अमेरिका अक्टुवर १६/अमेरिकी लट्री इतिहास कै तेश्रो ठूलो पुरस्कार राशीको मेगा-मिलियन चिठ्ठा सेन्ट्रल स्ट्याण्डर्ड समय अनुसार अबको केही मिनेटमा खुल्दैछ। मेगा मिलियन लट्रीको हकमा शुरु भएयताकै सबभन्दा ठूलो ६६७ मिलियन डलर बराबरको ज्याकपट कसैलाई पय्रो भने एकमुष्ट रकम लिंदा ३८० मिलियन डलर हात लाग्ने छ। वासिंगटन डिसी, भर्जिन आइल्याण्ड र ४६ वटा अमेरिकी राज्यहरुमा पावरबल र मेगानिलियन जस्ता मल्टि-मिलियन डलर पुरस्कार राशीका लट्री बैधानिक रुपले संचालन हुने गरेको छ। अलाबामा, अलास्का, हवाई, मिसिसिपी, नेवाडा र यूटहा बाहेक सबै राज्यमा आज मेगामिलियन चिठ्ठा किन्नेहरुको भीड नै लागेको छ।
अमेरिकी-नेपालीहरुबीच पनि आज मेगामिलियन चिठ्ठा किनेको सूचना सामाजिक संजाल भरी देखिएका छन्। कतिपय नेपालीहरुले चिठ्ठा किन्न अरुलाई पनि सुझाव दिइरहेको पाइन्छ। एनआरएनए अमेरिकाका प्रवक्ता विनोद तिवारीले त उनलाई ज्याकपट पय्रो भने नेपाल नै ठेक्का लिएर अमेरिका जस्तै बनाईदिने फेसबुक घोषणा समेत गर्न भ्याएका छन्।
आज मेगामिलियन चिठ्ठा किन्नेहरुको घुईंचो प्राय सबै जसो रिटेल स्टोरहरुमा देखिन्थ्यो। आज कसैलाई ज्याकपट परेन भने आगामी शुक्रवार ज्याकपट भ्याल्यू करीब ८७० मिलियन डलर पुग्ने बताइन्छ।









प्रतिक्रिया लेख्नुहोस्:-