Thursday, July 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

दुई किशोरी र आनन्द बिष्टका सहयोगी हात

बैशाख २४, २०७७ १०:०२ मा प्रकाशित
दुई किशोरी र आनन्द बिष्टका सहयोगी हात
Share on FacebookShare on Twitter

 हरि भट्ट

राजनैतिक अस्थिरता भएका विकासोन्मुख मुलुकहरूमा राजनैतिक स्वार्थ प्रार्तिको लागि कहिलेकँही बन्द हड्ताल हुलदङ्गाको कारणले दैनिक काम कारबाही ठप्प बनाइ सृजना गरिएको Lock down र विशेष परिस्थिति मा राज्यले सम्भावित जोखिमको मध्यनजर गरेर कानुन बमोजिम लगाइएको कर्फ्युको सास्ती वा पूर्ण ठप्प दैनिकी सर्वसाधारणले भोग्नु पर्दै नपरेको त होइन।  विशेषत नेपालमा हामी नेपालीहरूले ।

फरक यति मात्र हो, उद्देश्य फरक छ । यसमा राजनैतिक चालबाजीहरू भट्याउन नभ्याएका भने होइनन् । तर जनहित, राष्ट्रहित र सर्वोपरिहितलाई मध्यनजर राखेर यहीलेको परिवेशमा विवशतावश संसारभरि उपयोगी ठहर्‍याइएको Lock Down र Stay Home लाई  Positive Way मा संसारभर अनुशरण गरिएको इतिहासमा सायद पहिलो पटक हुनुपर्छ। यति छोटो समयको अन्तरालमा २१ औ शताब्दीमा विश्व जगत् ले यतिका संख्यामा जीउ-धन को नोक्सानी बेहोर्दै कहालिलाग्दो यस किसिमको अवस्था भोग्नुपरेको थिएन। मानवीय क्षतिलाई अङ्कमा गणना गरेर हेरे पनि अन्तिम होइन र जुन रोकिएको छैन पनि ।आर्थिक लगाएत अन्य क्षतिहरूको तथ्यांक असंख्य छ।

Money is something but not everything भन्नेकुरा सबैलाई थाहा हुँदाहुँदै २१ औ शताब्दीको मानिस भने money is everything भनेर यसरी दौडियो यसरी दौडियो कि Covid-19 को महामारीले ३६० डिग्रीको Turn गराइदियो। Health is everything भन्ने सत्य थप प्रमाणित हुँदै गएको छ। अनुसाशीत तवरबाट हरेक विपत्तिहरूलाई हामीले अवसरको रूपमा बदल्न सक्नुपर्छ। यस महामारीलाई पनि हामीले अवसरको रूपमा लिएर अगाडि बढ्नु नै आजको टट्कारो आवश्यकता हो। त्यसैले जसरी सम्पूर्ण विश्व जगत् united भएर Covid-19 सँग मुकाबिला गरेको छ यस किसिमको strength लाई continue कायम गर्दै व्यक्ति, समुदाय, मुलुक-मुलुक बिचको द्वेष, क्रोध, कटुता, शक्ती,धन प्रतिको मोह, घमण्डलाई त्याग्नु पर्ने गतिलो पाठ सिकाएको छ।

हामीहरू पनि  Covide -19 विरुद्धको युद्धमा छौ । मात्र फरक यति हो हामी हतियार रहित छौ। हाम्रो हतियार भनेको जसरी युद्धमा होमिएका सिपाहीहरूले सानो युद्ध अनुशासनको ख्याल नगर्दा ठुलो क्षति बेहोर्नुपर्छ त्यसैगरी हामीले पनि स्वास्थ्य अनुशासन को पालना गरेर सुरक्षित रहन र कम क्षति गराउन सकिन्छ र गर्नुपर्छ। Covid-19 संगको युद्धमा मानव जगत्लाई हार्ने छुट छैन। अन्य मानव-मानव बिचको युद्ध वा महायुद्धहरूमा जय-पराजयको कुरा हुन सक्थ्यो,Surrender हुन सक्थ्यो तर परजीवी सँगको यस युद्धमा loss,surrender गर्ने छुट छैट मात्र Victory मात्र Covid-19 माथि छिटो भन्दा छिटो बीजय ।

क्रमश: बन्द भएका कल -काराखाना,उद्योगधन्दा, शैक्षिक संघ-संस्था, प्रशासनिक कार्यालय, व्यापारिक हरेक किसिमका व्यवसाय हरूको पुन:खुला सँगै यतिका दिनसम्म रोकिएर बसेका सबैखाले कामकारवाहीमा क्रमश चहलपहलहरू स्वभाविक रूपमा बढेर आउछ। तर हामीले त्यस सँग-सँगै त्यसबाट पर्न सक्ने जोखिमलाई कम गर्न सामाजिक दुरि लगायत WHO विश्व स्वास्थ्य संगठनले दिएको स्वास्थ्य अनुशासन अर्थात् निर्देशन केही समससम्म पालन गर्नु अपरिहार्य छ।जीवनशैली,खान-पान,सहन-सहनलाई परिवर्तन गर्नु ज़रूरी देखिन्छ।

यस्तो बिषयम परिस्थितिमा आफ्नो स्वास्थ्यको ख्यालगर्दै घर भित्रै बस्न अमेरिकाको केन्द्र र राज्यसरकारले निर्देशन जारी गरेको छ । संक्रमितहरुमध्ये केहीले ज्यान गुमाइरहेका छन् । कतिपय अस्पतालमा जीवन मरणको लडाइमा छन् । केही घरभित्रै स्वास्थ्यमा सुधार हुने प्रतिक्षामा छन् । कतिपय न्युनतम आवश्यकताबाट बन्चित भएका छन् । कोरोनाबाट संक्रमित नभए पनि धेरै जसोमा मनोबैज्ञानिक त्रास र एउटा सिमा रेखा भित्र रहदाको पीडा छटपटाहट छ ।   


संकटको यस घडीमा संक्रमण र स्वास्थ्य जोखिमको त्रा
सबाट माथी उठेर सहयोग जुटाउदै राहत बितरणमा खट्ने नेपाली जनसंपर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्ट नेपाली समुदायका लागि एउटा रोल मोडल हुनु भएको छ । नेपाली जनसंपर्क समिति अमेरिकाले प्रभावित राज्यमा राहत संकलन र बितरणका लागि गठन गरेको परिचालन समितिमा रहेर काम गर्नु हुने विद्यासागर योन्जन दाइ लगायत सबैको सक्रियता र योगदानको जोडफलले नै अहिले नेजस अमेरिकालाई राजनीतिमा मात्र होइन आपद बिपदमा नेपाली समुदायको भरपर्दो संस्था हो भन्ने सावित गरेको छ ।


हुन त एनआरएनए अमेरिका, जनजाती संवद्ध केही संघ संस्था,  स्थानिय संघ संस्था र कतिपय ब्यक्तिहरुले पनि नेपाली समुदायका लागि प्रसंसनिय र अनुकरणीय काम गरेका छन् । टेक्ससका समाजसेवी भरत अर्यालका दूई छोरीले अमेरिकी सरकारबाट साहायता स्वरुपमा प्राप्त एक हजार डलर कोरोनाका कारण ज्यान गुमाएका र संक्रमित परिवारको लागि समर्पित गरेका छन् । दूई किशोरीले राहत र समाज सेवामा लाग्नेहरुलाई बिपदमा घर भित्र सिमिति हुने र मौका पर्दा अरुबाट सहयोग लिने मात्र होइन छाती फराकिलो बनाएर संकटको समयमा मैैदानमा खट्नु पर्छ र आफ्नो खल्तीबाट पनि सहयोग गर्न सक्नु पर्छ भन्ने गतिलो पाठ पढाएका छन् ।      अन्त्यमा कोरोना विरुद्धको महायुद्धमा आफ्नो र परिवारको कुनै प्रवाह नगरिकन अहोरात्र खटिनुहुने संसारभरका स्वास्थ्य कर्मीहरू लगाएत सकोकारवाला संघ(संस्था र महानुभावहरुप्रती हार्दिक नमन गर्दै भगवान्ले हामी सबैलाई स्वास्थ्य र सुरक्षित राख्न आशिर्बाद प्रदान गरून् भन्ने अपेक्षा राख्दछु।


(हरि भट्ट नेपाली जनसंपर्क समिति क्यालिफोर्निया च्याप्टरका सचिव हुनुहुन्छ ।)

सम्बन्धित समाचार

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result