काठमाडौं । प्रादेशिक क्रिकेट संघ बागमतीको अध्यक्षमा पारस खड्का निर्वाचित भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रहेका उनीशुक्रबार ललितपुरको धोबिघाटस्थित एक होटलमा भएको निर्वाचनमा २३ मतसहित विजयी भएका हुन्।
पारससँग चितवन जिल्ला क्रिकेट संघका प्रतिनिधि उमेश पियाले पनि अध्यक्षका लागि प्रतिस्पर्धा गरेका थिए।
बागमती प्रदेश अध्यक्षका लागि भएको निर्वाचनमा खसेको कूल ३७ मतमध्ये खड्काले २३ मत प्राप्त गरे।
प्रतिक्रिया लेख्नुहोस्:-