Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति सार्वजनिक

जेष्ठ ९, २०७५ ४:२३ मा प्रकाशित
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति सार्वजनिक
Share on FacebookShare on Twitter

काठमाडौँ ९ जेठ / प्रधानमन्त्री केपी शर्मा ओलीसहित केही मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले पद धारण गरेको ६० दिनभित्रमा सम्पत्ति विवरण सार्वजनिक गनुपर्ने कानुनअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यले आज सम्पत्ति सार्वजनिक गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले सार्वजनिक गर्नुभएको सम्पत्ति विवरणमा ४२ लाख रुपैयाँबाहेक बाँकी सबै सम्पत्ति श्रीमती राधा शाक्यको नाममा रहेको देखाइएको छ । रु ४२ लाख भने प्रधानमन्त्री ओलीले तलबमार्फत आर्जन गरेको भनी उल्लेख गरिएको छ । यस्तै, श्रमती राधाको नाममा भक्तपुरमा डेढ रोपनी र झापामा १० कठ्ठा जमिन रहेको छ । भक्तपुरमा एक रोपनीमा बनेको ढाई तलाको पक्की भवन समेत सम्पत्ति विवरणमा देखाइएको छ । राधाका नाममा रहेका सबै सम्पत्ति स्वआर्जन भनी उल्लेख गरिएको छ ।

यस्तै, राधाको नाममा रु १० लाख माछापुच्छे बंैक र प्रभु बैंकमा रहेको देखाइएको छ । उहाँको नेपाल राष्ट्र बैंकको पूर्व प्रथम श्रेणीको कर्मचारी हुँदा रु २५ लाख राष्ट्रिय बचत पत्रमा रहेको उल्लेख गरिएको छ ।

रक्षामन्त्री ईश्वर पोखरेलको झापाको चन्द्रगढीमा १२ कठ्ठा जग्गा र टोखामा पैतृक घर तीन तले घर रहेको सम्पत्ति विवरणमा देखाइएको छ । मन्त्री पोखरेलको नाममा इन्भेष्टमेन्ट बैंकमा सात लाख रुपैयाँको शेयर रहेको छ ।

गृहमन्त्री रामबहादुर थापाकीे श्रीमती नैनकला थापाको नाममा चितवनको भरतपुर–१०, चित्रसेन मार्गमा एक कठ्ठा ०.७५ धुर जग्गा रहेको छ । सम्पत्ति विवरणमा सुन छ तोला र नगद तीन लाख रहेको देखाइएको छ ।

त्यसैगरी, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको चार आना जमीनमा काठमाडौँमा बनेको दुई तले पक्की घर रहेको छ । रु दुई लाख ५७ हजार एभरेष्ट र रु दुई हजार कृषि विकास बैकमा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाको रु एक करोड ४९ लाख बराबरको जग्गा रहेको छ । उक्त रकम बराबरको जग्गा डा खतिवडा र श्रीमतीको संयुक्त नाममा रहेको सम्पत्ति विवरणमा देखाइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको मोरङ विराटनगर १२ मा एक कट्ठा जमिनमा ५ कोठे घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उहाँले आफूसँग पुरानो एक थान साइकल रहेको पनि जनाउनुभएको छ । त्यसैगरी, कानूनमन्त्री शेरबहादुर तामाङको श्रीमतीका नाममा काठमाडौंमा अढाइ तले घर रहेको छ । मन्त्री तामाङको सिन्धुपाल्चोक, मोरङ र खोटाङमा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result