Thursday, July 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

 पहिलो नेपाली कुलचन्द्र गौतम पुगेको राज्य 

जेष्ठ ७, २०७७ ८:३३ मा प्रकाशित
 पहिलो नेपाली कुलचन्द्र गौतम पुगेको राज्य 
Share on FacebookShare on Twitter

प्रा. डा. दुर्गा दाहाल

                                     

 न्यू हेम्पसायर ( New Hampshire ) 

अमेरिकाको उत्तरी पूर्वी भागमा अवस्थित राज्यहरूमध्ये न्यु ह्याम्पसायर पनि ग्रामीण परिवेशमा अवस्थित एउटा सुन्दर राज्य हो । छोटकरीमा यो राज्यलाई NH भनेर पनि चिनिन्छ । यस राज्यको कुल क्षेत्रफल ९३५० स्क्यायर माइल र जनसंख्या १.३६ मिलियन रहेको छ । यहाँ पनि निकै नेपालीहरू व्यवस्थित रूपले बसोबास गर्छन । यद्यपि वर्षको पाँच महिना जति यहाँ भारी चिसो हुन्छ तर अन्य सात महिना मनोरम र चित्ताकर्षक हुन्छ ।

 

यहाँका राज्यपाल ( Governor ) को नाम Chris Sununu हो । उनी अत्यन्त मिलनसार र नेपालीहरू प्रति पनि सहानुभूतिशील  देखिन्छन ।  यहाँका नेपालीहरूको सम्बन्ध अमेरिकी जनप्रतिनिधिहरू संग निकै राम्रो देखिन्छ । ग्रामीण क्षेत्र भएकाले जनजीवन सामान्य र सरल छ । अमेरिकी समुदायसँग सहकार्य गरेर बसेका नेपालीहरू यस राज्यमा उल्लेख्य मात्रामा पाइन्छ । यहाँका अमेरिकनहरूले नेपाली समुदायलाई खुबै माया र सहयोग गरेको यो पंक्तिकारले पनि देखेको छ ।

 

यो राज्यको राजधानी कनकर्ड (Concord) हो । पहिले अंग्रेजद्वारा शासित यो राज्यलाई Granite State भनेर पनि चिनिन्छ । यस राज्यमा धेरै granite अर्थात् विभिन्न किसिमका मूल्यवान पत्थरहरू पाईने हुनाले त्यसो भनेर पनि चिनिन्छ । सन १७७५ मा यो राज्य पनि अंग्रेज साम्राज्यबाट मुक्त भएको हो । सर्वप्रथम अंग्रेज शासनबाट मुक्त हुने १३ वटा राज्यहरू मध्ये New Hampshire पनि एक हो ।

 

Derry भन्ने सहर यो राज्यको एउटा नाम चलेको ठाऊँमध्ये पर्दछ । यो सुन्दर सहर त्यस राज्यको Rockingham County मा पर्दछ । अन्तरिक्ष ( space ) मा पहिलो पटक अवतरण गर्ने तीन व्यक्तिहरू मध्ये Alen Shepard पनि Derry, NH मै जन्मिनु भएको हो । साथै अमेरिकाका विश्व  प्रख्यात कवि Robert Frost पनि यसै राज्यको त्यही Derry भन्ने सहरमा धेरै वर्ष बसेर सुन्दर – सुन्दर कविता- कृतिहरूको सिर्जना गरेका थिए । यिनीहरू बाहेक यो राज्यले अन्य धेरै चर्चित सिताराहरू जन्माएको छ विभिन्न क्षेत्रहरूमा ।

 

यो राज्यमा स्याऊ ( apple ) का बगैँचा र खेती धेरै मात्रामा हुने हुनाले स्याऊबाट उत्पादित धेरै खाद्य- पदार्थहरू पाइन्छ । यहाँको शिक्षा पद्धति र स्वास्थ्य सेवा उन्नत स्तरको मानिन्छ ।

 

यो राज्यको मौसम साधारणतया चिसो भए पनि हावापानीको दृष्टिकोणले राम्रो मानिन्छ र चारवटा मौसमको मज्जा लिन पाइन्छ । यहाँ विभिन्न समुदायका मानिसहरूका अतिरिक्त नेपाली मूलका मानिसहरूको पनि क़रीब ९०० भन्दा माथिको संख्यामा उल्लेख्य उपस्थिति रहेको छ । यस राज्यमा सर्वप्रथम पाइला टेक्ने नेपालीको रूपमा सन १९७० को दशकमा विद्यार्थीका हैसियतले श्री कुलचन्द्र गौतमको नाम लिइन्छ ।

 

सम्प्रति यस राज्यमा अमेरिकी  सरकारले  क़रीब १८०० जना भन्दा माथिको संख्यामा भूटानी मूलका नेपालीहरूलाई पुनर्वासको व्यवस्था गरि दिएको छ ।

 

यस राज्यमा नेपालीहरू कृषि, उद्योग, वाणिज्य, साना र मझौला व्यापार, शिक्षा, स्वास्थ्य , आई. टी मा  कार्यरत छन । यसका     अतिरिक्त  नेपाली समुदायको एउटा ठूलो हिस्साले अशक्त र अपांग मानिसहरूको सेवामा आधारित व्यवसायमा आँफूलाई समर्पित गरेको पाइन्छ ।

 

यो राज्यमा विविध समाज र समुदायका बीचमा एउटा विचित्रको एकता छ । अनेकतामा एकता खोज्ने मानिसहरूको कमी छैन यस राज्यमा । एकापसमा न्यानो भाईचारा र अति मज़बूत सम्बन्ध रहेको परिलक्षित हुन्छ । एन. आर. एन, किरात राई समाज, गुरूंग समाज, बुद्ध समाज, भूटानी समाज र Thank you, America समाज लगायत करिब ९ वटा जति नेपाली सामाजिक संघ- संस्थाहरु छन ।

 

उपर्युक्त संघ- संस्थाहरूको अगुवाई र तत्वावधानमा यस राज्यका नेपालीभाषी समुदायहरूले नेपाली सभ्यता, संस्कृति र परम्परालाई  जोगाउने, हुर्काउने, र विदेशमा रहेर पनि वर्षैभरि नानाथरिका कृयाकलापहरू गर्ने गरेको पाइन्छ । नेपाली नयाँवर्ष, दशैँ- तिहार, सरस्वती पूजा, लोह्सार , एलम्बर साँझ, बुद्ध जयन्ती, लक्ष्मी जयन्ती, भानु जयन्ती, Thank you, America आदि अनेकन कार्यक्रमहरू मानाउने गर्छन । यस्ता कार्यक्रमहरूमा नेपालीभाषी समुदायका अतिरिक्त स्थानीय अमेरिकी जनसमुदायका प्रतिनिधि एवं स्थानीय सरकारको पनि उपस्थिति हुने गर्दछ ।

 

उल्लेख्य गतिविधि :


यस राज्यका नेपाली समुदायले अन्तर्राष्ट्रीय नेपाली साहित्य समाजको आयोजनामा,  त्यहाँ भएका सम्पूर्ण संघ- संस्थाहरू मिली दोश्रो अनेसास अन्तर्राष्ट्रीय च्याप्टर सम्मेलनको आयोजना अत्यन्त सफलतापूर्वक सम्पन्न गर्न सफल भए । त्यसको उद्घाटन समारोहमा डेमोक्रेटिक दलका सिनेटरहरू र रिपब्लिकन दलका गभर्नरहरू एउटै मंचमा उपस्थित भई नेपाली भाषा- साहित्यको जय- जयकार गर्दै नेपाली आप्रवासीहरूको योगदानको उच्च मूल्यांकन गर्दै मुक्तकण्ठले प्रशंसा गरेको यो पंक्तिकारले पनि सुनेको थियो ।

 


स्मरण रहोस, उक्त सम्मेलनको सफल संयोजन श्री कृष्ण गिरीले अत्यन्त उत्साहपूर्वक र प्रेमिल ढंगले गर्नु भएको थियो । यो राज्यले  अमेरिकी राष्ट्रपति निर्वाचनमा अत्यन्त महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । यस राज्यलाई swing state को रूपमा लिईन्छ । यस  राज्यमा  नेपालीहरू  पनि क्रमश: अमेरिकाको मूलधारे राजनीतिमा    अग्रसर हुँदै गरेको परिलक्षित हुन्छ जुन अनुकरणीय र स्वागतयोग्य छ ।

 

अमेरिकामा आएर नेपालको फोहोरी राजनीतिमा संलग्न हुनुभन्दा यहीँको राजनीतिमा चासो देखाउनु उत्तम मानिन्छ । यस राज्यको नारा Live free or die रहेको छ । अमेरिकामा नेपालीहरूको इतिहास र जनजीवन  ६  छैटौं अध्याय  क्रमस…

(सहयोगी; श्री कृष्ण गिरी, हाल क्यालिफोर्निया)

पुराना अध्याय पढ्नका लागि तलको लिङ्क क्लिक गर्नु होला 

नेपालीहरूका लागि बसोबास योग्य  राज्य: पेन्सिल्भेनिया

सम्बन्धित समाचार

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result