth )
३. अष्टिन ( Austin )
४. ह्युस्टन ( Houston )
५. एलपासो ( El Paso )
६. सान- एन्टोनियो ( San Antonio )
७. अरभिंग ( Irving )
८. प्लेनो ( Plano )
९. मिकिनी (McKinney) आदि ।
अन्य शहरहरूमा पनि नेपालीहरू थपिँदै गएका छन दिनानुदिन र तरक़्क़ी गर्दैंछन जुन स्वागतयोग्य र अनुकरणीय छ ।
* कुन- कुन पेशागरूमा आवद्ध छन ?
यहाँ कर्पोरेट जागीर, प्राध्यापन, वकालत, आई- टी व्यवसाय, बैँक, ब्यूटी पार्लर ,सेलुन र वेयरहाउसमा ( Ware- house ) मा काम गर्छन ।
* व्यापार – वाणिज्य के छ नेपालीहरूको ?
विशेष गरि नेपालीहरूका ग्यास स्टेसन
( त्यहाँको पेट्रोल पम्प ) हरू छन । यहाँ आएर काम गर्ने पहिलो ठाऊँ धेरै नेपालीहरूका लागि साधारणतया ग्यास स्टेसननै हो । भारतीय, पाकिस्तानी, बांग्लादेशी, नेपाली अथवा अन्य समुदायका स्टोरहरूमा काम गरेर त्यहाँबाट काम गरेर हासिल गरेको योग्यता, क्षमता , अनुभव र पूँजीका आधारहरूमा नेपालीहरूका पनि मनग्गे स्टोरहरू भईसकेको स्थिति छ । क़रीब $ एकलाख भए यो आईहाल्ने हुँदा र ख़ासगरि अन्य समुदायले यो व्यवसायलाइ छोडेर अन्यत्र लगानी गरेको हुँदा पनि नेपालीहरूलाई सजिलो पर्न गएको हो ।
स्मरण रहोस: यद्यपि त्यहाँको पेट्रोलपम्पलाईनै यहाँ ग्यासस्टेसन
( gas station ) भनिन्छ तर तात्विकरूपमा फ़रक छ । पेट्रोललाई अमेरिकीहरुले ग्यास भन्छन र त्यसस्टेसनमा प्राय: सबैथोक पाईन्छ । सफ्टड्रिंक्स देखि लिएर, विभिन्न किसिमका चुरोटहरु, सुर्ती, खैनी, चकलेटहरू, आईसक्रीम, बियर, वाईन, ह्वीस्की, लोटो, लाटरी र अन्य धेरै- धेरै सामग्रीहरू पाईन्छन स्टोरको आयतन हेरी । बाहिर ग्यास र स्टोरभित्र अनेकथोकको उपलब्धता हुन्छ । स्टोरहरूलाई वेट ( Wet ) र ड्राई ( Dry ) मा वर्गीकरण गरिएको हुन्छ ।वेटमा मादकीय तत्वहरू, तरलपदार्थहरू, सोमरसहरू पनि पाईन्छ भने ड्राइमा केवल अन्य पदार्थहरुमात्रै बेच्न पाईन्छ । केवल 21 वर्ष पुगेपछि मात्रै चुरोट, अन्य सुर्तीजन्य पदार्थहरू अथवा तरलतत्व किन्ने अथवा बेच्न पाईने कडाू सरकारी नियम छ अमेरिकामा । कानूनको उल्लंघन गरेमा दुवैपक्षले कड़ा शास्ती भोग्नु पर्छ । यसबारेमा अर्को कुनै अध्यायमा चर्चा गरौँला र विशेष जानकारी पस्किउँला ।
नेपालीहरू होटल र मोटलहरूमा पनि काम गर्छन शुरवाती दिनहरुमा । अन्य कुनै चारा हुँदैन । नेपालका निकै हुने खानेहरु, प्रतिष्ठितघरका र शिक्षित समुदायका व्यक्तिहरू पनि यस्ता कामहरुमा संलग्न देखिन्छन । कतिपयले आफ्नो परिचय पनि दिन चाहँदैनन अथवा बोल्न रूचाऊँदैनन । आँफूले बुझिदिनु पर्छ उहाँहरूको कथा- व्यथा र जीवनगाथा । नेपाली नर- नारीहरू यहाँका धेरै होटल अथवा मोटलहरूमा काम गरेर पढिरहेका हुन्छन, परिवारको खर्च धानिरहेका हुन्छन अथवा विदेशको नियति भोगिरहेका हुन्छन । हुनत, कतिपय नेपालीहरूका पनि रेष्टुँराहरू छन तर उल्लेख्य प्रगति देखिएको छैन ।
* महिलाहरू
खासगरि महिलाहरूले ब्यूटीपार्लर अथवा हेयर- सेलुन पनि खोलेर बसेका छन यहाँ र अमेरिकाका विभिन्न राज्यहरूमा । नेपाली महिलाहरूका लागि यो उत्तम विकल्प हो । सस्तो, सजिलो र भरपर्दो पनि । म अमेरिका आउने सबै महिलाहरूलाई यो सीपमा र ड्राईभिंगमा विशेष क्षमता राखेर आउन हुन पनि सविनय निवेदन गर्दछु । आँफू पनि राम्री भएर बस्न पाउने र अन्यहरूलाई पनि राम्री बनाउने तनावविहीन काम हो यो । कुशल व्यवस्थापनचैँ गर्न सक्नु पर्छ ।
धेरै महिलाहरूले आया ( Nanny ), बुढ़ा- बुढी हेर्ने र बेबी- सिटरको काम पनि गर्छन । यो पनि तुलनात्मक रूपले सजिलो कामभित्र पर्दछ ।
* विद्यार्थीहरू
टेक्सास विद्यार्थीहरूका निम्ति सर्वोत्तम थलो मानिन्छ । पाईलट विद्यार्थीहरूका निम्ति त झनै राम्रो । यो राज्य अमेरिकाकै ठूलो पाईलटिंग प्रशिक्षणराज्यमा पर्दछ । यो राज्यमा नेपाली विद्यार्थीहरूको संख्या पनि ३७०० भन्दा बढ़ी छ ।
यसरी नेपालीहरूले टेक्सास राज्यमा जरो गाडदै जानु स्वागतयोग्य र उपलब्धिपूर्ण मानिएको छ ।
सहयोगी: विजयाराज भट्टराई, टेक्सास
नोट : पुराना श्रृखला पढ्न यो लिङ्कमा जानु होला
प्रतिक्रिया लेख्नुहोस्:-