काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक रहेका अब्दुल्ला अलमुताइरीले पद त्याग गरेका छन्।
उनले आज सामाजिक सञ्जाल फेसबुकमा आफूले नेपाली फूटबल टोलीसँग ५६५ दिन काम गरेपछि मुख्य प्रशिक्षकको पद छाडेको उल्लेख गरेका हुन् ।
प्रशिक्षणका क्रममा हाँसो‚ खुशी‚ दुःख र पीडाका क्षणमा आफूलाई सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिएका छन्।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको कतार भ्रमणपछि अल(मुताइरीले राजीनामा दिएका हुन् । नेम्वाङले शनिबार कतार भ्रमण गर्दै कतार फुटबल संघका अध्यक्ष हमाद बिन खलिफा बिन अहमद अल–थानीसँग भेटवार्ता गरेका थिए।
प्रतिक्रिया लेख्नुहोस्:-