काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् ।
उनले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो घोषणा गरेका हुन् । सन्न्यासको घोषणा गर्दै मल्लले राष्ट्रको आशा र सपनाको प्रतीक बनेर मैदानमा उत्रिँदा इमान्दारिताका साथ शतप्रतिशत दिने प्रयास गरेको भन्दै समग्रमा आफू निकै सन्तुष्ट रहेको बताए ।
स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरसम्म खेल्ने क्रममा क्रिकेटले जीवन, युद्ध संकल्प र एकताको शक्तिबारे अमूल्य पाठ सिकाएको उनले बताए ।






प्रतिक्रिया लेख्नुहोस्:-