Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

शंकराचार्य सरस्वतीलाई पशुपतिमा अभिनन्दन

बैशाख ३१, २०७५ ३:०९ मा प्रकाशित
शंकराचार्य सरस्वतीलाई पशुपतिमा अभिनन्दन

z+s/frfo{–cfzLj{rg k|bfg huGgfyk'/Ll:yt uf]j4{g d7sf z+s/frfo{ hubu'? lgZrnfgGb ;/:jtL kz'kltgfy dlGb/df ljz]if k"hfkl5 kz'klt If]q ljsf; sf]ifn] cfof]hgf u/]sf] sfo{qmddf cfzLj{rg k|bfg ug'{x'Fb} . ;fydf ;+:s[lt, ko{6g tyf gful/s p8oog dGqL /laGb|k|;fb clwsf/L . tl:a/ M k"0f{k|;fb ld>, /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ, ३१ वैशाख / जगन्नाथपुरीस्थित पूर्व यामना ऋग्वेद गोवद्र्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतीलाई आज पशुपति क्षेत्र विकास कोषले अभिनन्दन गरेको छ ।

नेपालको साताव्यापी धार्मिक यात्रामा रहनुभएका शंकराचार्य निश्चलानन्द सरस्वतीले वैदिक दर्शनको संरक्षण र प्रवद्र्धनमा पु¥याउनुभएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको हो ।

उहाँले वैदिक दर्शनलाई आधार मानेर १६७ वटा पुस्तक लेख्नुभएको सो अवसरमा जानकारी गराइयो ।

शंकराचार्य निश्चलानन्द सरस्वतीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहनुभएका रवीन्द्रप्रसाद अधिकारीले फूलमाला र अभिनन्दनपत्रसहित सम्मान गर्नुभयो ।

कोषका सदस्य सचिव डा प्रदीप ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापा, कोष सञ्चालक परिषद्का सदस्य, कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीलगायतले फूलमालासहित उहाँलाई स्वागत अभिनन्दन गर्नुभयो ।

यसअघि आजै बिहान उहाँले पशुपतिनाथ मन्दिरमा वैदिक विधिपूर्वक विशेष पूजा गर्नुभयो । पशुपतिमा विशेष पूजा र शंकराचार्य मठमा विश्रामपछि हंसमण्डपमा शंकराचार्य निश्चलानन्द सरस्वतीले उपस्थित भक्तजनलाई आशीर्वचन दिनुभयो ।

सो अवसरमा शंकराचार्य निश्चलानन्द सरस्वतीले नेपाल हरिहर र शालग्राम भूमि भएकाले धार्मिकरुपमा धेरै महत्व रहेको उल्लेख गर्नुभयो । भारतमा नर्वदा नदीको दिव्य धारा बग्ने र नेपालमा बग्ने कालीगण्डकीमा शालीग्राम पाइने उल्लेख गर्नुहुँदै उहाँले दुवै देशमा दुवै भगवान्को पूजा हुने भएकाले विशेष सम्बन्ध रहेको बताउनुभयो ।

“सनातन वैदिक आर्य संस्कृतिका मूल्यमान्यतालाई आधुनिक विज्ञानले प्रमाणित गर्दै गएको छ, विज्ञानको खोजको अन्त्यपछि वैदिक दर्शनको शुरुआत हुन्छ”, शंकरचार्य निश्चलानन्द सरस्वतीले भन्नुभयो ।

कार्यक्रममा उहाँले दिवाकर आचार्यद्वारा लिखित ‘नेपालका पीठ र गुह्येश्वरी’ नामक पुस्तकको विमोचन पनि गर्नुभयो । पुस्तक श्रीपशुपति अर्चना सुव्यवस्था प्रतिष्ठानले प्रकाशन गरेको हो ।

कार्यक्रममा कोषका सदस्य सचिव ढकाल, कार्यकारी निर्देशक उप्रेती, डा इन्दिरा झालगायतले शंकराचार्यले स्थापना गर्नुभएका चार मठले वैदिक संस्कृतिको उन्नयनमा पु¥याएको महत्वपूर्ण योगदानको चर्चा गर्नुभयो ।

जेठ १ गते मंगलबार टुँडिखेलमा शंकराचार्यको नागरिक अभिनन्दन गरिनेछ । नागरिक अभिनन्दनपछि उहाँले टुँडिखेलमा पनि प्रवचन दिनुहुनेछ । जेठ २ गते बुधबार त्रिभुवन विश्वविद्यालय संस्कृत विभागले कीर्तिपुरस्थित स्मृति हलमा आयोजना गर्ने कार्यक्रमलाई शंकराचार्य निश्चलानन्द सरस्वतीले सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

जेठ ४ गते भरतपुर र ६ गते वीरगञ्जमा आयोजना हुने कार्यक्रममा पनि उहाँले प्रवचन गर्नुहुनेछ । आद्य शंकराचार्यले बसालेका चार मठमध्ये गोवद्र्धन मठ एक हो । अन्य तीन मठमा श्रृंगेरी, द्वारका र ज्योतिर्मठ छन् । निश्चलानन्द गोवद्र्धन मठका १४५ औँ शंकराचार्य हुनुहुन्छ ।

यसअघि विसं २०५४ मा तत्कालीन उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमको निमन्त्रणामा जगद्गुरु शंकराचार्य जयन्द्र सरस्वती नेपालको धार्मिक यात्रामा आउनुभएको थियो । यसपटक कोष र नेपाल पर्यटन बोर्डले शंकराचार्य निश्चलानन्द सरस्वतीलाई धार्मिक पर्यटनका लागि नेपाल आमन्त्रण गरेका हुन् ।

शंकराचार्यको स्वागत एवं विभिन्न स्थानमा हुने कार्यक्रमको व्यवस्थापन तथा संयोजनका लागि जगद्गुरु शंकराचार्य निश्चलानन्द सरस्वती नागरिक स्वागतार्थ मूल आयोजक समिति गठन गरिएको छ ।

समितिले सोमबार र मंगलबार अपराह्न कमलपोखरीस्थित अग्रवाल भवनमा धर्मसभाको आयोजनासमेत गर्ने छ ।रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result