Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सबै भन्दा धनी राज्यमा बस्ने नेपालीहरू

जेष्ठ १४, २०७७ ७:५० मा प्रकाशित
सबै भन्दा धनी राज्यमा बस्ने नेपालीहरू
Share on FacebookShare on Twitter

प्रा. डा. दुर्गा दाहाल

 

क्यालिफोर्निया ( California )

अमेरिकाका ५० वटै राज्यहरू सुन्दर छन । सबै राज्यहरूको आफ्नै  सौन्दर्य र विशेषताहरू छन । सबै राज्यहरूमा नेपालीहरू छन ततर क्यालिफोर्निया सबैभन्दा सुन्दरतम राज्यमा गनिन्छ । हावापानी, प्राकृतिक सुन्दरता, हलिउड, गोल्डन गेट, डिजनील्याण्ड, एपल इन्डस्ट्री, गुगल,फ़ेसबुक,  ब्लू जिन्स, फोरचुन कुकिज, बार्बी डोल्स लगायत  सबैभन्दा ठूलो पर्वत माउन्ट ह्वीट्नी (१४, ४९४ फीट अग्लो ) र सबैभन्दा होचो ठाऊँ डेथ भ्याली (सतहभन्दा  २८२ फ़ीट होचो ) र अन्य विविध कारण हरूले गर्दा साधारणतया मानिसहरू यो राज्य भने पछि हुरूक्कै हुन्छन र यहीँ घरद्वार बनाएर बस्न पाए हुन्थ्यो भन्ने लिप्सा राख्छन ।

यो राज्यको नाम रानी Califia को नामबाट राखिएको हो । The state takes its name from queen Califia, a character named in the book ‘ Las Sergas de esplandian’ written by Garci Rodriguez de montalvo’

स्याक्रामेन्टो

यो राज्यको राजधानी स्याक्रामेन्टो ( Sacramento ) हो  यद्यपि धेरै मानिसहरूले Los Angeles अथवा San Fransico हो भन्ने अनुमान लगाउँछन । Los Angeles र San Francisco पनि क्यालिफोर्नियाका सुन्दर सहरहरू हुन र त्यहाँपनि नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको छ तर यथार्थमा California को राजधानी Sacramento नै हो ।

Golden state

California मा सर्वप्रथम १८४८ मा सुनखानी भेटिएको थियो । The official state nickname ( the golden state ) was declared in 1968, stating the discovery of gold in 1848 and the fields of golden poppies seen in each spring.

People lived in California for thousands of years. In 1542, Juan Rodriguez Cabrillo, led the first European Expedition to what is now California.

यो राज्यको लोकप्रिय नृत्य ‘ West coast swing dance हो र गीत चैँ ‘ I love you, California हो, रचयिता F. B Silverwood हुन ।

Time zone

यो राज्य Pacific time zone मा पर्दछ । प्रशान्त महासागरको उपकुलमा अवस्थित यो राज्य अत्यन्त रमाईलो, मनमोहक र चित्ताकर्षक छ । स्मरण रहोस, अमेरिकामा चारवटा Timezones समयअंचलहरू छन । अमेरिकाको उत्तरीपूर्व  भागलाई East Coast ( पूर्वीय उपकुल ) र दक्षिणीपश्चिमी भागलाई पश्चिमी उपकुल ( West Coast ) भनिन्छ । East coast भन्नाले New York, New Jersey, Pennsylvania, Virginia, Maryland आदि उत्तरपूर्वका राज्यहरू पर्दछन भने West Coast भन्नाले दक्षिणीपश्चिमी राज्यहरू पर्दछन । California भन्दा Newyork तर्फका राज्यहरूको समय तीनघण्टा अगाडि छ र हामी क्यालिंफोर्नियनहरू तीनघण्टा पछि छौँ, यहाँ सूर्य तीनघण्टा पछि उदाउने र तीनघण्टा पछि अस्ताउने गर्छ । बीचका राज्यहरूसंग हाम्रो एक र दुईघण्टाको अन्तर छ । टेक्सास राज्यसंग हाम्रो समयको अन्तर दुईघण्टाको रहेको छ ।

उत्तरपूर्वमा आन्ध्र महासागर र दक्षिणपश्चिममा प्रशान्त महासागरले संयुक्त राज्य अमेरिकाको सुन्दरतालाई विशेषरूपले सिंगारेको छ । भूमिको हिसाबले यो राज्य अमेरिकाको तेश्रो ठूलो राज्यमा पर्दछ र सन 1850, Sept 09 देखि अमेरिकाको मानचित्रमा छ । यसअघि यो राज्य Mexico को अधीनमा थियो ।

विशेष गरि १९९० पछि यो राज्यले द्रूततर गतिमा छलांग मारेको हो । पछिल्लो समयमा आएर यो राज्यमा ठूलो कृषि र औद्योगिक क्रान्ति भएको छ । कृषि, तेल, पर्यटन, फिल्म र खासगरि १९४० पश्चात विज्ञान र प्रविधिको उच्च विकासले, जस्तै aerospace र electronics उद्योगले यो राज्यलाई सफलताको सिढी चढन अत्यन्त ठूलो मद्दत पुर्यायो ।

क्यालिफोर्नियाको सिलिकन भ्याली विश्वविख्यात छ । यसलाई बे- एरिया पनि भनिन्छ । यहीँबाट कम्प्यूटरशिक्षा र विज्ञानको प्रादुर्भाव भएको हो । यो एरियालाई Computer को HUB मानिन्छ र यहाँ धेरै नेपाली कम्प्यूटर विशेषज्ञहरू पनि छन ।

त्यसैगरि California मा नै Hollywood Entertainment Industry पनि अवस्थित छ । यो film industry,Disneyland, Universal Studios, Griffin Park र Getty Center अत्यन्त मनोरंजक र आकर्षक छन र Los Angeles मा अवस्थित छन । यी दुवै आकर्षक र विश्वविख्यात  सहरहरू California मा पर्दछन ।

San Francisco एउटा सानो तर सुन्दर पहाडी सहर हो । यो सहर Golden Gate Bridge, Alcatraz Island, Cable Car र अन्य कतिपय रोचक स्थान हरूका लागि प्रसिद्ध छ । यिनै ठाऊँहरूमा धेरै Bollywood movie हरूको pani छायांकन भएको छ ।

यो राज्यको जनसंख्या क़रीब ४० मिलियन रहेको छ ।

National Parks: 10

National forests : 18

State Parks and beaches: 278

यो राज्यको अर्थतंत्र अत्यन्त बलियो छ । क्यालिफोर्नियाको अर्थतन्त्र यति भिमकाय छ की ठूला अर्थतन्त्र भएका चीन, जापान र जर्मन पछि विश्व मै यो ठुलो अर्थतन्त्रमा गनिन्छ । अमेरिकाबाट क्यालिफोर्नियालाई बाहिर निकाल्ने हो भने विश्वको ५ औं ठुलो अर्थतन्त्र भएको राज्यमा दहरिने छ । यो राज्य अमेरिकाको अर्थतन्त्रको मेरुदण्ड हो ।  आकर्षक परिवेश , उन्नत शिक्षा पद्धति र सुलभ तथा सजिलो स्वास्थ्य सेवा भएकाले मानिसहरू प्रतिवर्ष यस राज्यमा बसाई सर्छन । तुलनात्मक रूपमा महँगो बसोबास भएता पनि मानिसहरू यहीँ जम्न र रम्न लालायित हुन्छन ।

यहाँ Diversity राम्रो छ । भेदभाव छैन । विभिन्न देश र समुदायबाट आएका मानिसहरू भएका हुनाले विविधतामा एकता छ । सबैले सबैको सम्मान गर्छन । अन्य राज्यहरूको तुलनामा यस राज्यका मानिसहरूको उमेर लामो रहँदै आएको छ ।

निकटवर्ती राज्यहरूमा ओरिगन ( Oregon ), एरिज़ोना ( Arizona ), र नेभेडा ( Nevada ) पर्दछन ।

यस राज्यका राज्यपाल ( Governor ) एक सफल नेतामध्ये पर्दछन । उनको नाम Gavin Newsome हो ।

– As of 2019, California ( popularly known as golden state ) is the most populous state in the U. S housing. Almost 40 million people live in here, ( more than Canada ) and it is a minority- majority state with 58% of its population is of Asia, Native America, Mexico and other countries.

यहाँका मुख्य सहरहरूमा सान- फ्रान्सिस्को, सन्निभेल, सान्तारोजा, डेभिस, वुडल्याण्ड, स्याक्रामेन्टो, सान्तारोजा, आर्टिसिया, लस एन्जलस, स्यान डियागो, स्यान होजे आदि पर्दछन ।

The state also boasts of some world-renowned educational institutes like Stanford University, University of California- Berkeley, -San Francisco, and -Los Angeles. Students all over the United States and the world wish to be enrolled in these wonderful universities but they are highly selective and expensive. Many of the world’s most famous personalities such as John F. Kennedy (former US president), Tiger Woods (Golf Legend), Jim Morrison (Singer), Kareem Abdul Jabbar (Basketball Star), Elon Musk (Tesla CEO), Steve Wozniak (iPhone inventor),  have attended some of these universities in California.

 नेपालीहरू

यस राज्यमा धेरै नेपालीहरू छन ।  टेक्सास र  न्यूयर्क पछि  धेरै नेपालीहरूको जनघनत्व  भएको यो तेश्रो राज्य हो । यहाँका कतिपय  नेपालीहरू धेरैवर्ष देखि बस्दै आएका छन । यस राज्यमा नेपालीहरूको पुरानै इतिहास छ र भर्खरै आएका नेपालीहरू पनि थपिँदै छन ।

यस राज्यमा सबै पेशाका नेपालीहरू छन । पद र मर्यादाका हिसाबले  अत्यन्त ठूलो जागीर देखि लिएर सानो जागीर सम्मको कुरा गर्न सकिन्छ । विश्वविद्यालका प्राध्यापकहरू, चिकित्सकहरू, ठूलो संख्यामा इन्जिनियरहरू , आई. टी प्रोफेसनल्सहरू, मानव संसाधन विशेषज्ञहरू

( Human resource specialists ),  वकीलहरू, नर्सहरू,   पब्लिक चार्टर्ड अकाउन्टेन्टहरू, शिंक्षकहरू,   रियल स्टेटका व्यवसायी र प्रतिनिधिहरू, आदि छन ।

गौरवको कुरा, University of San Francisco मा Dean को रूपमा वर्तमान Dr Shabnam Koirala- aazad  कार्यरत हुनुहुन्छ ।

She is the Dean, school of education, professor, International and multi- cultural education.

लेखकका अर्का प्रिय विद्यार्थी डा. टीका लम्साल पनि University of San Francisco मा Assistant Professor को रूपमा कार्यरत हुनुहुन्छ ।

Dr Lamsal teaches both undergraduate and graduate courses on rhetoric and composition, written communication, and cross – cultural communication.

यसै गरि क्यालिफोर्नियाका विभिन्न विश्वविद्यालयहरूमा निकै ठूलो संख्यामा नेपाली बुद्धिजीवीहरू कार्यरत हुनुहुन्छ । म केवल उहाँहरूको नाम र कार्यस्थलको नाम लेखिरहेको छु ।

माथि दुईका अतिरिक्त :

3)   Dean  Dr Jeet Joshee

Associate Vice President and Dean

California State University

Long Beach, Los Angeles

4)   Dr Tara Sigdel , Assistant Professor, Dept of Surgery

University of California, SFO

5) Dr Ishwari Pandey

Associate Professor of English

California State University, Northbridge

  1. Dr Santosh Khadka

Associate professor of English

California State University, Northgate

  1. Dr Amod Pokhrel

Lecturer at the school of public health

University of CA, Berkley

8.Dr Pratigya Sigdel

Associate professor of Management, California State University, Bakersfield

  1. Dr Shambhu Ghimire

Principal Investigator at Stanford PULSE Institute

10.Dr  Avidit Acharya

Assistant Professor of Political Science

Stanford University, CA

  1. Krishna Lamichhane

Lecturer of Physics

Diablo Valley college, CA

  1. Dr Sthaneshwar Timsina

Professor of Religion and Philosophy

San Diego State University, CA

  1. Deepak Simkhada

Adjunct Professor of Theology

Claremont University, CA

  1. Krishna Prasain

Lecturer of Physics, California State University, Bakersfield

  1. Dr Binod Nainabastee

Visiting Assistant Professor of Physics

  1. Dr Humnath Pant

Assistant Professor of Finance

Humboldt State University, CA

  1. Dr Mohan Dangee

Professor of Environmental Science and Engineering

California State University, Fresno

  1. Dr Anil Shrestha

Professor of weed science

California State University, Fresno

  1. Dr Anil Ghimire

Associate Professor of Medicine

University of California, Fresno

20.Dr  Gyanesh Lama

Associate Professor of Social Works Education

California State University, Fresno

  1. Mahendra Thapa

Lecturer of Physics

California State University, Chico

  1. Dr Suraj Timalsina

Associate Professor,UC Davis

  1. Cancer Scientist Dr Rajendra Pangeni

Monrovia, CA

अमेरिकाको California मा Medical Doctor हरूको संख्या पनि क़रीब दुई दर्जनभन्दा बढी छ । अर्को कुनै अध्यायमा छुट्टै चर्चा गर्नेछु ।

यस राज्यमा Engineers हरू त १००० भन्दा बढ़ी छन । निकै राम्रो तह र तप्कामा पुगेका Engineer हरू पनि छन । अर्को कुनै अध्यायमा छुट्टै चर्चा गर्नेछु ।

California मा नेपालीहरूको आगमन क़रीब 1968 भन्दा अघि देखि भएको अनुमान गरिएको छ । सर्वप्रथम क्यालिफोर्नियाको Davis city मा त्यही समयमा जानकी प्रधान र त्यसको एकवर्ष पछि  उहाँकी धर्मपत्नी विद्या प्रधान आएको अनुसन्धानमा भेटिएको छ । उहाँहरू दुवैले University of Davis मा काम गरेको अभिलेख प्राप्त भएको छ । त्यताका UC Davis मा  अनुसन्धानरत व्यक्तित्वहरुमा:

Dr Ganga Deo, Dr Ram Shah, Mr Ramawatar Shah, Dr Pravi Shrestha, Dr Hari Rajbhandary, Dr Peetambar Dahal हुनुहुन्थ्यो ।

त्यसै गरि Los Angeles मा अवतरण गर्ने पहिलो नेपाली Engineer Shambhu Kayastha हुनुहुन्थ्यो भने दोश्रो नेपाली समाजसेवी श्रद्धेय वेदोक्त जोशी हुनुहुन्छ । उहाँ पहिलो पटक 1968 को Sept 02 मा New York हुँदै अन्ततोगत्वा LA मा स्थायी रूपले अद्यपरिमित बस्नु हुन्छ । उहाँ अहिले पनि मानसिक र आवेगिक रूपले जवान हुनुहुन्छ । विभिन्न सामाजिक संघ- संस्था र साहित्यिक संस्थाहरूमा आवद्ध हुनुहुन्छ । उहाँ अन्तराष्ट्रीय नेपाली साहित्य समाज ( अनेसासको ) पनि आजीवन सदस्य हुनुहुन्छ ।

लस एन्जलसका  वर्तमान    सामाजिक  र साहित्यिक व्यक्तित्व हरूमा सर्वप्रथम ऋषि ढकालको नाम लिनु पर्ने हुन्छ । उहाँ वर्तमान यस राज्यको अवैतनिक महावाणिज्यदूत

( Honorary Consule General ) हुनुहुन्छ । सरल स्वभावका उहाँ अति मिलनसार र समाजसेवी हुनुहुन्छ । उहाँका अतिरिक्त Los Angeles का सामाजिक व्यक्तित्व हरूमा मुकुन्द ढुंगाना, प्रेम गुरागाईँ, भक्त थापा, इन्दिरा प्रसाईँ, डा. राजेन्द्र प्रसाद पंगेनी,  बलराम थापा ,  डन थापा, शान्तिराम ढकाल, प्रकाश न्यौपाने र संगीता लम्साल  सिवाकोटी, मनिता र गोपालको  नाम लिन सकिन्छ । यो लस एन्जलस दक्षिण क्यालिफोर्नियामा पर्दछ ।

सामाजिक संघ- संस्थाहरू:

यो राज्यमा विभिन्न किसिमका रंगी- विरंगी संस्थाहरु छन क़रीब ५१ भन्दा बढ़ी तर म कतिपय धर्म र राजनीतिभन्दा माथि रहेर काम गर्ने संस्थाहरूको नाम लिँदैछु ।

  1. NANC in San Francisco
  2. NAFCA in Sacramento
  3. Hami Nepali Global
  4. Sacramento Nepalese Community Center
  5. Pashupati Foundation, LA
  6. Nepal American Society, LA
  7. अमेरिका नेपाल एकता संघ, एल. ए
  8. SAN , San Diego
  9. सन्नी सगरमाथा समाज  सन्नीभेल,  अध्यक्ष सन्तोष गिरी
  10. Buddha Nepal Foundation (Founder President: Dr Kishore Sherchand )
  11. Sacramento Nepalese Lions Club ( Chartered President: Dr Durga Dahal
  12. अनेसास ( International Nepalese Literary Society ) Current President: Sarbagya Wagle
  1. विकल्प फ़ाउन्डेशन
  2. अमेरिका गोर्खा समाज
  3. Basudev Malati Foundation
  4. Many Nepalese Lions club in various cities
  5.  Motherland Nepal
  6. And many more

स्मरण रहोस, इँटहरी निवासी शिक्षाविद तथा समाजसेवी राजन थापा डिस्ट्रिक्ट गभर्नर हुँदै लायन्स क्लबमा एउटा सम्माजनक पदमा भएकाले र अमेरिका तथा क्यानाडामा रहेका नेपालीहरूको Loons Club हरूको प्रमुख भएकाले पनि यो संख्या ह्वात्तै बढन गएको हो । उहाँलाई very influential and chaismatic community leader को रूपमा अमेरिकीहरूले पनि चिन्दछन ।

स्याक्रामेन्टो, डेभिस, उडल्याण्ड , नटोमस र निकटवर्ती क्षेत्रहरूमा निकै नेपालीहरू बसोबास गर्छन । खासगरि दाहालहरू यहाँ धेरै छन । मादीका दाहालहरू शिक्षाविद मणि दाहाल, डा. पीताम्बर दाहाल, रेष्टुरा व्यवसायी दुर्गा दाहाल, नेपाली कांग्रेसकी नेतृ पियुस दाहाल, मेडिकल डा. सीता दाहाल, समाजसेवी हरिहर दाहाल र साहित्यकार तथा चिन्तक  प्राध्यापक डा. दुर्गा दाहाल मुलत मादी, संखुवासभाका दाहालहरू हुन । त्यसैगरि समाजसेवी सकुन्तला आचार्य दाहाल, गोमा दाहाल लगायत, सुमन प्रीति दाहाल र उहाहरूको आफन्त जनले गर्दा र बे- एरियाका ओखलढुंगे दाहाल तथा काभ्रेका दाहालहरूको उपस्थितिले गर्दा अमेरिकामा सर्वाधिक दाहालहरू भएको राज्यका रूपमा यस राज्यलाई लिईन्छ । यहाँ भएका Casino हरूमा अत्यधिक दाहाल र अन्यथरिका मानिसहरु कार्यरत छन ।

यसरी हेर्दा यो राज्यमा नेपाली Professionals हरूको पनि एउटा ठूलो संख्या क्रमशः विकसित र विस्तारित हुँदै गएको देखिन्छ । भविष्यमा गएर यो राज्यमा नेपालीहरूले अमेरिकाको मूलधारे राजनीति, अर्थनीति, समाजनीति र हरेक पहलूमा आफ्नो सम्मानजनक उपस्थिति देखाउन सक्छ भन्ने आशा र अपेक्षा गर्न सकिन्छ ।

Lon Angeles मा नेपालीहरू प्रशस्त छन । त्यहाँका नेपाली महिलाहरूले Beauty Parlor र Saloon को व्यापार गरेर निकै गतिलो आय- उपार्जन गरेका छन । पुरूषहरूले लघु उद्योग र व्यापार वाणिज्य गरेका छन । यो राज्यका कतिपय महिलाहरू आया, न्यानी र बेबी सिटिंगमा पनि आवद्ध छन ।

यो राज्यमा नेपालीहरू तीनै तहका सरकारी पदहरूमा पनि देखिन्छन । Federal, State र Local government का कार्यालयहरूमा पनि जस्तै DMV ( Driving and motor Vehicle), Post office अथवा Immigration Office हरू लगायत अन्य विविध कार्यालयहरूमा  पनि नेपालीहरूको सम्मानजनक उपस्थिति रहेको छ ।

ग्यास स्टेसन ( Petrol Pump ) आफै खोलेर अथवा भारतीय, पाकिस्तानी, बांलादेशी तथा अन्य समुदायका व्यापारीहरूकोमा काम गरेर जीवननिर्वाह गरेर पनि निकै ठूलो संख्यामा नेपालीहरू बसेका छन । होटल, मोटलको व्यवसाय संचालन गरेर अथवा कामदारका रूपमा नेपालीहरू देखिन्छन ।

कतिपय नेपालीहरू पुरोहित, पण्डित अथवा गुरूदेवका रूपमा पनि पूजित छन । कर्मकाण्ड अथवा पूजा- आजा गरेर पनि जीवन निर्वाह गरेको अथवा नेपालमा भएका परिवारलाई सहयोग प्रदान गरेको देखिन्छ । संगीतज्ञका रूपमा संगीत साधना गरेर, गीत- संगीत  सिकाएर , प्राकृतिक चिकित्सा केन्द्र खोलेर, ध्यान-योग केन्द्रहरू खोलेर, पुराना नेपाली सामानहरु अथवा माटाका मूर्तिहरू    बेचेर पनि कतिपय नेपालीहरू यहाँ पाईन्छन र यसरी नेपालीहरूको ठूलो संख्या यस राज्यमा रहेको छ ।

विद्यार्थीहरूको पनि निकै ठूलो संख्या छ यहाँ । धेरै नेपालीहरूले स्थायीरूपमा घरद्वार बनाएर बसेको हुनाले कतिपय विद्यार्थीहरूलाई अभिभावकबाट सहयोग पुगेको देखिन्छ । तर केवल पढन मात्रै भनेर आएका विद्यार्थीहरूले नियमित रूपले हप्ताको २० घण्टा काम गरेर पढ़ाई पुरा गर्नु असंभव भएता पनि निकै चुनौतीपूर्ण छ ।

यो राज्यमा भूटानी नेपालीहरूको त्यति धेरै उपस्थिति नदेखिएता पनि San diago र निकटवर्ती क्षेत्रहरूमा कतिपय परिवारहरू देखिन्छन ।

साथै पिजा डेलीभरी, ट्याक्सी चलाउने कार्य, ऊबर र लिफ़्ट ड्राईभिंगमा पनि नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको छ ।

यो  राज्यका  कतिपय नेपालीहरू यहाँका नामी Department store हरू जस्तै Walmart, CVS, Walgreens, Food Co, Safeway, Sprouts, Ross, Burlington Coat Factory, Win Co, FoodMaxx, र Whole foods जस्ता ठाऊँमा कार्यरत छन ।

यो राज्यमा धेरै Casino हरू पनि छन । यी Casino हरूमा निकै ठूलो संख्यामा नेपालीहरू कार्यरत छन । सबै Casino हरूमा गरि झण्डै ६०० भन्दा नेपालीहरूको जीवननिर्वाह भएको छ । Sacramento को क्यासिनो ( Casino ) मा मात्रै क़रीब २०० नेपालीहरू काम गर्छन विभिन्न पदहरूमा ।

संभवत दाहालवंशका धेरै नेपालीहरू भएको राज्य क्यालिफोर्नियानै हो । यहाँ जति धेरै दाहालहरू अन्य राज्यमा छैनन यद्यपि दाहालहरू अन्य राज्यहरूमा पनि पाईन्छन । सबैभन्दा पहिले यो राज्यमा आएका दाहालहरूमा डा. पीताम्बर दाहालको नाम आउँछ । उहाँ UC Davis मा आउनु भएको रहेछ । पेशाले उहाँ seed specialist हुनुहुन्छ । त्यसपछि दुर्गा दाहाल आउनु भएको रहेछ डेभिसमा । यहाँ आएर उहाँले सफलतापूर्वक restaurant business चलाउनु भएको इतिहास विद्यमान छ । त्यसपछि मादी, संखुवासभाका दाहालहरू यसतर्फ खनिएका रहेछन । अहिले त क़रीब —- घरहरू दाहालका मात्रै रहेका छन ।

यसरी California मा दाहालहरूका अतिरिक्त अन्य नेपालीहरूको संख्या वृद्धि हुँदै जानु र हरेक क्षेत्रमा सफलता हासिल गर्नु अत्यन्त खुशीको कुरा हो ।

California’s natural beauty is such that perhaps reminds the Nepalese of Nepal’s own beauty. That is probably why we are so drawn to this state. This natural beauty draws many of us outdoors in activities such as hiking, trekking, skiing, surfing, etc. California’s beauty, it’s diversity, carefree lifestyle, unlimited professional opportunities, and the increasing Nepalese community makes it a very attractive option for all of us from Nepal to consider and call it home.

( यो लेखमा निश्चित रूपले धेरै कुराहरू, धेरै व्यक्ति र संघ- संस्थाका  नामहरू छुटन गएका छन भन्ने कुरामा मलाई कुनै शंका छैन । म क्षमाप्रार्थी छु सबैसंग । अतएव, मलाई निम्नलिखित email र फ़ोन नम्बरहरूमा सम्पर्क गरि छुटेका कुराहरू, कृपया , टिपाई दिनु होला

Email: [email protected]

Cell: ( 916 ) 882 6091

Home: ( 916 ) 333 3260

सहयोगी: Dr Tika Lamsal, San Francisco

 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result