काठमाडौं । नेपाल यु–१९ साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई हराउँदै सेमिफाइनमा प्रवेश गरेको छ। सोमबार दशरथ रंगशालामा भएको खेलमा नेपालले विजय हात पारेको हो।
नेपालले पहिलो हाफमै २–० गोलको अग्रता लिएको थियो। नेपालका लागि प्रशान्त ल्कसमले १७औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। त्यसपछि समीर तामाङले ३० मिनेटमा नेपालको अग्रता दोब्बर पारेका थिए।
५८औं मिनेटमा माल्दिभ्सले एक गोल फर्काउँदै नतिजालाई २–१ बनाएको थियो। ८८औं मिनेटमा निराजन धामीले तेस्रो गोल गर्दा अतिरिक्त समयमा समीरले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई विजयी दिलाएका थिए। भारत–भुटानबीचको विजेतासँग नेपालले सेमिफाइनल खेल्नेछ।






प्रतिक्रिया लेख्नुहोस्:-