Thursday, July 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

टेक्सासमा नेपालीहरुको जनजीवन र इतिहास -४

बैशाख २४, २०७७ २:३१ मा प्रकाशित
टेक्सासमा नेपालीहरुको जनजीवन  र इतिहास -४
Share on FacebookShare on Twitter

प्रा. डा. दुर्गा दाहाल

* टेक्सास


अमेरिकामा रहेका ५० वटा राज्यहरू मध्ये ‘टेक्सास’ पनि  एउटा अत्यधिक जनघनत्व रहेको राज्य हो जहाँ नेपालीहरूको संख्या ५१ हज़ार भन्दा माथि रहेको छ । आयतन, भूमि र जनसंख्याका हिसाबले अमेरिकाकै सबैभन्दा ठूलो दोश्रो राज्य  यो नेपालीहरूको बस्ती भएको पनि
दोश्रो राज्य त पक्कै हो ।  अस्टिन ( Austin ) टेक्सासको राजधानी हो ।

 

उतिखेर सन १९९४ पटक म पहिलोपटक अमेरिका  आउँदा टेक्सासमा शायदै नेपालीहरु थिए । मैले भेटिन र खोजिन पनि । म छोटो समयका लागि अस्थायी रूपमा आएको थिएँ । त्यसपछि सन २००० पछि म टेक्सासको अरभिंगमा (Irving) स्थायीरूपले सपरिवार बसोबास गर्न थालेँ । त्यसताका पनि नेपालीहरू औँलामा गनिन्थे । मेरो अमेरिकी यात्रा यहीँबाट (TX) शुरू भएको हो । निकैवर्ष पछि म पेन्सिलभेनिया   (PA) बसाई सरेँ र केही वर्ष पछि अहिले स्थायीरूपले, विगत चारवर्षदेखि, क्यालिमा (CA) छु ।

 

टेक्सासको शुरूको नाम ‘Taysha’ हो अर्थात ‘Friends’. ।  यो राज्य पहिले Spain को अधीनमा थियो । फ्रान्सले पनि उपनिवेशका रूपमा  केही वर्ष राज गर्यो । त्यपछि मेक्सिकोले १८३६ सम्म आफ्नो नियंत्रणमा लिएर शासन  गर्यो  र अन्ततोगत्वा अमेरिकाको पोल्टामा आएको हो ।

टेक्सासलाई Lone star state का रूपमा चिनिन्छ । बार्बिक्यू ( Barbique ),  लाईभ म्यूजिक र गर्मीप्रदेशका रूपमा चिनिने यो राज्यमा केहि वर्ष यता ह्वात्तै नेपालीहरू खनिएका छन । कारण:


१.  विद्यार्थीहरूको कलेजशुल्क सस्तो
२. घरजग्गाको मूल्य सस्तो
३. जागीर छिट्टै पाउने
४. घरभाडा सुलभ र सस्तो
५. आफन्तहरू भएको ठाऊँ
६. भुटानी नेपालीहरूको पुनर्स्थापन
७. व्यापार- वाणिज्यमा सहज प्रवेशद्वार

 

यस राज्यका प्रमुख शहरहरू जहाँ नेपालीहरूको पनि बाक्लै उपस्थिति छ:


१. डल्लास ( Dallas )
२. फ़ोर्टवर्थ ( Fortworth )
३. अष्टिन ( Austin )
४. ह्युस्टन ( Houston )
५. एलपासो ( El Paso )
६. सान- एन्टोनियो ( San Antonio )
७. अरभिंग ( Irving )
८. प्लेनो ( Plano )
९. मिकिनी (McKinney)  आदि ।

 

अन्य शहरहरूमा पनि नेपालीहरू थपिँदै गएका छन दिनानुदिन र तरक़्क़ी गर्दैंछन जुन स्वागतयोग्य र अनुकरणीय छ ।

 

* कुन- कुन पेशागरूमा आवद्ध छन ?

 

यहाँ कर्पोरेट जागीर, प्राध्यापन, वकालत, आई- टी व्यवसाय, बैँक, ब्यूटी पार्लर ,सेलुन र वेयरहाउसमा ( Ware- house ) मा काम गर्छन ।

* व्यापार – वाणिज्य के छ नेपालीहरूको ?

 

विशेष गरि नेपालीहरूका ग्यास स्टेसन


( त्यहाँको पेट्रोल पम्प ) हरू छन । यहाँ आएर काम गर्ने पहिलो ठाऊँ धेरै नेपालीहरूका लागि साधारणतया ग्यास स्टेसननै हो । भारतीय, पाकिस्तानी, बांग्लादेशी, नेपाली अथवा अन्य समुदायका स्टोरहरूमा काम गरेर त्यहाँबाट काम गरेर हासिल गरेको योग्यता, क्षमता , अनुभव र पूँजीका आधारहरूमा नेपालीहरूका पनि मनग्गे स्टोरहरू भईसकेको स्थिति छ । क़रीब $ एकलाख भए यो आईहाल्ने हुँदा र ख़ासगरि अन्य समुदायले यो व्यवसायलाइ छोडेर अन्यत्र लगानी गरेको हुँदा पनि नेपालीहरूलाई सजिलो पर्न गएको हो ।

 

स्मरण रहोस: यद्यपि त्यहाँको पेट्रोलपम्पलाईनै यहाँ ग्यासस्टेसन


( gas station ) भनिन्छ तर तात्विकरूपमा फ़रक छ । पेट्रोललाई अमेरिकीहरुले ग्यास भन्छन र त्यसस्टेसनमा प्राय: सबैथोक पाईन्छ । सफ्टड्रिंक्स देखि लिएर, विभिन्न किसिमका चुरोटहरु, सुर्ती, खैनी, चकलेटहरू, आईसक्रीम, बियर, वाईन, ह्वीस्की, लोटो, लाटरी र अन्य धेरै- धेरै सामग्रीहरू पाईन्छन स्टोरको आयतन हेरी । बाहिर ग्यास र स्टोरभित्र अनेकथोकको उपलब्धता हुन्छ । स्टोरहरूलाई वेट ( Wet ) र ड्राई ( Dry ) मा वर्गीकरण गरिएको हुन्छ ।वेटमा मादकीय तत्वहरू, तरलपदार्थहरू, सोमरसहरू पनि पाईन्छ भने ड्राइमा केवल अन्य पदार्थहरुमात्रै बेच्न पाईन्छ ।  केवल 21 वर्ष पुगेपछि मात्रै चुरोट, अन्य सुर्तीजन्य पदार्थहरू अथवा तरलतत्व  किन्ने अथवा बेच्न पाईने कडाू सरकारी नियम छ अमेरिकामा । कानूनको उल्लंघन गरेमा दुवैपक्षले कड़ा शास्ती भोग्नु पर्छ । यसबारेमा अर्को कुनै अध्यायमा चर्चा गरौँला र विशेष जानकारी पस्किउँला ।

 

नेपालीहरू होटल र मोटलहरूमा पनि काम गर्छन शुरवाती दिनहरुमा । अन्य कुनै चारा हुँदैन । नेपालका निकै हुने खानेहरु, प्रतिष्ठितघरका र शिक्षित समुदायका व्यक्तिहरू पनि यस्ता कामहरुमा संलग्न देखिन्छन । कतिपयले आफ्नो परिचय पनि दिन चाहँदैनन अथवा बोल्न रूचाऊँदैनन । आँफूले बुझिदिनु पर्छ उहाँहरूको कथा- व्यथा र जीवनगाथा । नेपाली नर- नारीहरू यहाँका धेरै होटल अथवा मोटलहरूमा काम गरेर पढिरहेका हुन्छन, परिवारको खर्च धानिरहेका हुन्छन अथवा विदेशको नियति भोगिरहेका हुन्छन । हुनत, कतिपय नेपालीहरूका पनि रेष्टुँराहरू छन तर उल्लेख्य प्रगति देखिएको छैन ।

 

* महिलाहरू

 

खासगरि महिलाहरूले ब्यूटीपार्लर अथवा हेयर- सेलुन पनि खोलेर बसेका छन यहाँ र अमेरिकाका विभिन्न राज्यहरूमा । नेपाली महिलाहरूका लागि यो उत्तम विकल्प हो । सस्तो, सजिलो र भरपर्दो पनि । म अमेरिका आउने सबै महिलाहरूलाई यो सीपमा र ड्राईभिंगमा विशेष क्षमता राखेर आउन हुन पनि सविनय निवेदन गर्दछु । आँफू पनि राम्री भएर बस्न पाउने र अन्यहरूलाई पनि राम्री बनाउने तनावविहीन काम हो यो । कुशल व्यवस्थापनचैँ गर्न सक्नु पर्छ ।

 

 धेरै  महिलाहरूले आया ( Nanny ), बुढ़ा- बुढी हेर्ने र  बेबी- सिटरको काम पनि गर्छन । यो पनि तुलनात्मक रूपले सजिलो कामभित्र पर्दछ ।

 

* विद्यार्थीहरू  

 


टेक्सास विद्यार्थीहरूका निम्ति सर्वोत्तम थलो मानिन्छ । पाईलट विद्यार्थीहरूका निम्ति त झनै राम्रो । यो राज्य अमेरिकाकै ठूलो पाईलटिंग  प्रशिक्षणराज्यमा पर्दछ । यो राज्यमा नेपाली विद्यार्थीहरूको संख्या पनि ३७०० भन्दा बढ़ी छ ।

 

यसरी नेपालीहरूले   टेक्सास राज्यमा   जरो गाडदै जानु स्वागतयोग्य र उपलब्धिपूर्ण मानिएको छ ।

सहयोगी: विजयाराज भट्टराई, टेक्सास 

 

नोट : पुराना श्रृखला पढ्न यो लिङ्कमा जानु होला 

अमेरिकामा नेपालीहरूको इतिहास र जनजीवन – ३

सम्बन्धित समाचार

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result