Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एशियाली खेलकूद प्रतियोगिताः अनुभवले आउन सक्छ उपाधि

जेष्ठ १३, २०७५ ११:१६ मा प्रकाशित
Share on FacebookShare on Twitter

भीमदत्तनगर, १३ जेठ / तीन तौल समूहमा अनुभवी खेलाडीको टोलीलाई बन्द प्रशिक्षणमा राखेर १८ औंँ एशियाली खेलकूद प्रतियोगिताको पूर्वतयारीमा कुस्तीका मुख्य प्रशिक्षक खगेन्द्रबहादुर बस्नेत यतिखेर कञ्चनपुरको भीमदत्तनगरमा हुनुहुन्छ ।

प्रचण्ड गर्मीलाई बेवास्ता गर्दै कुस्तीका प्रशिक्षक राजेन्द्र चन्दसहितको प्रशिक्षकको टोली कुस्तीका तीन खेलाडीको प्रशिक्षणमा विस्फोटक रुपमा खटिएको छ । आगामी भदौ २ गतेदेखि इण्डोनेसियामा हुने प्रतियोगितामा नेपालबाट सहभागी हुने कुस्ती खेलाडी यहाँस्थित कभर्ड हल र पुरानो जिल्ला प्रशासन कार्यालयको भवनमा प्रशिक्षण लिइरहेका छन् ।

“चौथो दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साफ) देखि कुस्तीमा नेपालले पदकमाथि कब्जा जमाउँदै आएको छ”, कुस्तीका मुख्य प्रशिक्षक खगेन्द्रबहादुर बस्नेतले रासससित भन्नुभयो, “१२ आँैं साफसम्म कुस्तीले देशलाई मेडल दिलाएको छ ।” भदौमा हुने प्रतियोगितामा बलिया प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै खेलाडीले पदक ल्याउनेमा उहाँ आशावादी हुनुहुन्छ । “लगातारको साफको भिडन्त नै हाम्रो अनुभव खारिएको छ”, मुख्य प्रशिक्षक बस्नेतले भन्नुभयो, “अनुभवको प्रदर्शन नै हाम्रो मेडल ल्याउने प्रमुख आधार हो ।”

दक्षिण एशियाली खेलकूद प्रतियोगितामा तृतीय भएका कुस्तीका सबैभन्दा अनुभवी सरोज यादवदेखि नेपाल प्रहरीका भागवत शाह र प्रदेश नं ७ बाट छनोट भएका सुरेश चुनाराले एशियाली खेलकूदमा प्रतिस्पर्धा गर्नेछन् ।

यसअघि साफ खेलकूदसम्मको पदक अनुभवलाई थप स्तरीय बनाउँदै लैजाने रणनीतिका साथ कुस्ती खेलाडी बन्द प्रशिक्षणमा छन् । असारसम्म भीमदत्तनगरमा बन्द प्रशिक्षणपछि वैदेशिक प्रशिक्षणका लागि साउनमा बाह्य मुलुकमा खेलाडीलाई लग्ने तयारीसमेत गरिएको छ । एशियाली खेलकूदमा भागवत ५८ किलोग्राम तौल समूह, सरोज ६५ किलोग्राम र सुरेशले ७४ किलोग्राम तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । कञ्चनपुरमा यतिबेला कुस्तीसँगै पुरुष कबड्डी र पुरुष भलिबलको राष्ट्रिय टोली पनि एशियाली खेलकूदकै बन्द प्रशिक्षणमा छन् ।

केही सातायता कडा प्रशिक्षणमा जुटेका कबड्डी खेलाडीको खेलस्तर बढ्दै गएको कबड्डीका मुख्य प्रशिक्षक तारासिंह भाटको भनाइ छ । कबड्डीमा पनि नेपालले दक्षिण एशियाली खेलकूदसम्मको पदकको भागेदार भएको अनुभव छ । “साउथ एशियाली च्याम्पियनसिपमा दोस्रो स्थानसम्म पुगेको इतिहास छ ।” मुख्य प्रशिक्षक भाटले भन्नुभयो, “१२ औंँ साफमा मेडल छुन सकिएन ।” उहाँले महिला कबड्डी टोलीले भने भारतको गौहाटीमा भएको साफमा तेस्रो पदक ल्याएको बताउनुभयो ।

“एशियालीमा इरान, भारत, पास्तिान जस्ता बलिया टिमको समेत सहभागिता रहनेछ”, भाटले भन्नुभयो, “नेपाली टिमले उपाधि भित्र्याउन नसके पनि ठूलो अनुभव भने पक्कै बटुल्नेछ ।” उहाँले एशियाली खेलकूद प्रतियोगिताको अनुभव आगामी वर्ष नेपालमा हुने १३ औँं साफ खेलकूदमा उपाधि जित्न ठूलो आधार तय हुने बताउनुभयो । “स्तर त वृद्धि हुन्छ नै”, उहाँले भन्नुभयो, “अहिले हाम्रो टिमको पनि अन्तिम छनोट हुन बाँकी छ ।”

त्यसैगरी स्थानीय कभर्ड हलमा भलिबलको पुरुष राष्ट्रिय खेलाडीको टोलीलाई भलिबलका राष्ट्रिय प्रशिक्षक जगदीशप्रसाद भट्टले प्रशिक्षण दिइरहनुभएको छ । केही समययता नेपाली भलिबल टोलीले पनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सहभागी भएर वैदेशिक अनुभव बटुलेको प्रशिक्षक भट्टको भनाइ छ । “लगातार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतिस्पर्धामा हाम्रो उत्कृष्ट प्रदर्शन रहेको छ”, उहाँले भन्नुभयो, “टिमको कमजोरी बन्द प्रशिक्षणमा सुधार गर्दैै लगिरहेका छाँैं । एशियाली भलिबल प्रतिस्पर्धामा हामी १५ औंँ टिमभित्र छिर्ने योजनासहित प्रशिक्षणमा जुटेका छौँ ।” खेलाडीको फिजिकल लेबल पनि एकदमै राम्रो छ ।” उहाँले स्म्याच राम्रो भए पनि रिसिभमा देखिएको कमजोरी सुधारको बाटोमा रहेको बताउनुभयो ।

पुरुष भलिबल टोलीका कप्तान इम राना मगरले राम्रो व्यवस्थापनबीच बन्द प्रशिक्षण भइरहेको बताउनुभयो । उहाँले राष्ट्रिय टोलीका प्रायःसदस्य काठमाडौँमै बस्ने भएकाले यहाँको गर्मीमा घुलमिल हुन केही समय लागेको बताउँदै भन्नुभयो, “गर्मीले गर्दा खेलाडीमा केही अप्ठ्यारो महसुस भयो । अन्य व्यवस्थापन र प्रशिक्षण दु्रत गतिमा चलिरहेको छ ।”

एशियाली खेलकूद प्रतियोगितामा ४५ खेलमा प्रतिस्पर्धा हुने भए पनि नेपालले भने २८ खेलमा भाग लिनेछ । हाल सहभागी हुने खेलका खेलाडी मुलुकका विभिन्न स्थानमा बन्द प्रशिक्षणमा छन् । बक्सिङको राष्ट्रिय तोली प्रशिक्षणका लागि भीमदत्तनगर आउने निधो भइसके पनि अन्तिम समयमा आएर वैदेशिक प्रशिक्षणका लागि थाइल्याण्ड जाने भएको बक्सिङ ओलम्पियन डम्बरदत्त भट्टले जानकारी दिनुभयो । बन्द प्रशिक्षणमा रहेका खेलाडी तथा प्रशिक्षकको आवास तथा खानपिनको व्यवस्थापन राष्ट्रिय खेलकूद परिषद्ले गरेको छ ।रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

अन्टिएफ को साधारण सभा आज हुँदै
आप्रबास मामिला

अन्टिएफ को साधारण सभा आज हुँदै

Breaking News

क्रिकेट खेलाडीले पाए जनही १३ लाख
खेलकुद

क्रिकेट खेलाडीले पाए जनही १३ लाख

नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ पराजित
खेलकुद

खेलाडीलाई २ करोड ९७ लाख १० हजार पुरस्कार दिने सरकारको निर्णय

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result