Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

राष्ट्रिय आर्चरीः पोखराकी केशरीलाई स्वर्णपदक

असार १९, २०७५ ४:१९ मा प्रकाशित
राष्ट्रिय आर्चरीः पोखराकी केशरीलाई स्वर्णपदक
Share on FacebookShare on Twitter

काठमाडौँ, १९ असार /लक्ष्मणकुमार श्रेष्ठ स्मृति पाँचौँ राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिताको महिला व्यक्तिगत रिकर्भमा कास्की आर्चरी क्लब पोखराकी केशरी आले मगरले आज स्वर्णपदक हात पारेकी छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा भएको अन्तिम खेलमा केशरीले राष्ट्रिय च्याम्पियन नेपाल आर्मीकी आइशा तामाङलाई ६–५ ले पराजित गर्दै स्वर्णपदक हात पारेकी हुन् ।

निर्धारित समयमा खेल ५–५ को बराबरीमा टुंगिएको थियो । त्यसपछि दुवैलाई १–१ तर्फ हान्न लगाइएकामा केशरीले अधिकतम १० अंक जोडिन् । आइशाले भने ९ अंक प्राप्त गरिन् । प्रतियोगतामा आर्मीकै ज्ञानु अवालेले तेस्रो भइन् ।

नेपाल आर्चरी संघद्वारा आयोजित प्रतियोगितामा पुरुष व्यक्तिगत रिकर्भमा आर्मीका रोशन नगरकोटी पहिलो भए । उनले फाइनलमा टे«डिसनल आर्चरी क्लबका लक्ष्मण पुनलाई ६–४ ले हराए । आर्मीकै प्रेम विक तेस्रो भए ।

पुरुष व्यक्तिगत स्ट्यान्डर्डमा आर्मीका नवीन गुरुङ पहिलो भए । उनले फाइनलमा ट्रेडिसनलका प्रेमकुमार भट्टचनलाई ७–३ ले पाखा लगाए । वेस्ट आर्चरीका नवीनवीर बस्नेत तेस्रो भए ।

सोहीे स्पर्धाको महिलामा अर्चना थापा मगरले फाइनलमा सेलिना गुरुङलाई ६–२ ले निराश पार्दै स्वर्ण जितिन् । शर्मिला गुरुङले काँस्य हात पारिन् । शीर्ष तीन स्थान हात पार्ने सबै अन्नपूर्ण आर्चरी क्लबका हुन् ।

पुरुष व्यक्तिगत कम्पाउन्डमा वेस्टका प्रजीत अग्रवाल च्याम्पीयन बने । उनले फाइनलमा राजधानी दैनिकका सनातन मल्लको चुनौती १३७–१३१ ले समाप्त पारे । स्वयम्भू रिक्रिएसन सेन्टरका रमेश भट्टचने तेस्रो बने ।

पुरुष स्ट्यान्डर्ड टिम इभेन्टमा वेस्ट पहिलो, अन्नपूर्ण दोस्रो र आर्मी तेस्रो भए । पुरुष रिकर्भ टिममा आर्मीले स्वर्ण, ट्रेडिसनलले रजत र कास्कीले काँस्य हात पारे ।

विजेतालाई प्रतिनिधिसभा सदस्य एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, आर्चरी संघका अध्यक्ष दीपककुमार गुरुङ, महासचिव रमेश शिवाकोटीलगायतले पुरस्कार प्रदान गर्नुभयो । दुईदिने उक्त प्रतियोगितामा ५५ खेलाडीले सात स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

नेपालमा पहिलो पटक राष्ट्रियस्तरको बागचाल
मौलिक खेलको प्रवद्र्धन गर्ने उदेश्यले नेपालमा पहिलो पटक राष्ट्रियस्तरको बाघचाल प्रतियोगिता हुने भएको छ ।

प्रगतिवादी युवा समाज नेपालको आयोजनामा आगामी साउन ११ र १२ गते काठमाडौँको बसुन्धारास्थित चन्द्रविन्दु स्कुलमा खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सातै प्रदेशबाट विभिन्न जिल्लाका स्कुल तथा कलेजका साथै व्यक्तिगत रुपमा पनि सहभागिता रहनेछ । उक्त प्रतियोगतामा करिब २५० जनासम्मको सहभागिता रहने अपेक्षा आयोजकको रहेको छ ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले रु पाँच हजार ५०० पाउनेछन् भने दोस्रो र तेस्रोले क्रमशः रु तीन हजार ५०० र रु दुई हजार ५०० का साथै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगितामा एउटा स्कुलबाट बढीमा छ जनाले सहभागिता जनाउन पाउने प्रावधान रहेको आयोजकले जनाएको छ । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

अन्टिएफ को साधारण सभा आज हुँदै
आप्रबास मामिला

अन्टिएफ को साधारण सभा आज हुँदै

Breaking News

क्रिकेट खेलाडीले पाए जनही १३ लाख
खेलकुद

क्रिकेट खेलाडीले पाए जनही १३ लाख

नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ पराजित
खेलकुद

खेलाडीलाई २ करोड ९७ लाख १० हजार पुरस्कार दिने सरकारको निर्णय

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result