काठमाडौं । बंगलादेशको ढाकामा जारी यु–१५ महिला साफ च्याम्पियनसिपमा नेपालले आयोजक बंगलादेशलाई १–० ले पराजित गर्दै दोस्रो जित निकालेको छ।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा नेपालले खेल सकिन ३ मिनेट बाँकी रहँदा गोलको खाता खोलेको थियो।
नेपालका लागि जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी वर्षा ओलीले ८७ औँ मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो । यसअघि पहिलो खेलमा नेपालले भुटानलाई ७–० ले पराजित गरेको थियो।
जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। नेपालको दुई खेलबाट ६ अंक हुँदा बंगलादेशको तीन अंक रहेको छ। प्रतियोगितामा नेपाल, बंगलादेश र भुटान सहभागी छन्।





प्रतिक्रिया लेख्नुहोस्:-