अमेरिका , १३ अक्टुबर / प्रवासमा रहेका नेपालीहरुको स्थापना दिवसको रुपमा लिइने ‘एनआरएनए डे’लाई गैरआवासीय नेपाली संघले एउटा पर्व कै रुपमा मनाउँदै आएको छ। यसै क्रममा हिजो लस एन्जल्समा पनि एनआरएनए क्यालिफोर्निया च्याप्टरले एक समारोहको आयोजना गरेर ‘एनआरएनए डे’ मनाएको छ l
गैर आवासीय नेपाली संघले एनआरएन ‘डे’ को अवसरमा अक्टोबर ५ देखि १४ सम्म विभिन्न कार्यक्रम गरि एक हप्ते कार्यक्रम गर्ने योजना बमोजिम क्यालिफोर्निया च्याप्टरले पनि अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको च्याप्टर सभापति रामबाबु पाण्डेले बताए ।अमेरिकामा न्युयोर्क, टेक्सस लगाएतका स्टेट च्याप्टरहरुले पनि बिबिध कार्यक्रम सहित एनआरएन ‘डे’ मनाएको समाचार छ।
लस एन्जलस तथा क्यालिफोर्नियाको स्थानीय नेपाली समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत ऋषि ढकाल, नेपाल अमेरिका पत्रकारसंघका अध्यक्ष सुदिप पन्त लगाएतका सामाजिक अगुवाहरुको समेत उपस्थिति रहेको आयोजकहरुले जनाएका छन् ।









तस्वीर: शंकर वाग्ले एवं सुदिप पन्त तथा ऋषि ढकालको फेसबुकबाट







प्रतिक्रिया लेख्नुहोस्:-