Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शुरु

बैशाख २८, २०७५ ४:३० मा प्रकाशित
अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शुरु
Share on FacebookShare on Twitter

काठमाडौँ, २८ वैशाख / नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो सामाखुशीको आयोजनामा चौँथो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता आजदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुरु भएको छ ।

पहिलो दिन आज नेपाली खेलाडीबीच मात्र प्रतिस्पर्धा भयो । पुरुष ६० केजी तौलसमूहमा करण गुरुङ र सैलेश दनुवार तथा खुलामा सुमन तामाङ र निशान तामाङ सेमिफाइनलमा पुगे ।

महिला ४० केजीमा युनी महर्जन र बिनिता चापागाईं तथा ४५ केजीमा सुमित्रा अधिकारी र वर्षा बुढा मगरले सेमिफाइनलमा स्थान सुरक्षित गरे । एकल काताको पुरुष सिनियरमा युरोदीश रोका र दीप राजवाहक तथा जुनियरमा करण बुढाथोकी र सुजन श्रेष्ठ सेमिफाइनलमा पुगे । एकल काताको जुनियर महिलामा सुष्मा पुन र स्मारिक ओझाले सेमिफाइनल यात्रा तय गरे ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । शनिबारसम्म चल्ने उक्त प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, भुटान र नाइजेरियाका ४६५ खेलाडीले विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको आयोजक डोजोका प्रमुख राजेन्द्रकुमार ओझाले जानकारी दिनुभयो ।

प्रकाश दाहाल स्मृति राष्ट्रिय खुला बक्सिङ
नेपाल बक्सिङ संघको तत्वावधान तथा अखिल नेपाल खेलकुद संघको आयोजनामा प्रथम प्रकाश दाहाल स्मृति पुरुष तथा महिला राष्ट्रिय खुला बक्सिङ प्रतियोगिता हुने भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका छोरा स्व प्रकाशको स्मृतिमा हुने उक्त प्रतियोगिता आगामी असार ३ गतेदेखि हुने आयोजक संघका अध्यक्ष एवं नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रतियोगितामा पुरुषतर्फ १० र महिलामा आठ गरी जम्मा १८ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । पुरुषमा ४९, ५२, ५६, ६०, ६४, ६९, ७५, ८१ र ९१ केजी तथा ९१ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ भने महिलामा ४८, ५१, ५४, ५७, ६०, ६४, ६९ र ७५ केजीमा भिडन्त हुनेछ ।

बक्सिङ संघका अध्यक्ष राम अवालेले प्रतियोगिताले खेलाडीलाई ‘एक्सपोजर’ दिनुका साथै नयाँ खेलाडीको पहिचान हुने बताउँदै प्रतियोगिता सफल पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतियोगितामा विभिन्न जिल्ला, क्लब र विभागीय टोली गरी करिब २०० खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ । तीनदिने उक्त प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

अन्टिएफ को साधारण सभा आज हुँदै
आप्रबास मामिला

अन्टिएफ को साधारण सभा आज हुँदै

Breaking News

क्रिकेट खेलाडीले पाए जनही १३ लाख
खेलकुद

क्रिकेट खेलाडीले पाए जनही १३ लाख

नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ पराजित
खेलकुद

खेलाडीलाई २ करोड ९७ लाख १० हजार पुरस्कार दिने सरकारको निर्णय

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result