Thursday, July 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘अमेरिकामा नेपाली भाषा  पाठ्यक्रम ढाँचाको तयारी’

जेष्ठ २१, २०७७ ५:२३ मा प्रकाशित
‘अमेरिकामा नेपाली भाषा  पाठ्यक्रम ढाँचाको तयारी’
Share on FacebookShare on Twitter

मातृभूमी नेपालबाट बिभिन्न कारणले प्रवासमा रहन पुगेका नेपालीहरुलाई नेपालको भौगोलिक,  सांस्कृतिक, ऐतिहाँसिक जानकारीका साथै नेपाली भाषा र कला लगाएका बिषयमा जानकारी गराई नेपाली पहिचानलाई पुस्तान्तरण गराउनु हामीसवैको साझा दायित्व रहन जान्छ । धेरै पहिले देखिनै प्रवासमा रहेका नेपालीहरुको छाता संगठन गैर आवासीय नेपाली संघ,अमेरिकाले यस क्षेत्रमा सक्रियताका साथ काम गर्दै आएता पनि एकिकृत पाठ्यक्रमको ढाचाँ र नेपाली नैतिक ज्ञानदर्शन लगायतका पाठ्य सामग्रीको अभावलाई मध्यनजर गरेर एनआरएनए अमेरीकाले बिशेस कदम चालेको छ । जो  ज्यादै स्वगतयोग्य छ ।

 

भोज बहादुर बलायर

यहाँ जिज्ञासा उठ्न सक्छ, नेपाली भाषा र नैतिक शिक्षाको जानकारी गराउन किन पाठ्यक्रमको ढाँचा नै आवस्यक छ त ? यसको आवस्यकता मात्र हैन हामीलाई सख्त जरुरी रहन गएको अवस्था छ । यसको मुख्य कारण हामीसंग प्रवासमा मुख्यतया तीन किसिमका बालबलिकाहरु छन । पहिलो प्रवास मै जन्मेका, बुवा वा आमा मध्ये एक गैर नेपालीमूलका र जसको घरमा नेपाली भन्दा अंग्रेजी वा अन्य भाषा बोलिन्छ । दोस्रो किसिमका नेपाली मूलका बालबालिकाहरु जो  अमेरीकामा जन्मेका र घरमा नेपाली भाषा बोलिएता पनि वालबालिकासंग नेपाली भन्दा अंग्रेजमा कुरा गर्दा अविभावकहरु गर्व र खुसी हुन्छन र यी बालबालीकाले केही नेपाली शब्दावली उच्चारण गर्न सक्छन । तेस्रो किसिमका बालबालिकाहरु नेपालमा केही कक्षा पढेर अमेरीका अविभावकहरुसंग आएका वा नेपली परिवारमा हुर्की रहेका र परिवारले दैनिक नेपाली भाषा सिकाइ रहेका र घरमा पनि अनिवार्य रुपमा नेपाली भाषा र नेपाली नैतिक दर्शनलाई नियमका रुपमा अभ्यास गरि रहेका छन् ।

 

यी तीनै किसिमका बालबालिकाहरुलाई उमेर अनुसार कक्षागत शिक्षण गर्दा शिक्षकलाई ज्यादै कठिन हुने र बहुकक्षा शिक्षण गराउँदा ठुलो उमेर पुगेका बालबालिकाहरुले सानो भाईबहिनीसंग सिक्दा मनोबैज्ञानीक असर पर्न जाने हुदा धेरै वालबलिकाहरुले कक्षा छोड्ने र प्रगती गर्न नसक्ने देखिन्छ । यसबाट अविभावकहरुले पनि बच्चले यतिका बर्ष सम्म नेपाली भाषा पाठशालामा पढाउदा पनि प्रगती गरेन भन्ने गुनासाहरु गर्ने गरेको देखिन्छन । यसैले कम्तिमा पनि यी तीनै किसिमका सिकाइ भएका बालबालिकाहरुलाई आधार बनाएर पाठ्यक्रम बनाउन सक्यौं र त्यसैबाट निर्देशित पुस्तक तथा पाठशाला संचालन निर्देशिका तयारी, सहजकर्ता शिक्षकएवम् स्वयमसेवकलाई अनलाइन वा फेसटु फेसतालिम दिई परिचालन गर्नसकेको खण्डमा अमेरीका भरी नै नेपाली पाठशाला संचालनमा एकरुपता र गुणस्तर विकासमा टेवा पुग्ने देखिन्छ ।

 

हालको कोभिड-१९ को यस बिषम परिस्थितीमा त झनै पूर्बिय दर्शनको महत्व बढेको परिपेक्षमा अनलाईन र फेस टु फेस मोडबाट कसरी गुणात्मकम कक्षा संचालन गर्न सकिन्छ भन्ने सम्बन्धमा नेपाली भाषा र नैतिक शिक्षाको पाठ्यक्रम ढाँचा र पाठशाला संचालनको निर्देशिकाको तयारी जस्ता कामले महत्व बोकेको छ । यसको कार्य ढिलै भए पनि एनआरएनए, अमेरीकाको नेपाली पाठशाला टास्कफोर्स कमिटीले आफ्नो कार्यलाई द्रुत गतिमा अगाडि बढाउने लक्ष्य सहित कार्यको  थालनी गरेको छ । जसकालागि एनआरएनए अमेरीकाका अध्यक्ष सुनिल शाह, बरिष्ठ उपाध्यक्ष डा. अर्जुन बन्जाडे, महासचिव पशुपति पाण्डे, कोषाध्यक्ष नेत्र बन्धु पोखरेल लगाएतका पदाधिकारीहरुले टास्कफोर्स कमिटीका हरेक कामलाई प्राथमिकताका सहयोग गर्ने बचनबध्दता देखाएका छन ।

 

कोभिड-१९ को यस विषम परिस्थितिमा अमेरीका भरीका ५० ओटै राज्य र बिश्वका अन्य देशमा बस्ने नेपालीहरुलाई समेत सहयोग पुग्ने गरि भर्खरै पाठशाला टास्कफोर्स कमिटीका को-चियर भोज बलायरबाट लिखित तथा एनआरएनए, टेक्सास च्याप्टरबाट प्रकाशित आधारभुत तहको नैतिक ज्ञानदर्शन र नेपाली अक्षरमाला कितावले केही हदसम्म यस अभियानलाई सहयोग पुगाएको देखिएको छ । जो बिशुध्द सामाजिक सेवाको भावबाट गरिएको काम हो । सिमित संख्यामा प्रकाशित गरिएका स-साना आकारकायी पुस्तकलाई  प्रकाशन गर्ने एनआरएनए, टेक्सास च्याप्टरले पाठशाला संचालनका लागि केही प्रति निशुल्क रुपमा उपलब्ध गराउदै आएकोले यसका लागि टेक्सास च्याप्टरका अध्यक्ष राजेश अर्यालसँग सम्पर्क गर्न अनुरोधका साथै  छिट्टै एनआरएनएको वेवसाईटबाट समेत प्रकाशित गरिने छ ।एनआरएनए, अमेरीका र टेक्सास च्याप्टरले सुआत गरेको यो प्रशंसनिय कामले आगामि दिनमा थप सामग्रीहरुको तयारीलाई तदारुपकताका साथ अगाडि बढाउन झकझकाउने बिश्वस लिईएको छ ।

सम्बन्धित समाचार

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result