काठमाडौं । एसिसी इमर्जिङ टिम्स एसिया कपको आजको खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग पराजित भएको छ।
नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३२।५ ओभर खेल्दै ६ विकेटको क्षतिमा १८१ रन बनाएर जित पक्का गरेको हो।
पाकिस्तानका लागि तैयव ताहिरले ६७ बलमा चौका र छक्का हान्दै ५१ रन बनाए। त्सस्तै कमरान गुलामले २६ बलमा ३१ रन जोडे।नेपालका लागि ललित राजवंशीले ३, पवन सर्राफले २ र कुशल मल्लले १ विकेट लिएका छन्।
टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३७ ओभरमा अलआउट हुँदै १७९ रनमा समेटिएको थियो। बलर सोमपाल कामीको एकल प्रदर्शनको भरमा पाकिस्तान ुएुविरुद्धको खेलमा नेपालले १७९ रन बनाउन सफल भएको थियो।
सोमपालले अर्धशतकीय पारीसहित ७५ रनको योगदान गर्दा नेपालले ३७ ओभर खेल्दै सबै विकेटको क्षतिमा पाकिस्तानलाई १८० रनको चुनौती दिएको थियो। नेपालले पहिले ब्याटिङ गर्दै कमजोर प्रदर्शन गरेको अवस्थामा सोमपालले स्कोर उकासेका थिए।
नेपाली ओपनरसहितका ब्याटरहरु फ्लप भएको खेलमा अन्तिम क्रममा आएर सोमपालले नेपालको इनिङ उकासे।
प्रतिक्रिया लेख्नुहोस्:-