काठमाडौं । मच्छिन्द्र क्लबले भुटानको पारो एफसीलाई ३–२ गोलले हराएको छ ।
दशरथ रंगशालामा मंगलबार साँझ भएको खेलमा भुटानले सुरुवाती अग्रता लिए पनि त्यसपछि मच्छिन्द्रले लगातार तीन गोल गरेको थियो । मच्छिन्द्रका विमल घर्तीमगर, आयुष घलान र अफिज ओलाडिपोले एक एक गोल गरे ।
खेलमा सुरुवाती अग्रता भुटानी क्लबले लिएको थियो । पारोका काजु होम्माले सातौं मिनेटमा अग्रता दिलाएका थिए । तर, विमलले १२औं मिनेटमा खेल बराबरीमा ल्याए । त्यसपछि आयुषले १५ र अफिजले ३८औं मिनेटमा गोल गरेका हुन् ।
पारोका इभान्स असान्तेले ७१औं मिनेटमा गोल फर्काउँदै टोलीको पुनरागमन प्रयास गरेका थिए । मच्छिन्द्रले दोस्रो चरणमा अब भारतको मोहन बगानसँग खेल्नेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-