Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

ब्याडमिन्टनका दीपेश सर्वोत्कृष्ट

असार १७, २०७५ ३:५५ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, १७ असार / शहीद दशरथ चन्द मेमोरियल ट्रस्टले क्रिकेटर सन्दीप लामिछानेसहित आठ खेलाडीलाई दशरथ चन्द मेधावी खेलाडी प्रतिभा पुरस्कार प्रदान गरेको छ ।

शहीद दशरथ चन्दको ११६औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय खेलकूद परिषद् (राखेप), त्रिपुरेश्वर हातामा रहेको दशरथ रङ्गशालाको प्राङ्गणमा शहीद चन्दको शालिक रहेको स्थानमा आज आयोजित कार्यक्रममा सन्दीपसहित क्षेत्रगत रुपमा पाँच र पाराबाट दुई खेलाडीलाई नगद पुरस्कार प्रदान गरियो ।

शहीद दशरथ चन्द मेमोरियल ट्रस्टका संस्थापक अध्यक्ष कर्णबहादुर चन्दले २०७४ सालमा भएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडीलाई सम्मान गरिएको बताउनुभयो ।

सन्दीपलाई विशिष्ट मेधावी खेलाडीबाट पुरस्वृmत गरिएको हो । ‘ग्लोबल टी–२० क्यानाडा २०१८’ खेल्न क्यानाडामा रहेकोले सन्दीप कार्यक्रममा उपस्थिति हुन सकेनन् ।

यसैगरी, पूर्वाञ्चलबाट ब्याडमिन्टनकी जेसिका गुरुङ, पश्चिमाञ्चलबाट क्रिकेटका करण केसी, मध्यमाञ्चलबाट शारीरिक सुगठनकी ननिता महर्जन, मध्यपश्चिमाञ्चलबाट ह्यान्डबलकी कल्पना ओली र सुदूरपश्चिमाञ्चलबाट ब्याडमिन्टनका दीपेश धामी पुरस्कृत भए ।

यसैगरी, पारामा ह्विलचेयर क्रिकेटका हिमाल अर्याल र पारा तेक्वान्दोकी रञ्जना धामीलाई पनि पुरस्वृmत गरियो ।

ट्रस्टले २०६२ सालदेखि खेलाडीलाई पुरस्कृत गर्दै आएको छ । सम्मानित खेलाडीमध्ये दीपेशलाई सर्वश्रेष्ठ खेलाडी घोषित गरियो । उनलाई सम्मानपत्रका साथ रु पन्ध्र हजार एकले पुरस्कृत गरियो । अन्य खेलाडीलाई जनही रु दश हजार एक प्रदान गरिएको थियो ।

युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले खेलाडीलाई पुरस्कार प्रदान गर्नुभयो ।
सो कार्यक्रममा मन्त्री विश्वकर्माले खेलकूदको माध्यमद्वारा देशको इज्जत र प्रतिष्ठा राख्ने मेधावी खेलाडीलाई हरेक वर्ष दिइने उत्कृष्ट खेलाडी पुरस्कार शहीद दशरथ चन्दप्रतिको ठूलो सम्मान भएको बताउनुभयो ।

कार्यक्रममा आयोजक ट्रस्टले गोरखापत्रका खेल पत्रकार प्रजित शाक्यलाई पनि नगदसहित उत्कृष्ट खेल पत्रकारिताको पुरस्कार प्रदान गरेको छ । ट्रस्टले यस वर्षदेखि उत्कृष्ट लेख÷रचनाको मूल्यांकन गरेर उत्कृष्ट पत्रकारिता पुरस्कारको थालनी गरेको हो । पुरस्कार राशि रु पाँच हजार एक रहेको छ । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

अन्टिएफ को साधारण सभा आज हुँदै
आप्रबास मामिला

अन्टिएफ को साधारण सभा आज हुँदै

Breaking News

क्रिकेट खेलाडीले पाए जनही १३ लाख
खेलकुद

क्रिकेट खेलाडीले पाए जनही १३ लाख

नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ पराजित
खेलकुद

खेलाडीलाई २ करोड ९७ लाख १० हजार पुरस्कार दिने सरकारको निर्णय

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result