अमेरिका, ९ अक्टोबर/ गाडीको ठक्करबाट घाइते भई सान्तारोजा हस्पिटल क्यालिफोर्नियामा उपचारको क्रममा मृत्यु भएका आर्यन कार्कीको दाहसंस्कार आज अनाहीममा हुन् लागेको छ । एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष रामबाबु पाण्डेले आज अक्टोबर ९, २०१८ दिउसो १२ बजे गरिने दाहसंस्कारमा उपस्थित हुनको लागि साउदर्न क्यालिफोर्निया निवासी सबैलाई अनुरोध गरेका छन् ।
कार्कीलाई अगस्ट ५, २०१७ शनिवार बेलुका १० बजे तिर सान्तारोजाको मेंडूनियो एभिन्युमा पैदल हिँडिरहेको समयमा गाडीले ठक्कर दिएको थियो । ठक्करले गाडीको सिसामा ठोक्किन पुगी लडेको अवस्थामा चालक केन्ट ग्रिनले गाडी रोकी सहयोग गरेको र धेरै व्यक्तिले ९११ मा फोन गरी जानकारी गराएपश्चात् गम्भीर अवस्थामा शान्ता रोजा हस्पिटलमा उपचारको लागि लागिएको थियो ।
दाहसंस्कार गरिने स्थानको ठेगाना
1835 S Lewis St,Anaheim, CA 92805
फोटो श्रोत: रामबाबु पाण्डे






प्रतिक्रिया लेख्नुहोस्:-