Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

ओलम्पिकका लागि महिला फूटबल छनोट तालिका सार्वजनिक

साउन १९, २०७५ २:०४ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, १९ साउन/ सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक खेलकूदअन्तर्गत महिला फूटबलको छनोट तालिका आज सार्वजनिक गरिएको छ ।

पहिलोपटक एसियाली टोलीको छनोट तालिका सार्वजनिक भएको हो । पहिलो चरणको छनोटमा नेपाल समूह ‘सी’ मा परेको छ । नेपालसँगै भारत, बंगलादेश र म्यानमार पनि समूह ‘सी’ मा रहेका छन् । नेपालले पहिलो खेल भारतसँग आगामी ८ नोभेम्बरमा खेल्नेछ । यस्तै ११ नोभेम्बरमा म्यानमार र १३ नोभेम्बरमा बंगलादेशसँग खेल्नेछ । खेलस्थान भने टुंगो लागेको छैन ।

एसियाको पहिलो चरणको छनोटमा नेपालसहित १८ देशले भाग लिएका छन् । उक्त खेलमा अठार देशलाई चार समूहमा विभाजन गरिएको छ । जहाँबाट समूह विजेता र उपविजेता गरी आठ र उत्कृष्ट हुने दुई गरी १२ टोली दोस्रो चरणमा पुग्नेछन् ।

यसअघि नै भियतनाम र उज्वेकिस्तान सिधै दोस्रो चरणमा पुगिसकेका छन् । बाह्र टोलीलाई तीन समूहमा विभाजन गरिनेछ । समूह विजेता तीन टोली तेस्रो चरणमा पुग्नेछन् ।

तेस्रो चरण पुगेका तीन टोली र सिधै तेस्रो चरण पुगेका पाँच टोली अस्ट्रेलिया, चीन, उत्तर कोरिया, दक्षिण कोरिया र थाइल्याण्ड गरी आठ टोलीको दुई समूहमा प्रतिस्पर्धा हुनेछ । उक्त चरणबाट समूह विजेता र उपविजेता गरी चार टोली अन्तिम चरणमा पुग्नेछन् ।

अन्तिम चरणमा चार टोलीबीच ‘होम एन्ड अवे’ का आधारमा प्रतिस्पर्धा हुनेछ र उत्कृष्ट दुई टोली टोकियो ओलम्पिकमा छनोट हुनेछन् ।

ओलम्पिकको महिला फूटबलमा एसियाबाट तीन वटा कोटा छ । जापान आयोजकको हैसियतमा छनोट भइसकेकाले बाँकी दुई स्थानको छनोट प्रतियोगिताबाट हुन लागेको हो । ओलम्पिकको महिला फूटबलमा विश्वभरबाट छनोट भएका १२ टोलीबीच प्रतिस्पर्धा हुनेछ । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

अन्टिएफ को साधारण सभा आज हुँदै
आप्रबास मामिला

अन्टिएफ को साधारण सभा आज हुँदै

Breaking News

क्रिकेट खेलाडीले पाए जनही १३ लाख
खेलकुद

क्रिकेट खेलाडीले पाए जनही १३ लाख

नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ पराजित
खेलकुद

खेलाडीलाई २ करोड ९७ लाख १० हजार पुरस्कार दिने सरकारको निर्णय

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result