काठमाडौं । गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ।
पोखरामा बिहीबार सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३७१ पदक जित्दै आर्मी तालिकाको शीर्ष स्थानमा रहेको हो। यससँगै आर्मी टिम च्याम्पियन बनेको छ। आर्मी यसअघि सातौँ र आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा लगातार च्याम्पियन बनेको थियो।
नवौँ खेलकुदमा आर्मीले १ सय ७२ स्वर्ण, ११० रजत र ८९ कास्य पदक जितेको छ।
च्याम्पियन बनेसँगै आर्मीले च्याम्पियन्स रनिङ ट्रफी जित्न सफल भएको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यो संस्करणदेखि च्याम्पियन ट्रफी दिन सुरु गरेको हो। लगातार ३ पटक राष्ट्रिय च्याम्पियन बन्न सकेमा विजयी टोलीले स्थायी रुपमा ट्रफी राख्न पाउनेछ।
प्रतिक्रिया लेख्नुहोस्:-