प्रा. डा. दुर्गा दाहाल
अमेरिकाको झण्डामा भएका ५० वटा ताराले अमेरिकामा भएका ५० वटा राज्यलाई प्रतिनिधित्व गर्दछन् भने त्यस झण्डामा भएका १३ वटा धर्काले पहिलोपटक स्वतन्त्र भएका राज्यहरूलाई संकेत गर्दछन् । हरेक ताराले एउटा राज्यको प्रतिनिधित्व गर्दछ ।
पहिलो पटक स्वतन्त्र भएका १३ वटा राज्यहरू मध्ये पेन्सिल्भेनिया पनि एक हो ।
* पेन्सिल्भेनिया ( Pennsylvania : Penn + Sylvannia )
अंग्रेज शासक चार्ल्स सेकेण्डले पहिलो पटक यो राज्य ( भूमि ) William Penn लाई बुझाएको हुनाले यो राज्यको नाम Penn बाट शुरु भएको हो । ल्याटिन भाषामा Sylvannia भनेको Woods ( जङ्गल ) हो । धेरै वन- जङ्गल भएको यो राज्य सर्वप्रथम Penn वंशलाई बुझाएको हुनाले यसको नाम Pennsylvania रहन गएको हो । Pennsylvania का मुख्य सहरहरूमध्ये फिलाडेल्फिया, ह्यारिसबर्ग , पिट्सबर्ग र लेनक्यास्टर पर्दछन् ।
पेन्सिलभेनियाको राजधानी ह्यारिसवर्ग ( Harrisburg ) हो । यो वर्ग ( burg ) भन्ने शब्दको अर्थ ( castle ) टापू, बुर्जो अथवा अग्लो ठाऊँ हो । यो जर्मन भाषाको शब्द हो । डचहरूले पनि प्रयोग गर्छन । सन १७८५ मा ह्यारिस जुनियरले आफना बुवाले दखल गरको अग्लो ठाउँमा एउटा शहर बसाएको हुनाले यस ठाऊँको नाम Harrisburg रहन गएको हो ।
अमेरिकाको पहिलो राजधानी पेन्सिलभेनिया राज्यको फिलाडेल्फिया ( Philadelphia ) हो । सन् 1774 को सेप्टेम्बर ५ देखि अक्टोबर १६ सम्म पहिलो पटक कन्टिनेन्टलको पहिलो बैठक दि कारपेन्टर हल ( The Carpenter Hall ) मा बसेको थियो । यो राज्यलाई The Keystone State or the Quaker state को नामले पनि चिनिन्छ । अमेरिकाका १५ औँ राष्ट्रपति James Buchanan पेन्सिलभेनियामा नै जन्मिएका थिए ।
यो राज्यमा धेरै डाँडा-काँडाहरू छन् । भौगोलिक दृष्टिकोणले यो राज्य अमेरिकाको उत्तरी – पूर्वी भागमा अवस्थित छ । यो राज्यमा करिब चार महिना जति धेरै चिसो हुन्छ र यो हिउँले ओढिएको हुन्छ । यो राज्यमा अग्ला – अग्ला पहाडहरू र तालहरू पनि छन् । यहाँ को Eric Lake संयुक्त राज्य अमेरिकाकै चौथो ठूलो ताल हो ।
यो राज्यमा निकै उल्लेख्य सङ्ख्यामा नेपाली विद्यार्थीहरूको उपस्थिति पाइन्छ । राम्रोसँग पढ्ने विद्यार्थीहरूका लागि यो राज्य उपयुक्त मानिन्छ । University of Pennsylvania, Pennsylvania University, Drextel University र Temple University यस राज्यका नामी विश्वविद्यालयहरू हुन जहाँ नेपाली विद्यार्थीहरूको सन्तोषजनक उपस्थिति छ ।
यो राज्यको सीमाना New York, New Jersey, Maryland, Delaware, West Virginia र Ohio सँग जोडिएको हुनाले नेपालीहरूको आवागमन बाक्लै पाइन्छ ।
नेपालीहरूको जीविका
उपर्युक्त सहरहरूमा नेपालीहरूको उल्लेख्य उपस्थिति पाइन्छ । यो राज्यमा नेपालीहरूको खासै बसोबास थिएन तर भुटानी नेपालीहरूलाई अमेरिकाले पुनर्वासको सुविधा दिए पश्चात नेपालीहरूको संख्या वृद्धि भएको छ । विशेष गरि ह्यारिसबर्ग, Pittsburg, Lancaster, York र निकटवर्ती क्षेत्रहरूमा नेपालीहरूलाई अमेरिकाले पुनर्वासको व्यवस्था गरिदिएको छ । यस राज्यमा पनि नेपालीहरू प्राध्यापक, चिकित्सक, वकिल, लेखापरीक्षक, नर्स, आई. टी विशेषज्ञ आदिका रूपमा देखिएका छन । ब्युटी पार्लर, होटल- मोटल आदिहरूमा पनि देखिन्छन । Lafayette Hill ma त विनोद तामाङ र विमल तामाङद्वारा सञ्चालित The Persian Grill नामक दुईवटा प्रख्यात रेष्टूँराहरू पनि छन जहाँ अमेरिकनहरू खाना खानलाई धुइरो नै लाग्छन् । यी restaurant हरू त्यस क्षेत्रमा नामी छन ।
यो राज्यमा पनि अरू राज्यमा भए सरह नेपालीहरूले उबर, लिफ्ट आदि ट्याक्सी चलाएर पनि जीविका निर्वाह गरेको देखिन्छ । कतिपयले आया , न्यानी अथवा बेबी सिटरको काम गर्छन ।
ग्यास स्टेसन (Petrol pump) र होटलमा त नेपालीहरू पाइन्छन नै । यहीँ पढेकाहरूले, अंग्रेज़ीमा विशेष दखल भएकाले र ख़ास सीप आर्जन गरेकाले त अमेरिकी कम्पनीहरूमा पनि काम पाउँछन् तर अन्यहरूले जे पायो; त्यही गर्नु पर्ने वाध्यता र विवशता हुन्छ शुरूवाती दिनहरूमा ।
नेपालीहरूले यहाँका मलहरूमा, कार्टहरूमा पसल थापेर पनि बसेको पाइन्छ । स-साना खुद्रा-पसलहरमा काम गरेर पनि नेपालीहरू केही वर्षपछि घर किन्न र आफ्नै व्यापारसंचालन गर्न पनि सफल भएका छन ।
यसै राज्यमा संयुक्त राज्य अमेरिकाको नामी चकलेट फ्याक्ट्री ( The famous Hershey Chocolate factory ) पर्दछ । यो ह्यारिसबर्ग (Harrisburg ) नजिक हर्सी काउण्टीमा अवस्थित छ । सन १९९० मा स्थापना भएको पहिलो BasketBall Stadium पनि यसै राज्यमा पर्दछ ।
यसरी हेर्दा यो राज्यमा नेपालीहरूले आफ्नो उपस्थिति इमान्दारीपूर्वक दर्ता गराएको देखिन्छ । भविष्यमा गएर नेपालीहरूले बसोबास गरेको एउटा गतिलो राज्यका रूपमा यो राज्यलाई पनि लिनसकिन्छ ।
सबैभन्दा सन्तोषजनक पक्ष के छ भने संयुक्त राज्य अमेरिकामा घर भएका नेपालीहरू विरलै पाइन्थेभने अहिले आएर प्रत्येक राज्यमा नेपालीहरूका घर प्रशस्तै पाइन्छन । यो राज्यमा पनि आफ्नै घरभएका नेपालीहरूको संख्या प्रशस्तै छ ।
(अमेरिकामा नेपालीहरूको इतिहास र जनजीवन- पाँचौँ अध्याय ) क्रमस…
पुराना अध्यायहरु पढ्नका लागि तलको लिङ्कमा क्लिक गर्नु होला ।







प्रतिक्रिया लेख्नुहोस्:-