vकाठमाडौं । एक दिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि भारतले अस्ट्रेलियालाई २४१ रनको चुनौती दिएको छ।
भारतको गुजरातस्थित नरेन्द्र मोदी स्टेडियममा टस जितेर अस्ट्रेलियाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ थालेको भारतले पूरै ५० ओभरमा पूरै विकेट गुमाउँदै २४० रन बनाएको हो।
भारतका लागि विराट कोहली र केएल राहुलले अर्धसतक पूरा गर्दा कप्तान रोहित शर्मा ४७ रनमा आउट भए। रोहितले ३१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। विराटले ६३ बलमा चार चौकाको मद्दतमा ५४ रन जोडे। जारी विश्वकपमा उनको यो छैटौं अर्धसतक हो। उनले तीन सतक प्रहार गरे।
यो विश्वकपमा विराटले सर्वाधिक रन जोडेका छन्। उनले ११ खेलमा ७६५ रन जोडेका हुन्।
प्रतिक्रिया लेख्नुहोस्:-