Thursday, July 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

गैरआवासीय नेपालीहरुलाई नेपालको विकास साझेदार हुन परराष्ट्र मन्त्री ज्ञवालीको आव्हान

अशोज १५, २०७५ ६:२८ मा प्रकाशित
प्रवासी नेपालीलाई दिइने नागरिकतामा राजनैतिक बाहेकका अधिकारहरू प्रदान गरिन्छ : परराष्ट्र मन्त्री ज्ञवाली
Share on FacebookShare on Twitter

ह्युस्टन, टेक्सस , अक्टुवर १/ नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले नेपालको विकासमा प्रवासी नेपालीहरुलाई नेपाल मन र नेपालीपनका साथ नेपालको विकास साझेदार हुन आव्हान गरेका छन्। संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन अमेरिका आएका मन्त्री ज्ञवालीले अमेरिकाको विभिन्न शहरमा रहेका नेपाली समुदायसंग भेटघाट गर्ने क्रममा अमेरिकी राज्य टेक्ससको दक्षिणी शहर ह्युस्टनमा हिजो आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी हुँदै उक्त कुरा भनेका हुन्। 

नेपालको वर्तमान राजनीतिक अवस्था र सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियानका बारेमा समेत नेपाली समुदायलाई जानकारी गराएका मन्त्री ज्ञवालीले भने-” देश विकास गर्न हामीले पक्ष-प्रतिपक्ष भन्ने होइन, निषेधको राजनीतिले हामीलाई कहीं पुय्राउँदैन।” उनले अझै जोड दिएर भने-एकले अर्कालाई दोष देखाएर हामीले समृद्धिको चाहना पुरा गर्न सक्दैनौ। सधैं समस्या मात्र खोज्ने काम हैन, आत्मविश्वासका साथ देश विकासका उपाए र समस्या समाधानको प्रयत्न गरौँ। 

सामाजिक संजाल र मिडियामा नकारात्मकताले अलि बढी प्राथमिकता पाएकोमा पनि मन्त्री ज्ञवालीको गुनासो थियो। प्रवासमा ज्ञान, सीप र अनुभव हासिल गरेका नेपालीहरुले नेपालको राम्रो छवि बनाउन मद्दत गर्नु पर्नेमा उनको जोड् थियो। उनले नेपाली समुदायलाई भने-समाजमा भैरहेका एकाध खराब र अपराधिक घटनालाई ‘प्रोजेक्ट’ गरेर सबै खत्तम भयो र सरकार नै दण्डहिनता प्रोत्साहन गर्न लाग्यो भन्यौं भने सरकारले शुरु गरिरहेका राम्रा कामहरु पनि ओझेलमा पर्छन्। दशबर्षे माओवादी विद्रोह, २०६२-०६३ को जनआन्दोलन, २०७२ सालको महाभूकम्प र लगत्तैको नाकाबन्दीले थिलथिलो भएको नेपालको आर्थिक अवस्था बल्ल सुधारको चरणमा पुगेको छ। राजनीतिक र आर्थिक संक्रमण पार गरेर बल्ल स्थायित्व पाउने अवस्थामा छ नेपाल। 

‘सरकार अब जनचाहना अनुसार नै समृद्ध नेपाल अभियानमा छ। सरकार बनेको छ महिनामा नै ठूलो उपलब्धि खोज्यौं भने त केही पाइन्न, केही भएको देखिन्न नै। तर सरकार योजनाबद्ध विकास र भ्रष्टाचार बिरुद्ध शून्य सहनशीलता अपनाएर काम गर्न प्रतिबद्ध छ। केही समय पछि सरकारका राम्रा कामहरुको नतिजा देखिन थाल्ने छ, मन्त्री ज्ञवालीको प्रष्टोक्ति थियो। 

मन्त्री ज्ञवालीले नेपाली समुदायलाई सम्वोधन गर्दै भने- हाम्रो संविधान जनताका अधिकार, समावेशी र सामाजिक न्यायको सिद्धान्तको हिसाबले विश्वमा नै नमूनाको रूपमा रहेको छ । संविधानमा भएका उत्कृष्ट व्यवस्थालाई बेवास्ता गरेरे नकारात्मक कुराहरु मात्र उठान गर्न थाल्यौं भने हामीलाई द्वन्द्ध र ध्वंस तिर मात्र लैजान्छ। अझैपनि समावेसी र जनअधिकारका केही विषयहरु संशोधन आवश्यक भए सो समेत गर्न सरकार पछि नपर्ने जानकारी मन्त्री ज्ञवालीले नेपाली समुदायलाई गराए। 

‘नेपालीहरु वि़श्वभर जहाँ रहेपनि नेपाली मन र नेपालीपनका साथ रहन चाहने हुन्छन्। नेपालमा भूकम्प जाँदा होस् वा भारतीय नाकाबन्दीका बखत होस् संसारभरका नेपालीको मन दुखेको छ, सहयोग भएको छ’, मन्त्री ज्ञवालीले मन्तव्यका क्रममा भने। अमेरिकाबाट विविध कारणले फर्कन नसके पनि आर्जन गरेको सीप तथा साधनलाई नेपालको विकास र समृद्धिका लागि प्रयोग गर्न पनि मन्त्री ज्ञवालीले आव्हान गरेका छन् ।  

मन्त्री ज्ञवालीले प्रवासी नेपालीहरुको चासोको रूपमा रहेको गैरआवासीय नेपाली नागरिकताका विषयमा उठेका प्रश्नहरुलाई समेत सम्वोधन गरेका थिए। हाल संसदमा बिचारधीन रहेको  नेपाली नागरिकता सम्बन्धी विधेयकमा राजनैतिक अधिकार बाहेकका अन्य अधिकारहरू नेपाली नागरिक सरह हुने गरी गैरआवासीय नेपालीहरुलाई नागरिकता दिने कानूनी व्यवस्था गरिने भन्दै मन्त्री ज्ञवालीले नेपाली समुदायलाई अास्वस्थ पारे। 

यस अतिरिक्त नेपालको विकासका लागि अमेरिका, क्यानडा तथा यूरोपियन मुलुकहरुमा रहेका विशेषज्ञ र लगानीको लागि सक्षम नेपालीहरुको सूचि बनाउने तर्फ सरकारले कार्य अघि बढाइसकेको पनि मन्त्री ज्ञवालीले ह्युस्टनका नेपालीहरुलाई जानकारी गराए। नेपालको विकासका लागि प्रवासी नेपालीहरूले हातेमालो गर्नु पर्छ भनेरै परराष्ट्र मन्त्रालयले एनआरएनएसंगको सहआयोजनामा यही अक्टुवर महिनाको दोश्रो साता काठमाण्डौंमा विज्ञ सम्मेलनको आयोजना गरेको समेत परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी गराए। 

नेपाललाई हिन्दुराष्ट्र बनाउन र धार्मिक पर्यटन विकास गर्न, संघीयता हटाउन समेत केही सहभागीहरुले सुझाव राखेका थिए। अन्तरक्रियामा सहभागी नेपाली समुदाय तथा पत्रकारहरुका प्रश्न र जिज्ञासाको पनि शालीनतापूर्वक जवाफ दिएका मन्त्री ज्ञवालीले प्रवासमा नेपालीहरुले नेपालको राजनीतिक पार्टीको राजनीति गर्ने होइन, नेपालीहरुको मजबुत एकता देखाउनु पर्ने सुझाव दिए। यस सन्दर्भमा ह्युस्टनका नेपाली समुदायमा रहेको बलियो एकता र सद्भावबाट आफू निकै प्रभावित भएको भन्दै यहाँका नेपालीहरुले गरेको स्वागत र दर्शाएको प्रेमलाई समेटेर नेपालसम्मै लैजाने जनाए। 

ह्युस्टनका नेपाली समुदायका तर्फबाट यहाँस्थित सबै संस्थाहरु नेप्लिज एशोसियसन अफ ह्युस्टन ((एनएएच), गुल्मी समाज, नेप्लिज हेरिटेज यूनियन (एनएचयू), र क्रिएटिभ नेप्लिज सोसाईटी (सिएनएस), अन्तराष्ट्रिय साहित्य समाज ह्युस्टन च्याप्टर र एनआरएनए टेक्सस च्याप्टरको संयुक्त आयोजनामा आशियाना रेष्टुरेण्टमा भएको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बृहत्तर ह्युस्टनमा बस्ने सयौं नेपालीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

गुल्मी समाजका अध्यक्ष भिष्म मरासिनीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन गुल्मी समाजका सचिव लक्ष्मण भण्डारीले गरेका थिए। नेपाली समुदायसंग अन्तरक्रियाका लागि उपस्थित परराष्ट्र मन्त्री ज्ञवालीलाई समुदायका तर्फबाट स्वागत गर्दै एनआरएनए टेक्सस च्याप्टरका उपाध्यक्ष द्रोण गौतमले नेपाली समुदायको बाक्लो बसोबास रहेका अमेरिकी शहरहरुमा नेपाली दूताबासको सम्पर्क कार्यालय स्थापना गर्ने तर्फ ध्यान दिन परराष्ट्रमन्त्री समक्ष माग समेत गरे। नेपाली दूतावास स्रोतले त्यस्ता कार्यालय स्थापना हुन नसके नियमित घुम्ति सेवा संचालन गर्न दूतावासलाई निर्देशन दिन पनि गौतमले मन्त्री ज्ञवालीलाई अनुरोध गरे।  

आयोजक मध्येका एक एनएएचका सचिव विष्णु नेपालले नेपाली समुदायले ह्युस्टनको पशुपतिनाथ मन्दिरका लागि पशुपति विकास कोषमार्फत गजूर उपलब्ध गराउन सहयोग गर्न परराष्ट्र मन्त्री ज्ञवालीलाई अनुरोध गरे। यसैगरी एनएचयुका अध्यक्ष डा. चण्डी भण्डारीले नेपालबाट हुने ब्रेनड्रेनको समस्या कम गर्ने तर्फ नेपाल सरकारको ध्यान जानुपर्ने बताए भने सीएनएसका अध्यक्ष गंगा शर्माले गैरआवासीय नेपालीहरुलाई दिइने भनेको गैरआवासीय नेपाली नागरिकता सहजरुपमा वितरण होस् र नेपालको विकासका लागि प्रवासी नेपालीहरुको लगानी आमन्त्रण गरियोस् भन्ने मन्त्री ज्ञवालीलाई सुझाव दिए। 

अन्तरक्रियामा सहभागी  बरिष्ठ पत्रकार तारा बराल लगाएत धेरैजना सहभागीहरुले मन्त्री ज्ञवालीलाई प्रवासी नेपालीहरुको चासोलाई समेट्ने थुप्रै प्रश्नहरु राखेका थिए। नेपालमा भैरहेको दण्डहिनता र जनताका आधारभूत सेवामा भैरहेको लथालिंग पाराले दुई तिहाई बहुमतको सरकारको सकारात्मक छवि बन्न नसकेको गुनासो मन्त्री समक्ष राखिएको थियो। कार्यक्रममा डालासको नेपाली समुदायबाट समेत ओएनएफ, केन्द्रीय सल्लाहकार समितिको सचिव कमल ओझा तथा टेक्सस राज्य कमिटी अध्यक्ष मणि भज्ण्डारीको उपस्थिति रहेको थियो।    

कार्यक्रम गुल्मी समाज र क्रियटिभ नेप्लिज सोसाइटीका तर्फबाट परराष्ट्र मन्त्री ज्ञवालीलाई सम्मानपत्र तथा मायाको चिनो समेत प्रदान गरिएको थियो।

 

सम्बन्धित समाचार

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result