अमेरिका, २६ अप्रिल / २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि अमेरिकामा गैरकानुनीरुपमा बस्दै आएका नेपालीलाई प्रदान गरिएको टेम्प्रोररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा जुन २४, २०१९ मा सकिने भएको छ। नेपालमा गएको भूकम्प पश्चात् पुन:निर्माणको कार्य सन्तोषजनक भएको हुँदा नेपालीलाई प्रदान गरिएको टिपीएस सुविधा खारेज गरिएको होमल्याण्ड सेकुरिटीको सचिव क्रिस्टिन नेल्सेनद्वारा जारीगरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सुरुमा यो सुविधा लिने नेपालीहरूको सङ्ख्या १५ हजार रहेपनि पछिल्लो समय यो सुविधामा रहने नेपालीहरू करिब ९ हजार रहेको थियो । अब टिपीएस सुविधा लिएर बसेकाहरुले तोकेको समय भित्र बैकल्पिक कानुनी आधार खोज्नुपर्ने वा अमेरिका छोड्नुपर्ने हुन्छ ।






प्रतिक्रिया लेख्नुहोस्:-