काठमाडौं । १९औं एसियाली खेलकुद प्रतियोगिता सुरु हुने नयाँ मिति सार्वजनिक भएको छ। एसियाली ओलम्पिक काउन्सिल ९ओसीए०ले चीनको हाङजाउमा हुने एसियाली खेलकुदको नयाँ मिति सार्वजनिक गरेको हो।
ओसीएका अनुसार एसियाली खेलकुद अब २३ सेप्टेम्बर २०२३ देखि ८ अक्टोबर २०२३ सम्म सञ्चालन हुने भएको छ।
यसअघि १० सेप्टेम्बर २०२२ मा प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको थियो। तर कोभिडका कारण तयारी पूरा गर्न नपाउँदा नयाँ मिति प्रस्ताव गर्न समिति गठन गरिएको थियो।
समितिले सरोकारवाला पक्षसँग छलफल गरी नयाँ मिति प्रस्ताव गरेको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-