Wednesday, May 6, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

टी–२० विश्वकपमा पाकिस्तानमाथि भारतको सानदार जित

कार्तिक ६, २०७९ ७:३३ मा प्रकाशित
टी–२० विश्वकपमा पाकिस्तानमाथि भारतको सानदार जित
Share on FacebookShare on Twitter

 

काठमाडौं । आईसीसी पुरूष टी–२० विश्वकप खेलमा भारतले पाकिस्तानलाई ४ विकेटको पराजित गरेको छ ।

विराट कोहलीको उत्कृष्ट ब्याटिङको मद्दतमा भारतले हारको मुखबाट जित निकाले हो । पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले ६ विकेट गुमाएर अन्तिम बलमा पुरा गर्यो ।

अन्तिम ओभरमा भारतलाई जितका लागि १६ रन आवश्यक थियो । मोहम्मद नवाजले पहिलो तीन बलमा एक विकेट लिँदै ३ रन मात्र दिएका थिए । तर, अन्तिम तीन बलमा उनले आफ्नो लय गुमाउन पुगे । चौंथो बलमा नोबलसहित छक्का हुनु नै म्याचको टर्निङ प्वाइन्ट रह्यो ।

भारतलाई जिताउन विराट कोहलीले आफ्नो जीवनकै एक उत्कृष्ट इनिङ खेले । एक समय निकै कठिन अवस्थामा रहेको भारतलाई उनले अविश्वसनीय तरिकाले खेलमा फर्काएका थिए । हार्दिक पाण्ड्यासँग उनले गरेको साझेदारी म्याचको निर्णायक बन्यो ।

विराटले ५३ बलमा ६ चौका र ४ छक्कासहित ८२ रन बनाउँदै अविजित रहे । सुरुमा उनले निकै सुस्त ब्याटिङ गरेका थिए । २४ बलसम्म एउटा पनि बाउन्ड्री लगाउन नसकेका १५ रन मात्र जोडेका थिए ।

त्यसपछिका २९ बलमा उनले ६७ रन थपे । उनको इनिङले निश्चित जितको बाटोमा रहेको पाकिस्तान अन्त्यमा आइपुग्दा स्तब्ध बन्यो ।

विराटलाई साथ दिँदै हार्दिक पाण्ड्याले ४० रन बनाए । विराट र हार्दिकबीच ११३ रनको उत्कृष्ट साझेदारी भएको थियो । त्यसअघि भारत ६।१ ओभरमा ४ विकेट गुमाएर ३१ रनको कमजोर अवस्थामा थियो ।

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

अन्टिएफ को साधारण सभा आज हुँदै
आप्रबास मामिला

अन्टिएफ को साधारण सभा आज हुँदै

Breaking News

क्रिकेट खेलाडीले पाए जनही १३ लाख
खेलकुद

क्रिकेट खेलाडीले पाए जनही १३ लाख

नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ पराजित
खेलकुद

खेलाडीलाई २ करोड ९७ लाख १० हजार पुरस्कार दिने सरकारको निर्णय

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result